निर्णय नं. २८३७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८३७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: पौस अंक: ९ फैसला मिति :२०४३/०९/०४ २००२ निर्णय नं. २८३७ ने.का.प. २०४३ अङ्क ९ पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४२ सालको रिट फु.नं. २४ आदेश भएको मिति : २०४३।९।४।६ मा निवेदक : का.न.पं.वडा नं.२४ बटु गुच्चाटोल बस्ने दीपमान सिंह राजभण्डारी विरुद्ध विपक्ष : श्री प्रमुख मालपोत अधिकृत मालपोत कार्यालय काठमाडौंसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) अंशबण्डाबाट भएको आधा घर निखनाई पाउँ भनी प्रत्यर्थीले निखन्न उजूर गरेकोमा निजले मात्र निखन्न पाउँदैन भन्न नमिल्ने । (प्रकरण नं. १३) निवेदक/तर्फबाट : विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी विपक्षतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह र विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल आदेश न्या.धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराज सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहराई दिनु भन्ने हुकुम प्रमांगी बक्स भई आए अनुसार पेश हुनआएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ : २. भाउजु गणेशकुमारीले पुरुषोत्तम माडवारीलाई रु.४,४०१। मा बटु गुच्चाटोलको घर ०१५।६।२८ मा भोगबन्धकी दिनु भएको उक्त घर म र भाउजूको मिति ०१७।२।११ मा बण्डा हुँदा आधा आधा अंश भएको उक्त बन्धकी लख सबै दीपमान सिंह राजभण्डारीमा रहेकोले मेरो अंश आधा घर निखनाई पाउँ भनी विपक्षीहरूको पति र पिता तिलकमान सिंह राजभण्डारीको विपक्षी कार्यालयमा निवेदन परेकोमा, गणेशकुमारीले भोगबन्धकी दिँदा एकलौटी भन्ने उल्लेख गरी दिएकोले गणेशकुमारीले मात्र निखन्न पाउने भन्ने मेरो प्रतिउत्तर परेकोमा विपक्षी मालपोत कार्यालयले निखन्न पाउने भनी गरेको निर्णयलाई सदर गरी जिल्ला कार्यालयले मिति ०४०।४।१३।६ मा निर्णय गरेको छ । ३. रजिष्ट्रेशनको ३५नं. बमोजिम मुख नमिलेकोमा अदालतमा नालेश गर्न जानु भनी सुनाउनु पर्नेमा नसुनाई निर्णय गरेको त्रुटि छ । विपक्षी तिलकमानले बण्डामा आधा घर पाएको होइन । निर्णय गर्दा आधार लिएको अंशबण्डाको कागज अ.बं.७८ नं. बमोजिम मलाई सुनाएन । मुद्दा उल्टीने देखि अ.बं.२०२ नं. बमोजिम झिकाइसकेपछि शुरुको फैसला सदर गरेको मिलेन उक्त निर्णय बदर गरी पाउँ भन्ने समेत रिट निवेदन । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत सिंगलबेञ्चको आदेश । ५. लख सरेकोमा पछिल्ला साहू कहाँ गई निखन्न हुन्छ भन्ने कानुनी व्यवस्था भएबाट दावी अनुसार तह तह भई निखन्न आवश्यक नभएको विपक्षीले प्रतिउत्तर पुनरावेदनमा समेत बण्डापत्रको कागज सुन्न पाउँ भन्ने प्रश्‍न पठाउन नसक्नु भएको हक पुग्ने आफ्नो सम्पत्ति निखन्न पाउने व्यवस्था हुँदा निखन्न पाउने ठहराई गरेको मालपोत कार्यालय काठमाडौंको निर्णय सदर गरेको जिल्ला कार्यालय काठमाडौंको निर्णयमा कुनै त्रुटि नहुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत वा. समेतको प्रेममान सिंह राजभण्डारीको ०४०।६।१० को लिखितजवाफ । ६. बण्डापत्रबाट हक हुनआएको घर वादी प्रेममान सिंहले निखन्न पाउने र बण्डापत्र भएको छैन भनी रिट निवेदनमा दावा लिए पनि प्रतिउत्तरमा सो को प्रमाण पेश गर्न नसकेको अंशबण्डामा पनि गणेशकुमारी साक्षी समेत बसेको देखिँदा अ.बं.७८ नं. बमोजिम कार्यविधि अपनाउन बाध्यता नभएको हुँदा कानुन बमोजिम निर्णय भएको हो रिट खारेज गरी पाउँ भन्ने समेत मालपोत कार्यालय काठमाडौंको लि