निर्णय नं. ८९०६ - उत्प्रेषणयुक्त परमादेशसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८९०६ - उत्प्रेषणयुक्त परमादेशसमेत भाग: ५४ साल: २०६९ महिना: माघ अंक: १० फैसला मिति :२०६९/०६/२१ ३१८५ ने.का.प. २०६९, अङ्क १० निर्णय नं. ८९०६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की रिट नं. ०६६–WO–०३६७ आदेश मितिः २०६९।६।२१।१ विषय :– उत्प्रेषणयुक्त परमादेश समेत । निवेदकः बाँके जिल्ला, नेपालगञ्ज न.पा.वडा नं. ४ बस्ने मञ्जूर अलीको छोरा मोहम्मद अययुव हलवाई विरुद्ध विपक्षीः ऐ.ऐ.वस्ने हविउल रहमान शेष समेत § सारवान कानूनद्वारा प्रदत्त हक र अधिकार हनन् भएमा कार्यविधि कानूनले निर्दिष्ट गरेको रीत र तरिकाअनुसार प्रचलन गराइन्छ । सारवान कानूनद्वारा सिर्जित हक र अधिकार प्रचलन गराउन तोकिएको रीत नपुगेमा अदालतले हक तथा अधिकार प्रचलन गराउन सक्ने अवस्था रहँदैन । हक र अधिकार सिर्जना गर्ने ऐन (कानून) मा हक र अधिकार प्रचलन गराउने कार्यविधि समावेश भएको रहेछ भने सोही कानूनमा उल्लिखित कार्यविधि अवलम्बन गरी हक प्रचलन गराउनु पर्ने हुन्छ । सो कानूनमा कार्यविधि समावेश भएको रहेनछ भने छुट्टै कानूनमा समावेश भएको कार्यविधि अवलम्बन गरी अदालतले हक अधिकार प्रचलन गराउनु पर्ने । (प्रकरण नं.७) § सारवान कानूनमा फैसला कार्यान्वयनको क्रममा दिइने निवेदनका हकमा तथा सोको कार्यविधिको व्यवस्था नभएको अवस्थामा सामान्य ऐन भएका नाताले मुलुकी ऐन, अ.वं. ८३ नं को कार्यविधि स्वतः आकर्षित हुने । (प्रकरण नं.८) § तहसीलदारले गर्ने आदेश मुद्दा मामिलाको प्रश्नमा गर्ने आदेश नभई फैसला कार्यान्वयनमा उपस्थित प्रश्नमा गरिने आदेश मात्र हो । यसमा प्रक्रिया वा रीत पुगे नपुगेको प्रश्न मात्र सान्दर्भिक हुने । (प्रकरण नं.१०) § तल्लो तहका न्यायिक निकाय, अर्धन्यायिक निकाय वा कुनै प्रशासनिक निकायले आफ्नो कार्यसम्पादन गर्ने सिलसिलामा अन्य कुराका अतिरिक्त कुनै निर्णय गर्नका लागि निर्धारित कार्यविधि पालना नगरी आदेश वा निर्णय गरिएको भएमा, निर्णय वा आदेश गर्दा निर्णय वा आदेश गर्ने अधिकारीले सो आदेश समेतमा प्रत्यक्ष गल्ती वा त्रुटि गरेको सम्बन्धित मिसिलबाट देखिएमा त्यस्तो निर्णय वा आदेश यस अदालतले उत्प्रेषणको आदेश जारी गरी बदर गर्न सक्ने । (प्रकरण नं.११) § फैसलाले स्पष्ट रूपमा भरी पाउने भनी ठहर गरेको अवस्थामा सो फैसला कार्यान्वयनमा अवरोध भएमा त्यसले सम्बन्धित पक्षलाई न्याय दिलाउन सक्दैन । अतः स्पष्ट कानूनी त्रुटिको अभावमा लेनदेन मुद्दाको फैसला कार्यान्वयन हुन नपाउनु न्यायिक क्रिया हुन नसक्ने । (प्रकरण नं.१२) निवेदकका तर्फबाटः विद्वान अधिवक्ता अब्दुल अजीज मुसलमान विपक्षी तर्फबाटः विद्वान अधिवक्ता गुरूप्रसाद बराल अवलम्बित नजीरः सम्बद्ध कानूनः § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) § मुलुकी ऐन अ.वं. ८३, ८३(१), (२), (३) नं. § बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ५१(१) § दण्ड सजायको ६१ नं § अ.व. १७ नं आदेश न्या.प्रकाश वस्तीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) अन्तर्गत यस अदालतमा दायर भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छ :– म निवेदक वादी र विपक्षी हवीउल रहमान शेष प्रतिवादी भएको लेनदेन मुद्दामा बाँके जिल्ला अदालतले मैले विपक्षीबाट रु.१३,००,०००।– सावा र सोको भरी भराउसम्मको व्याज समेत भरी पाउने ठहर्‍याई मिति २०५४।३।२४ मा फैसला गरी सो फैसला अन्तिम भएर बसेको छ । मैले सो फैसलाबमोजिम सावा र सोको विगो भरी भराउसम्मको १० प्रतिशत