निर्णय नं. २१६४ - दोहोरो लिखित बिक्री बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१६४ - दोहोरो लिखित बिक्री बदर भाग: २६ साल: २०४१ महिना: फागुन अंक: ११ फैसला मिति :२०४१/११/१५ २२०६ निर्णय नं. २१६४ ने.का.प. २०४१ अङ्क ११ फुल बेञ्च इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको दे.फु.नं. ५९ मुद्दा : दोहोरो लिखित बिक्री बदर निवेदक/प्रतिवादी : जिल्ला प्यूठान सापडाँडा गा.पं. वार्ड नं. ४ विजवार टारी बस्ने बलबहादुर भण्डारी विरूद्ध विपक्षी/वादी : प्यूठान जिल्ला सापडाँडा गा.पं. वार्ड नं. ४ बस्ने ऋषिराम भण्डारी मरी भु.स. गर्ने मदनदेव भण्डारी फैसला भएको मिति : २०४१।११।१५।३ मा § ऐन अनुसार अचल सम्पत्ति एकालाई लिखत गरेर दिएको छ र त्यही सम्पत्ति अर्को व्यक्तिलाई कुनै पनि व्यहोराले लिखत गरी दिइन्छ भने त्यो दोहोरी लिखत हुने । (प्रकरण नं. १०) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल उल्लेखित मुद्दा : x फैसला प्र.न्या. नयनबहादुर खत्री : यस अदालतको डिभिजन बेञ्चबाट मिति ०३९।६।७।५ मा फैसला भएको उपरोक्त मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहोराई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट विशेष जाहेरी विभाग मार्फत हु.प्र. बक्स भई यस अदालतको फुल बेञ्चको लगतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ : २. अन्यायवाला बलबहादुर भण्डारीले पहाडको घर जग्गा ०३०।६।११ गते रू. ५५,०००। मा मलाई राजीनामा गरी दिएको पारित गराई माग्न मेरो फिराद परेकोमा लिखत पारित हुने ठहरी ०३२।२।१५ मा जि.अ.प्यूठानबाट फैसला भई लिखत पारित गरी दिनु भनी प्यूठान माल कार्यालयलाई लेखी पठाई हाजिर हुन जाँदा तारिखमा राखी यस विषयमा जाहेर गरिएकोले अर्को सूचना नआएसम्म तारिखमा रहन नपर्ने भनी मलाई बोधार्थ दिएको बलबहादुरले गुल्ममा बुझाउन पर्ने बाँकी रू. १०,७००।५७ र सूद समेत असूल गर्नु भनी रक्षा मन्त्रालयबाट लेखी आएकोले पक्रदा सो रू. १०,७००।५७ बाट लोकबहादुर भण्डारी जमानी भएकोले अब ऋषिरामको लिखत पारित गरी दिन हुने नहुने के हो भनी अ.म.मालपोत विभागमा जाहेर गरेको बोधार्थ प्यूठान मालले मलाई पठएको छ । अन्यायी बलबहादुर र गिरबहादुर मिली मलाई राजीनामा गरी दिएको जमीन मध्ये टारीका खेतमा बारी बनाएको सो बारी र घर समेत रू. २४,०००। मा ०३३।१।२८ मा बलबहादुरले राजीनामा गरी दिने अन्यायी गिरबहादुर र निजका स्वास्नी अमृता क्षेत्रीनीका नाउँमा राजीनामा खडा गरी लिने दिने गरेछन् सो राजीनामा पारित गराई माग्न नालेश परी ०३४।१।९ मा पारित हुने ठहरी फैसला भएको छ । दोहरा लेनदेन गरेको कुरा ०३५।१।१ मा थाहा पाएको हुँदा फिराद गरेको छु अन्यायवाला मिली मेरो जग्गा खान दोहरा बिक्री लिनुदिनु गरेको हुँदा दोहरा पारी गरी दिएको रू. ४२,०००। को राजीनामा बदर वातेल गराई सजाय गरिपाउँ भन्ने समेत ऋषिराम भण्डारीको फिरादपत्र । ३. म बलबहादुरले वादीलाई गरी दिएको राजीनामा पारित हुन सकेको छैन । म्याद नाघेकोले कपाली हुने कपाली लिखतबाट जग्गामा हक पुग्न नसक्ने भएकोले दोहरा लिनुदिनु गरे भन्ने दावी पुग्न सक्तैन । लिखत पारित नभई कपाली भएपछि जग्गाको स्वामित्व मेरै हुन आई घर खेतहरू रू. २१,०००। मा गिरबहादुरलाई रू. २१,०००। मा अमृतालाई ०३३।१।२८ मा राजीनामा दिई सो राजीनामा पारित गराई पाउँ भन्ने उजूर दिई ०३२।२।१५ मा पारित हुने ठहरी फैसल