निर्णय नं. २८३८ - बाहाल भराई चलन चलाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८३८ - बाहाल भराई चलन चलाई पाउँ भाग: २८ साल: २०४३ महिना: पौस अंक: ९ फैसला मिति :२०४३/०९/०४ २१८० निर्णय नं. २८३८ ने.का.प. २०४३ अङ्क ९ पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४१ सालको दे.फु.नं. ७२ फैसला भएको मिति : २०४३।९।४।६ मा निवेदक/वादी : का.न.पं.वार्ड नं. ४ चण्डोल बस्ने चूढामणी उपाध्याय विरुद्ध विपक्षी/प्रतिवादी : का.न.पं.वार्ड नं. ३० भिमसेन स्थान बस्ने इन्द्रनारायण मानन्धर मुद्दा : बाहाल भराई चलन चलाई पाउँ (१) कबूलियत गरी बहालमा बसेको कुरामा कुनै विवाद देखिन्न, सो कबूलियतमा बाहालमा बसेको घर पसल यस समयमा छाडी दिने भन्ने समय तोकिएको पनि देखिन्न । उक्त बाहाल कबूलियत करार ऐन, २०२३ प्रारम्भ हुनुभन्दा अगावै भएको पाइन्छ । प्रस्तुत मुद्दा मुलुकी ऐन घर बनाउनेको महल अन्तर्गत फिराद परेको देखिन्छ, यस स्थितिमा करार ऐन, २०२३ प्रस्तुत मुद्दामा आकर्षित हुन्छ भन्न मिल्ने देखिन्न । (प्रकरण नं. १६) (१) घर पसल आफैंलाई चाहिएको भनी दावी गरेको देखिन्छ, ऐनले व्यवस्था गरे अनुसार कबूलियत गरी प्रतिवादी बाहालमा बसेको घर पसल वादीलाई चलन छाडी दिनु नपर्ने तथ्ययुक्त आधार प्रतिवादीले दिनसकेको छैन, घर पसल वादी आफैंलाई चाहिएको भनी दावी लिई आएको अवस्थामा प्रतिवादीलाई कबूलियत गराई बाहालमा दिएको घर पसल वादीले चलन पाउँदैन भन्न कानुन र न्यायको दृष्टिबाट मिल्ने नदेखिने । (प्रकरण नं. १८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराजका हजूरमा मुद्दा दोहर्‍याई पाउँ भनी वादीले चढाएको बिन्तिपत्रमा फूलबेञ्चबाट दोहर्‍याई हेरी निर्णय गरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसुफ सरकारका विशेष जाहेरी विभागबाट तोक लागी आई पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. मेरो पूर्खाले बनाएको काठमाडौं भीमसेन स्थान अगाडिको बाटुलो पसल ०१३।१०।२५ को कबूलियत र ०१३।११।१३ का रा.का.दे.दो.का.मिलापत्र बमोजिम वर्ष १ को रु.३०।– का दरले विपक्षी इन्द्रनारायणलाई बाहालमा राखेकोमा शर्त बमोजिम घर धनीलाई बुझाउन पर्ने बहाल नदिई सो घर पसल अरुलाई पजनी गरी बीचमा लाभ उठाएकोले ०३१।१०।२५ देखि ०३२।१०।२४ तक वर्ष १ को बाहाल रु.३०।– दिलाई उक्त घर पसल समेत म आफैंलाई चाहिएकोले ३५ दिनभित्र खाली गरी दिनु भनी घर बनाउनेको ९ नं. बमोजिम ०३३।३।२१ मा हुलाकद्वारा रजिष्टरी गरी सूचना दिँदा वास्ता नगरेको र शर्त बमोजिम घर मर्मत गर्नु पर्नेमा सो पनि नगरेकोले बाहाल भराई घर पसल समेत चलन चलाई पाउँ भन्ने समेत फिरादपत्र । ३. विपक्षीको साल एकको रु.३०।– का दरले लिने र बनाउँन परे आफ्नै खर्च लगाई बनाउने अन्य शर्तमा उठाउन नपाउने गरी ०१३।१०।२५ मा कबूलियत गरी १९६० सालदेखि बसी आएको छु । उक्त पाटी कसको हो मलाई थाहा छैन । ०३२ सालमा घर भत्किन लागेकोले रु.६,०००।– खर्च गरी आर.सी.सी. ढलान गरी बनाएको छु । विपक्षीलाई बाहाल बुझाई पाउँ भनी यस अदालतमा नालेश गरेको छु । झुठ्ठा वादी दावीबाट फुर्सद पाउँ भन्ने समेत प्रतिउत्तरपत्र । ४. वादी दावीको घर पाटी हो निजको घर होइन । अघि देखिन इन्द्रनारायणले बनाए बमोजिम आजसम्म पनि निजकै हकभोगमा छ । मैले पसल राखेको छैन । विपक्षलाई बाहाल तिर्नु पर्ने समेत होइन भन्ने समेत शिवचा मानन्धर