निर्णय नं. २१६५ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१६५ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: फागुन अंक: ११ फैसला मिति :२०४१/०१/१० २०४२ निर्णय नं. २१६५ ने.का.प. २०४१ अङ्क ११ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४० सालको रि.फु.नं. ४९ विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ निवेदक : का.जि.का.न.पं. वडा नं. ३३ ज्ञानेश्वर बस्ने राजीव दाहाल उपाध्याय विरूद्ध विपक्षी : का.जि. भद्रकाली स्थित गुठी लगत तथा तहसील कार्यालय आदेश भएको मिति : २०४१।१।१०।९।३ मा § आफूले बकसपत्र पाई आफ्नो हक हुन आएको जग्गासँग सम्बन्धित विषयको कुनै पनि कागजातको नक्कल लिन पाउने हक नेपालको संविधानको धारा ११ को उपधारा २(ङ) तथा धारा १५ ले सुरक्षित गरेको छ । (प्रकरण नं. ७) निवेदक तर्फबाट : विद्वान अधिबक्ता श्री बैद्यनाथ उपाध्याय विपक्षी तर्फबाट : x उल्लेखित मुद्दा : x आदेश न्या. धनेन्द्रबहादुर सिंह : डिभिजन बेञ्चबाट मिति ०४०।४।२९।१ मा भएको उपरोक्त मुद्दाको निर्णय नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहर्याई दिनु भन्ने हु.प्र.बक्स भई आए बमोजिम यस फुल बेञ्चको लगतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : २. त्रिपुरेश्वर महादेवस्थानमा नित्य भजन गर्ने गुठीको रूपमा लगत कायम भई मोही गंगामान महर्जन जनिएको का.जि.का.न.पं. वडा नं. १० वानेश्वर साविक वडा नं. ८(क) का कि.नं. ६९ को जग्गा रोपनी १–९–२ मध्ये ०–१२–३ जग्गा म निवेदकले काठमाडौं मालपोत कार्यालयबाट मिति ०३९।५।१८।६ मा निज गंगामान महर्जनबाट हालैदेखिको बकसपत्र लिई रजिष्ट्रेशन पारित गराई भोग चलन गरी आएको छु । उक्त जग्गा छुट्याई मोही लगत कायम गर्न र सोही बमोजिम कित्ताकाट गरी जग्गाधनी प्रमाणपूर्जा समेत मलाई दिनको लागि मालपोत कार्यालयका नाउँमा सिफारिश गरी दिन म निवेदकले श्री अध्यक्ष गुठी संस्थानलाई ०३९।६।२२ मा निवेदन दिएकोमा नियमानुसार आवश्यक कारवाहीको लागि उक्त निवेदन विपक्षी गुठी लगत तथा तहसील कार्यालयमा गएकोमा सो सम्बन्धी कारवाहीको सम्बन्धमा आज भोलि भनी बराबर मलाई झुलाई आएको र के कस्तो कारवाही भयो वा भएन वा हुने भएको छ मलाई कुनै जानकारी नै नदिएकोले म निवेदकले मालपोत कार्यालयबाट विधिवत रजिष्ट्रेशन पास गराई लिएको जग्गा सम्बन्धी कुरा मेरो सरोकारको कुरा हो सरोकारवालालाई नक्कल दिनुपर्ने बाध्यता प्रत्यर्थीलाई अ.बं. २.११ नं. ले गरेको छ । तसर्थ प्रत्यर्थीको काम कारवाहीले अ.बं. २११ नं. को त्रुटि भई म निवेदकको संविधानको धारा १०(१) को समानताको हक धारा ११(२)(ङ) तथा १५ अन्तर्गतको सम्पत्ति विषयक मौलिक हकहरू समेतको हकहरूको चलनमा अवरूद्ध गरेको हुनाले उत्प्रेषणको वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरी प्रत्यर्थीको उपरोक्त त्रुटिपूर्ण कार्य बदर गरी म निवेदकलाई कानुन बमोजिम नक्कल दिनु भन्ने परमादेशको आदेश, आज्ञा वा पूर्जि जारी गरी पाउँ भन्ने समेत ०३९।७।२६।६ को रिट निवेदन जिकिर रहेछ । ३. विपक्षीबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने मिति ०३९।८।६।१ को सिंगलबेञ्चको आदेश । ४. निवेदकले अध्यक्ष कहाँ दिएको भनेको निवेदनपत्र नै गुठी लगत तथा तहवील कार्यालयमा प्राप्त भएको नुहँदा निवेदकलाई झुलाउने स्थिति नै थिएन र झुलाएको समेत हैन । सरोकारवालालाई नक्कल दिने कानुनमा व्यवस्था भएको