निर्णय नं. २८३९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८३९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: पौस अंक: ९ फैसला मिति :२०४३/०९/११ २५१० निर्णय नं. २८३९ ने.का.प. २०४३ अङ्क ९ पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४३ सालको रि.फु.नं. ५३ आदेश भएको मिति : २०४३।९।११।६ मा निवेदक : का.न.पं.वार्ड नं. २१ बस्ने जितबहादुर डंगोलसमेत विरुद्ध विपक्षी : का.न.पं.वार्ड नं. १२ पचली टेकू बस्ने राजबहादुर श्रेष्ठसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) हक बेहक छुट्याउन पर्ने बाहेक घर, पाताल, सडक, नाली सन्धिसर्पन सम्बन्धी मुद्दा तत्कालीन प्रचलित ऐन बमोजिम नगर पञ्चायतले हेर्न पाउने । (प्रकरण नं. ११) (२) सबूद प्रमाण बुझी ठहर निर्णय गर्न पाउने अधिकार नगर पञ्चायतलाई भएको देखिँदैन । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री रामकुमार श्रेष्ठ विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर, विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्चका माननीय न्यायाधीशहरूको राय मतैक्य हुन नसकी निर्णयार्थ सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. हामीहरूले का.न.पं.वा.नं.१२ टेकूको परापूर्वकाल देखि आवत जावत गरी बालीनाली खाई जोतपोत गरी आएको खेतमा जाने मूल सडकदेखि दक्षिणतर्फ साविक आराथुन कम्पनीले आफ्नो मोटर ग्यारेज बनाई आएको स्थानबाट सिधै दक्षिण बागमती नदीसम्म गोरेटोबाट आतेजाते गरिरहेकोमा हाल सो जग्गा विभिन्न व्यक्तिहरूले खरीद गरी घर बनाउँदा गोरेटो बाटो ३ फिट छाडी सकेकोमा हाल राजबहादुर श्रेष्ठले सो गोरेटो मिची हाम्रो खेतमा जाने बाटो रोक्ने प्रयास गरी टहरा बनाउन लागेकोले साविक बाटो कायम गरी पाउँ भनी हामीहरूको का.न.पं.मा निवेदन उजूरी परेकोमा साविक सनातनी बाटो हो भन्ने विपक्षीहरूको दावी झुठ्ठा हो भन्ने समेत राजबहादुर श्रेष्ठको प्रतिउत्तर परेपछि नापीको नक्शा तथा स्थानीय निरीक्षणको प्रतिवेदन समेतबाट बाटो नदेखिएको र सार्वजनिक बाटो भन्न पनि नमिल्ने समेत हुँदा उजूरी खारेज हुन्छ भन्ने समेत का.न.पं.बाट ०४२।१।२८ मा निर्णय भयो । ३. सार्वजनिक बाटो कायम गरी पाउँ भन्ने उजूरी नगर पञ्चायत ऐनको दफा ३७ अनुसार र का.न.पं.बोर्ड (बैठक) ले हेर्नु पर्नेमा प्रधानपञ्चले हेरेबाट अधिकारको अतिक्रमण भई उक्त दफा ३७ को त्रुटि भएको र सार्वजनिक बाटो रोक्का गर्न लागेकोले सो बाटो कायम गरी पाउँ भन्ने उजूरी भएकोमा बाटो छैन मेरो निजी जग्गा हो भनेपछि हक बेहकको प्रश्न समावेश हुनआएकोले अदालतको अधिकारको समेत अतिक्रमण गरी न.पं. ऐनको दफा १७(ढ) समेतको त्रुटि गरेको हुँदा नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी विपक्षी का.न.पं.को मिति ०४०।१।२८ को त्रुटिपूर्ण निर्णय बदर गरी पाउँ भन्ने समेत रिट निवेदन । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने सर्वोच्च अदालत सिंगलबेञ्चको आदेश । ५. गोरेटो बाटो छ भन्ने ठाउँको विवाद गर्न खोजेको ठाउँको कुनै प्रमाण पेश गर्न नसकेको बेसरोकारको ज.ध.प्र.पु. पेश गरेको छ । सम्पूर्ण लिखत प्रमाणबाट गोरेटो बाटो नभएको भन्ने प्रष्ट हुँदाहुँदै रिट निवेदन लेखाई र प्रयोग गरेको ऐनबाट समेत रिट जारी हुन नसक्ने हुनाले विपक्षीहरूको रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत रा