निर्णय नं. २१६२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१६२ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: माघ अंक: १० फैसला मिति :२०४१/०५/०१ २४२० निर्णय नं. २१६२ ने.का.प. २०४१ अङ्क १० डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको रि.नं. १८४५ विषय : उत्प्रेषण निवेदक : का.जि.का.न.पं. वा.नं. ७ बस्ने गणेशप्रसाद उपाध्याय खरेल विरूद्ध विपक्षी : ऐ.ऐ. वडा नं. ८ बस्ने लक्ष्मी श्रेष्ठ ऐ ऐ बस्ने कान्छी श्रेष्ठ ऐ ऐ बस्ने जितमाया भण्डारी पशुपति भण्डार तहविल कार्यालय मालपोत कार्यालय काठमाडौं आदेश भएको मिति : २०४१।५।१।६ मा § विवादित जग्गा निवेदकले पशुपतिनाथको होइन भनी भन्न देखाउन लेख्न सकेको समेत पाइन्न । यस्तो स्थितिमा निर्विवाद हकको प्रचलन गर्न मिल्ने देखिन आएन । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ उल्लेखित मुद्दा : x आदेश न्या. हरिहरलाल राजभण्डारी : नेपालको संविधानको धारा ७१ बमोजिम उत्प्रेषण वा जुन उपयुक्त हुन्छ आज्ञा, आदेश जारी गरिपाउँ भन्ने समेत ०४०।३।५ मा रिट निवेदन पर्न आएको रहेछ । २. संक्षिप्त तथ्य तथा निवेदन जिकिर : मालपोत कार्यालय काठमाडौंमा उत्तर ६१४ नं. मा जित मान समेतका नाउँमा पोता दर्ता भएका संखिचापाल खेत रो. ३–०–० जग्गाधनीहरूको निजी गुठीमा दर्ता भइरहेको ज.ना.जा. हुँदा पशुपति गा.पं. वडा नं. ८(क) कि.नं. ३२ सो २–९–३ कायम भई पोता दर्तावालाको सन्तान हकवाला लक्ष्मी, कान्छी श्रेष्ठ, विष्णुलाल समेत जग्गाधनी र मोहीमा कृष्णकुमारी भन्ने रोजनानी जनिएको जग्गाहरू मैले जोती जग्गाधनीहरूलाई कूत बुझाई आएको भू.सु.का. काठमाडौंको ०३८।३।२५ को निर्णयानुसार म वास्तविक मोही रोजनानीको नाम श्रेस्तामा सच्चिन आदेश भई मालपोत कार्यालयमा पत्र पठाएको । उक्त जग्गाको पोता दर्ताको निजी गुठीको जग्गा मेरा नाउँमा रैकरमा परिणत गरी पाउन मेरो र विपक्षीहरूको समेत मा.पो.का. काठमाडौंमा निवेदन परेको जग्गा धनीको भन्दा मेरो निवेदन अगािड परेको हुँदा मोहीका नाउँमा राजगुठीमा दर्ता गरी दिन गुठी संस्थानमा पठाई दिन निर्णयानुसार गुठी संस्थानमा पठाइएकोमा विपक्षीहरूको पशुपति भण्डार तहवीलमा कृतिमुख भैरवको पूजा गरी खान जग्गा रैकर हुन लागेकोले रोकी पाउँ भन्ने निवेदन परेको आधारबाट पशुपति भण्डार तहवीलमा फाइल पठाइएछ । पशुपति भण्डार तहवील कार्यालयबाट मा.पो.का. लाई ज.ध.मा पशुपति भण्डार तहवील र दर्तावाला समेत विपक्षीहरू ३ जनाका नाउँमा दर्ता गरी ज.ध.प्र.पू. पठाई दिनुभनी लेखी आएको आधारमा टिप्पणीं उठाउँदै पशुपति तहवील बुझ्दा जोताहा दर्तावाला महलमा विपक्षीहरू र जग्गाधनी पशुपतिनाथ भण्डार तहवील कृतिमुख भैरव गुठीलाई पूर्जा उपलब्ध गराई दिने भनी लेखी आएकोले ज.ध.प्र.पू.बनाई पठाई दिने टिप्पणीं उठाई ०३९।१२।६ मा सदर गरिएको रहेछ । ३. पशुपति भण्डार तहवील मालपोत कार्यालयको पुनरावेदन सुन्ने निकाय होइन जग्गाधनीको भन्दा मेरो अगाडि रैकरमा परिणत गरी पाउने निवेदन परेकोले मेरो नाउँमा राजगुठीमा दर्ता गरी दिने निर्णय भएको छँदाछँदै पशुपति भण्डार तहवीलका नाउँमा र जोताहा दर्तावाला महलमा विपक्षीहरूका नाउँ जनाई ज.ध.प्र.पू. बनाई पठाई दिने भनी मालपोत कार्यालय काठमाडौंबाट टिप्पणीं सदर गरिएको ०३०।२।१४ को निर्णयको बिपरीत भएको र अ.बं. ८५ नं. को समेत प्रतिकूल भएबाट ने.का.प. ०२८ नि.नं. १५२५ मा प्रतिपादित सिद्धान्त अनुसार बदरभागी छ । निर्णय अनुसारको