निर्णय नं. २१६९ - जग्गाबाली
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१६९ - जग्गाबाली भाग: २६ साल: २०४१ महिना: फागुन अंक: ११ फैसला मिति :२०४१/११/०४ २०७२ निर्णय नं. २१६९ ने.का.प. २०४१ अङ्क ११ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको दे.फु.नं. ६७ मुद्दा : जग्गाबाली निवेदक/प्रतिवादी : का.जि.का.न.पं. वा.नं. ३१ बस्ने केशरबहादुर के.सी. विरूद्ध विपक्षी/वादी : भीमलाल हुमागाइँको मु.स. गर्ने जि.सुनसरी विष्णु पाठका गा.पं. वा.नं. ५ बस्ने नरेन्द्रप्रसाद हुमागाइँ जि. मोरङ विराटनगर न.पं. वार्ड नं. ४ बस्ने रुद्र बहादुर हुमागार्इ ऐ ऐ बस्ने राम प्रसाद हुमागार्इ फैसला भएको मिति : २०४१।११।४।६ मा § आफूले पाएको जग्गा अरू व्यक्तिहरूलाई हक छोडी दिइसकेपछि ती जग्गाहरूमा त्यस्तो हक छाडी दिने व्यक्तिको हक अधिकार रहने स्थिति नै पर्दैन । (प्रकरण नं. ३१) निवेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री शुशीलकुमार पन्त तथा विद्वान अधिवक्ता श्री सुधानाथ पन्त विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती, विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी तथा विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल उल्लेखित मुद्दा : x फैसला न्या. त्रिलोकप्रताप राणा : सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. ७९ सालमा आवाद गर्न खुलेको झोरा मध्ये मोरङ प्र.बेली मौजे वकलौरीको साविक दर्तावाला रैती मरी भागी जग्गा विरान हुँदा कसैले कबोल सकार नगरी सालसालै पोत मिनाहा भइरहेको गरेको जग्गा मध्ये १८ नं. रैती अम्मरबहादुरका नाउँमा ज.बि. ३१। ।४.१ वर्ष ३ माफी खाने र २००४ सालदेखि लाग्ने मालपोत तिर्ने गरी मैले मो.वि.माल मार्फत कबूल सकार गरी लिई मेरा नाउँमा दर्ता गराई तिरो भोग समेत गरी आएकोमा सो जग्गा मध्ये केही जग्गा पर्ति भई आवाद गर्न रहेको बाँकी जग्गा ०११ सालका बालीमा मैले आवाद गर्न लाग्दा अन्यायी मध्येका केशरबहादुर बाहेक जम्मै प्रतिवादीहरूले जोत आवाद गर्न नदिई हलो फुकाई चलन गर्न नदिई मेरो चलन हटक गरी २०११ साल श्रावण २ गतेदेखि माथि लेखिएको मेरो जग्गा मध्ये कि.नं. ४० दुवीयाही जाने पैन सो उत्तर अर्ध ११२ तुल ९० को ज.बि. २०–०–४ मध्ये पश्चिम तर्फबाट ज.बि. ७।। ने. ३७ जंगल सो दक्षिण अर्ध ६२ तुल ४२ को ज.बि. ६।।.४ मध्ये पश्चिमतर्फबाट ज.बि. १।। समेत दुवै कित्ताको गरी ज.बि.९ जोत आवाद गरी आखिरी ०११ सालमा लगाइएको धान बाली समेत अन्यायीहरूले नै खाने खुवाउने गरेको र गत ०१२ साल बैशाख १ गतेदेखि हाम्रो जग्गा अझै पुग्दैन भन्ने अत्तो थापी जबरजस्ती कि.नं. ४० बाट ज.बि.४।।, र कि.नं. ३७ बाट ज.बि. १।।. र यो साल समेत पश्चिमतर्फबाट चापी दखल गरी लिएको समेत गरी कि.नं. ४० बाट जम्मा ज.बि. १२ र कि.नं. ३७ बाट जम्मा ज.बि. ३ समेत दुवै कित्ताको जम्मा ज.बि. १५–०–० मा प्रतिवादीहरूले खिचोला गरे । माथि लेखिए बमोजिम ज.बि. ९ को ०११ सालमा हुने धान बाली २७० मन मध्ये धनी बुटी धान मन १३५ दिए धानै र नदिए त्यसको हुने मोल रू. १,०००। बाली खाने केशरबहादुरबाट दिलाई भराई तिरो रू. ७५।।। लाग्ने ज.बि.१५–०–० खिचोला गरेकोले खिचोला मेटाई मेरो सदर गरी चलन समेत चलाई प्रतिवादीहरूलाई सजाय समेत गरिपाउँ भन्ने समेत फिरादपत्र । ३. वादी दावी बमोजिम खिचोला गरेको छैन । बकलौरी मौजामा मेरो जग्गा पनि छैन बकलौरी मौजासँग साँध जोडिएक