निर्णय नं. २१६८ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१६८ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: फागुन अंक: ११ फैसला मिति :२०४१/११/११ २४१७ निर्णय नं. २१६८ ने.का.प. २०४१ अङ्क ११ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४१ सालको रि.फु.नं. ५८ विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ निवेदक : भक्तपुर जिल्ला भ.पु.न.पं. वार्ड नं. १० बस्ने भक्तपुर अस्पतालको प्याथोलोजिष्ट डा. कृष्णबहादुर कर्माचार्य विरूद्ध विपक्षी : लोकसेवा आयोग, विशालनगर काठमाडौं श्री बढुवा समिति, स्वास्थ्य मन्त्रालय रामशाहपथ, काठमाडौं श्री ५ को सरकार स्वास्थ्य मन्त्रालय रामशाहपथ, काठमाडौं डा. श्री गोविन्द बहादुर श्रेष्ठ, केन्द्रीय प्रयोगशाला, विर अस्पताल, काठमाडौं आदेश भएको मिति : २०४१।११।११।६ मा § “निकासा नहुँदै बिदा बसी पछि गयल भएको अवधिको लागि बिदाको निवेदन परी सो बिदा स्वीकृति भएमा” भन्ने व्यवस्था भएबाट निकासी नहुँदा बिदा बसेमा पनि सो बिदा स्वीकृत हुन सक्ने हुनाले त्यसरी स्वीकृत भएको बिदालाई गैरकानुनी भन्न मिलेन । (प्रकरण नं. १४) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त तथा विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दा : x आदेश न्या. सुरेन्द्रप्रसाद सिंह : यस अदालतको डिभिजन बेञ्चको माननीय न्यायाधीशहरूका बीच राय मिल्न नसकी सर्वोच्च अदालत नियमावलीको नियम ३३(क) बमोजिम निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छन् : २. स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा द्वितीय श्रेणीको प्याथोलजिष्ट समूहको रिक्त पद १ समेत १० पद बढुवाद्वारा पूर्ति गर्न भनी २०३७ आषाढ सम्ममा हुने सम्भाव्य उम्मेदवारहरूको दर्खास्त आव्हान गरी २०३७।४।१५ मा गोरखापत्रमा पहिलोपल्ट सूचना प्रकाशित गरिएकोमा प्याथोलजिष्ट समूहका लागि एकजनाको मात्र दर्खास्त परेकोमा विपक्षी गोविन्दबहादुर श्रेष्ठ गैर हाजिर रहेको कारणबाट निजको दर्खास्त म्यादभित्र नपरी पछि खडा गरिएको सबूतलाई बढुवाको मूल्यांकन कारवाही चलाई ०३७।१०।९ बढुवा समितिको बैठकले स्वास्थ्य सेवा चेष्ट डिजिजेड समूह र प्याथोलजी समूहको बढुवा शिफारिश गरी ०३७।१०।१२ को गोरखापत्रमा नामावली सूचना प्रकाशित गरेको अरू समूहको बढुवा सिफारिश गरी सूचना प्रकाशित गरेको र प्याथोलजी समूहको पदमा निवेदकलाई बढुवा सिफारिश गरी ०३९।१०।१६ को गोरखापत्रमा नामावली सूचना प्रकाशित गरेको थियो । ३. निवेदकलाई बढुवा सिफारिश गरिएको निर्णय उपर गोविन्दबहादुरको उजूरी परी गोविन्दबहादुरको नाम संशोधित भई श्री ५ को सरकार स्वास्थ्य मन्त्रालयबाट ०४०।१।१४ मा सूचना प्रकाशित भयो । ४. ०३७।४।१५ को सूचना अनुसार म्यादभित्र विपक्षीको दर्खास्त परेकै छैन । २०३७।७।६ को स्पष्टीकरण सहित हाजिर हुन आउनु भन्ने सूचनाको म्याद समेतमा गैर हाजिर हुन आउनुभएको सूचनाको म्याद समेतमा गैर हाजिर भई बस्नुभएको थियो । २०३७।११।१८ मा मात्र निजको बिदा मिलाइएको हुँदा बढुवाको तात्पर्यको लागि सो गणना नगरी ०३९।१०।६ को बढुवा समितिको बैठकले विपक्षीको जेष्ठता बापत ८४, १३ दिएको थियो । निवेदकले निर्विवाद रूपमा बढुवा पाउने हक सिर्जना भइसकेकोमा पछि भएको बिदा स्वीकृत निर्णयबाट प्रतिकूल असर पार्न सकिन