निर्णय नं. २१६० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१६० - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: माघ अंक: १० फैसला मिति :२०४१/०५/१८ २२८६ निर्णय नं. २१६० ने.का.प. २०४१ अङ्क १० डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको रिट नं. १४१८ विषय : उत्प्रेषण निवेदक : का.न.पं. वडा नं. १ का.जि.नक्साल बस्ने धर्मरत्न सिन्दुराकार विरूद्ध विपक्षी : ऐ.ऐ. बस्ने सूर्यमुनी शाक्य ऐ ऐ का.न.पं. का प्रधान पञ्च कमल चित्रकार आदेश भएको मिति : २०४१।५।१८।२ मा § नगरपञ्चायत ऐनको दफा १७(ढ) समेतको आधारमा नगर र नगरबासी जनतालाई सफाई र स्वच्छ राख्ने मूल उद्देश्य लिनु ढलसम्म खुलाई दिने गरी गरेको काठमाडौं नगरपञ्चायतको निर्णयमा कुनै कानुनी त्रुटि र हक बेहकको अवस्था विद्यमान रहेको नदेखिँदा प्रस्तुत रिट निवेदन खारेज हुने । (प्रकरण नं. ७) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री इच्छाहर्ष बज्राचार्य विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर उल्लेखित मुद्दा : x आदेश न्या. महेशरामभक्त माथेमा : विपक्षी का.न.प.को ०४०।४।१६ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको रिट निवेदनमा लिएका जिकिर तथा तथ्य संक्षेपमा निम्न प्रकार छन् । २. धर्मरत्न सिन्दुराकारले ढल निकास बन्द गरी घर बनाई रहेको ढलबाट जुठो पानी नगई त्यसै जम्मा भइरहेकोले त्यसबाट दुर्गन्ध समेत आई सारै मर्का परेकोले आवश्यक कारवाही गरी दिनुहुन अनुरोध गर्दछु भन्ने वादी, ढल निकास बन्द गरेको छैन, उजूर झुठ्ठा हो भन्ने प्रतिवादी धर्मरत्न भएकोमा उक्त बन्द भइरहेको ढल निकास प्रतिवादीबाट आजका मितिले ३५ दिनभित्र खुलाई दिनुभनी उपस्थित रहेका प्रतिवादीलाई सुनाई दिने, सो म्यादभित्र नखुलाई दिएमा का.न.पं. स्यानिटेशन फाँटबाट खुलाउन लगाउन लेखी पठाउने भन्ने समेत व्यहोराको ०४०।४।१६ को का.न.पं.को निर्णय फैसला । ३. जुन ठाउँमा ढल निकास बन्द गरी दिएको भन्छ सो ठाउँमा ढल निकास नै छैन सो ढल निकास यसठाउँमा जाने गई आएको छ भनी विपक्षीले उजूरीमा पनि देखाउन सकेको छैन । विपक्षीले ढल निकास छ भनेको जग्गा नै मेरो हो । ढल खुलाई पाउँ भन्ने किटानी उजूरी पनि छैन । न.पं.ले सो ठाउँमा ढल छ छैन सो नहेरी कुनै प्रमाण नबुझी विपक्षीलाई मेरो जग्गामा ढल खुलाई दिने भनी नक्सा सरजमीन केही नगरी न्यायिक मन नलगाई अ.बं. १८४ र १८४(क) तथा १८५ नं. समेतको प्रतिकूल निर्णय गरेको छ । सूर्यमुनीको त्यस ठाउँमा घर जग्गा र उजूर गर्ने अधिकारै छैन । साविक जग्गावाला नारायणदेवीसँग मुद्दा परी ०२८।१२।२९ का फैसलाबाट मेरा फार्छे बमोजिम मैले जोती पाएको जग्गा हो । सो बाहेक बाँकी जग्गा कमलादेवी शाक्यलाई ०३३।३।२८ मा बिक्री गरी दिएकोबाट निज कमलाको भोगमा छ । सो नारायणदेवीको फार्छामा पनि निजको घरको ढल मेरो जग्गामा आउने भन्ने कुनै उल्लेख छैन । कमलादेवीको र नारायणदेवीको उजूरी पनि छैन । मैले ०२६।६।१९ मा लिँदा पनि सो जग्गामा ढल नभएको र ढल छ भनी जग्गा समेत लिने विचार गरी ढल छ भनी खिचोला गरेपछि जग्गाको समेत तेरो मेरो गर्नुपर्ने प्रश्न देखिन आएको पनि छ । हकै नपुग्ने व्यक्तिले उजूर गर्न पाउने अ.बं. १८२ नं. ले हक दिएको समेत छैन । उक्त लेखिए बमोजिम कानुनी हक र नेपालको संविधानको धारा १० नं. ऐ. को ११ को ऐ. को (ङ) ऐ. को धारा १५ समेतको संवैधानिक हक हनन् गरी अनाधिकार गैरकानुनीसँग विपक्षीले गरेको निर्णय बदर गर्ने अन्य उपचार नभएकोले ऐ. धारा १६, ७१ बमोज