निर्णय नं. २१६१ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २१६१ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: माघ अंक: १० फैसला मिति :२०४१/०५/१८ २२३० निर्णय नं. २१६१ ने.का.प. २०४१ अङ्क १० डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३९ सालको रि.नं. १३६१ विषय : उत्प्रेषण निवेदक : नारायणी अञ्चल जिल्ला मकवानपुर हेटौडा न.पं. वडा नं. ४ कर्रा हेटौंडा बस्ने श्रीमती चन्द्रकान्ता श्रेष्ठनी विरूद्ध विपक्षी : १. जिल्ला शिक्षा समिति मुकाम जिल्ला कार्यालय शिक्षा शाखा भवन जि. मकवानपुर भीमफेदी २. श्रमिक निम्न माध्यामिक विद्यालय सञ्चालक समिति मुकाम हे. न. पं. वडा नं. ४ कर्रा ३. जिल्ला शिक्षा समितिका अध्यक्ष तथा जिल्ला पञ्चायत सभापति मुकाम भिमफेदी ४. जिल्ला शिक्षा समितिका उपाध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी मुकाम जिल्ला कार्यालय मकवानपुर भिमफेदी ५. जिल्ला शिक्षा समितिका सदस्य सचिव तथा जिल्ला कार्यालय शिक्षा शाखाका जिल्ला शिक्षा अधिकारी मुकाम भिमफेदी ६. ऐ हे. न.पं. मकवानपुर हे.न.पं. वडा नं.२ बस्ने टंकनाथ पराजुली ७. ऐ वडा नं. १० बस्ने शिला श्रेष्ठ ८. मकवानपुर भिमफेदी सुपिङ क्याम्पस बस्ने नारायणप्रसाद नापीत ९. महेन्द्र माध्यमिक विद्यालय मकवानपुर भिमफेदीका प्रधान अध्यापक केशव नारायण मुल्मी १०. ऐ हे.न.पं. वडा नं. १० बस्ने दिल नारायण श्रेष्ठ ११. ऐ वडा नं. २ बस्ने श्रमिक निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा विद्यालय सञ्चालक समितिका सदस्य सचिव मंगल कृष्ण मानन्धर १२. हे.न.पं. वडा नं. ४ बस्ने चन्द्र कुमार लामा १३. ऐ ऐ बस्ने सुदर्शन ढकाल १४. ऐ ऐ बस्ने सिद्धराम श्रेष्ठ १५. ऐ ऐ बस्ने राम प्रसाद श्रेष्ठ १६. ऐ ऐ बस्ने शिव प्रसाद वडान १७. ऐ ऐ बस्ने बीरबहादुर धलान १८. ऐ ऐ वडा नं. १० बस्ने ईन्द्र बहादुर डोङ आदेश भएको मिति : २०४१।५।१८।२ मा § निवेदकलाई सजाय दिनुभन्दा पहिले निजसँग कुनै स्पष्टीकरण लिएको र कुनै जानकारी समेतको सफाइको मौका नदिई ग्रेड रोक्का गर्ने गरेको देखिन्छ । यस्तो स्थितिमा विद्यालय सञ्चालक समितिले र जिल्ला शिक्षा समितिले गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्तको बिपरीत निर्णय गरेको देखिँदा सो दुबै निर्णयहरू बदर हुने । (प्रकरण नं. ७) निवेदक तर्फबाट : x विपक्षी तर्फबाट : x उल्लेखित मुद्दा : x आदेश न्या. महेशरामभक्त माथेमा : विपक्षीहरूको ०३९।३।७ को बैठकको निर्णय र मिति ०३९।९।१६ मा जिल्ला शिक्षा समितिले गरेको पुनरावेदन निर्णयसमेत उत्प्रेषणका आदेशद्वारा बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको रिटनिवेदनमा लिएका जिकिर तथा तथ्य संक्षेपमा निम्न प्रकार छन् । २. मिति ०३९।३।४ का दिन प्रासंगिक अनैतिक एवं अश्लिल व्यवहार गरेको भन्ने अपराध ठहर्‍याई निवेदिकालाई विपक्षी संचालक समितिले ०३९।३।७ को बैठकको निर्णयानुसार चालू शैक्षिक सत्र तथा आगामी शैक्षिक सत्रहरूको गरी जम्मा ५ ग्रेड रोक्का गर्न नसिहद दिएको छ भन्ने समेत व्यहोराको श्रमिक निम्नमाध्यामिक विद्यालयको ०३९।३।११ मा जानकारी भई ०३९।५।१० मा मलाई प्राप्त भयो र विपक्षी जिल्ला शिक्षा समितिमा पुनरावेदन गर्दा सोही निर्णय सदर गर्ने गरी जिल्ला शिक्षा शाखा मकवानपुरबाट ०३९।९।१६ मा निर्णय भयो र ०३९।१०।१३ मा जानकारीपत्र निवेदिकालाई प्राप्त भयो । उक्त निर्णय गर्ने अधिकार शिक्षा नियमावली, ०२८ को संशोधनसहित नियम नं. २८ को उपनियम (२) को खण्ड (क) बमोजिम प्रधान अध्यापकलाई तोकिएको छ । विपक्षी सञ्चालक समितिलाई त्यस्तो