निर्णय नं. २१६६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१६६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: फागुन अंक: ११ फैसला मिति :२०४१/११/०४ २०८८ निर्णय नं. २१६६ ने.का.प. २०४१ अङ्क ११ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४० सालको रि.फु.नं. ४० विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : ल.न.पु.न.पं. वडा नं. ४ बस्ने ठुलीनानी थापा मगर विरूद्ध विपक्षी : श्री मध्यमाञ्चल क्षेत्रीय अदालत, काठमाडौं ल.पु. न.पं. वडा नं. १८ गावहाल बस्ने रत्न विर वाँडा आदेश भएको मिति : २०४१।११।४।६ मा § दुवै पक्षको छुट्टाछुट्टै बयान गराई दुवै पक्षको सुनुवाई एकैसाथ भएकोबाट प्राकृतिक न्याय सिद्धान्त बिपरीत कारवाई तथा निर्णय भयो भन्न मिल्ने अवस्था देखिएन । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री इच्छाहर्ष बज्राचार्य तथा विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार उल्लेखित मुद्दा : x आदेश न्या. सुरेन्द्रप्रसाद सिंह : डि.बे.का मा.न्यायाधीशहरूका बीच मतैक्य हुन नसकी स.अ.नियमावलीको नियम ३३(क) बमोजिम यस फुल बेञ्चको लगतमा दर्ता हुनआएको प्रस्तुत रिटनिवेदनको संक्षिप्तव्यहोरा यसप्रकार छ : २. विपक्षी रत्नवीरको विर्ता जग्गा भूमिसुधार सर्भे नापी हुँदा ल.पु.न.पं. वडा नं. ४(ख) कि.नं. १२ पाखो अचल रोपनी ३–७–० जग्गा अघिदेखि मेरो पति पूर्णबहादुरले मोही भई कमाई घर समेत बनाई भोग चलन गरी आएकोमा पति परलोक भई मोहियानी हक मलाई प्राप्त हुन आई मैले कमाई आएकोमा यो विर्ता जग्गा हुँदा जग्गाधनी विपक्षीले रैकरमा परिणत नगरेको हुँदा विर्ता उन्मूलन ऐन, २०१६ को दफा (४) बमोजिम जग्गावालाको हक समाप्त भई म मोहीले रैकरमा परिणत गरी दर्ता गर्न पाउने हक हुँदा उक्त जग्गा मेरा नाउँमा रैकरमा परिणत दर्ता गरी ज.ध.प्र.पू. पाउँ भनी मालपोत कार्यालय ललितपुरमा मिति ०३६।५।२७ मा निवेदन गरेको थिएँ । मैले निवेदन दिएको चाल पाई विपक्षीले पनि उक्त जग्गा रैकरमा परिणत गरी नामसारी गरी ज.ध.प्र.पू. पाउँ भनी मिति ०३६।६।२९ मा निवेदन गरेकोमा दुवै पक्षलाई बयान गराई निर्णय हुँदा विपक्षीको दर्खास्त खारेज गर्ने र मेरो नाउँमा नियम बमोजिम रैकरमा परिणत दर्ता गर्ने गरी मिति ०३६।१२।१७ मा कार्यालयले निर्णय गरेकोमा विपक्षीको जिल्ला कार्यालयमा पुनरावेदन परेकोमा मालपोत कार्यालयको निर्णय सदर गरी मिति ०३८।४।५ मा फैसला भयो । सो फैसला उपर विपक्षीको मध्यमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन गर्ने अनुमति पाउँ भनी दिएको निवेदनमा अनुमति प्राप्त गरी दुवै तर्फबाट विर्तालाई रैकरमा परिणत गरी दर्ता गर्न पाउँ भनी छुट्टाछुट्टै मितिमा उभय पक्षको निवेदन परेपछि छुट्टाछुट्टै मिसिल फाइल बनाई विपक्षी प्रतिवादीको बयान गरी गराई कानुनले जो जे बुझ्नु पर्छ बुझी निर्णय गरी दिनुपर्नेमा प्रतिवादीलाई बयान नै नगराई गरेकोमा मालपोत कार्यालय ल.पु.को निर्णय सदर गरेको जिल्ला कार्यालय ललितपुरको फैसलामा कारवाही सम्बन्धी कानुनको त्रुटि देखिएकोले सो फैसला बदर हुने ठहर्छ । कानुनको रीत पुर्याई निर्णय गरी दिनु भनी तारिखमा रहेका दुवै पक्षलाई हाजिर हुन जाने तारिख तोकी कारवाही किनाराको लागि मिसिल मालपोत कार्यालय ल.पु.मा पठाउने गरी मिति ०३९।५।२३ मा मध्यमाञ्चल क्षे.अ.बाट फैसला भयो । ३. रिट निवेदक मोही भई कमाई आएको सो जग्गा विर्ता जग्गा हो भन्ने कुरामा कुनै विव