निर्णय नं. २१७० - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २१७० - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: फागुन अंक: ११ फैसला मिति :२०४१/११/१० १९२० निर्णय नं. २१७० ने.का.प. २०४१ अङ्क ११ डिभिजन बेञ्च इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको रिट नं. १६३२ विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ निवेदक : का.न.पं. वा.नं. १५ डल्लु ढिमेली बस्ने नन्दकुमारी श्रेष्ठ ऐ ऐ बस्ने चन्द्र बहादुर श्रेष्ठ ऐ ऐ बस्ने बासुदेव प्रसाद श्रेष्ठ ऐ ऐ बस्ने ओम कृष्ण श्रेष्ठ विरूद्ध विपक्षी : ऐ.ऐ. बस्ने जमुनादेवी श्रेष्ठ प्रधान पञ्च, काठमाडौं नगर पञ्चायत आदेश भएको मिति : २०४१।११।१०।५ मा § बिना सबूत प्रमाण केवल उजूरीको भरमा निवेदकले दिएको नक्सा दर्खास्त खारेज गरी दिने गरेको नगरपञ्चायतको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शिवभक्त प्रधानाङ्ग विपक्षी तर्फबाट : x उल्लेखित मुद्दा : x आदेश प्र.न्या. नयनबहादुर खत्री : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको यस रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ : २. पूर्व बासुदेवप्रसाद श्रेष्ठको जग्गा पश्चिममा विपक्षी जमुनादेवी श्रेष्ठको घर उत्तर ३‘–४’ आफ्नै जग्गा सोदेखि उत्तर ऐ. बस्ने स्वापुचा महर्जन दक्षिण सडक यति चारकिल्ला भित्रको जग्गा साविक रैकर नं. ९८ को जग्गा हाल नापीमा कि.नं. १७ क्षेत्रफल ०–४–३ कायम भएको जग्गा हामी आमा दाजुभाइको नाममा २०२२ सालमा नामसारी दर्ता तिरो तिरान गरी हकभोग गरी आएकोमा हामी मध्ये रामगोपाल श्रेष्ठले घर बनाउनको लागि आमा दाजुसँग स्वीकृति लिई नक्सा पासको लागि दर्खास्त दिएकोमा विपक्ष जमुनादेवीले सडक तर्फबाट उत्तर तर्फ १७ मात्र जग्गा भएको ५३“–४” आफ्नो जग्गा भनी देखाएको उत्तरतर्फ विपक्षको बगैंचालाई मेरो भनी दिएको हुनाले नक्सा पास नहोस भनी उजूरी परेकोमा हकबेहकमा जानु भनी सुनाउनु पर्नेमा प्रधानपञ्च स्वयंले ज.ध.द.प्र.पूर्जामा उल्लेख भएको जग्गा मध्ये पाटी र पाटीले चर्चेको जग्गा सम्बन्धमा बदर गर्न सम्बन्धित निकायमा न.पं. मार्फत कारवाही गर्ने भनी गरेको फैसलामा कानुनी त्रुटि छ । विपक्षीको हक लाग्ने मैले दर्ता गराएको भए जग्गा नाप जाँच ऐन, २०१९, मु.ऐ. जग्गा मिच्नेको महल अन्तर्गत समेत उजूर गरी मौकामा बदर गराउनु पर्नेमा सो भएको छैन, विपक्ष जुमनादेवीले केही भाग आफ्नो निजी र केही भाग धर्मशाला भनेकोमा निजी भनेकोमा कुनै प्रमाण पेश गर्न सक्नुभएको छैन । धर्मशाला भनिएकोमा पनि कुनै शिलापत्र ताम्रपत्र आदि कुनै कुनै लिखित प्रमाण अ.बं. ७७ नं. बमोजिम पेश गर्न सक्नुभएको छैन । न.पं. ऐन, २०१९ को दफा ४९ को (२) बमोजिम हकबेहक सुनाउनु पर्नेमा सो समेत नगरी विपक्षको दावी अनुसार मात्र ठहर निर्णय गरी न्यायकर्ता प्रधानपञ्च र स्वयं विपक्ष बनी दर्ता बदर गर्ने भनी मिति ०४०।६।१०।२ मा गरेको निर्णय प्राकृतिक न्याय एवं प्रचलित कानुन बिपरीत समेत भई उक्त फैसला बदर गराउनको लागि कानुनी उपचार समेत नभएको हुनाले नेपालको संविधानको धारा १० को उपधारा १ ऐ. को धारा ११ को उपधारा (२) को खण्ड (ङ) द्वारा प्रदत्त अधिकार हनन गरेको हुनाले त्यसको प्रचलनको लागि नेपालको संविधानको धारा १६ द्वारा निर्देशन गरे अनुसार नेपालको संविधानको धारा ७१ ले प्रदान गरेको असाधारण अधिकार प्रयोग गरी विपक्ष प्रधानपञ्चले न्यायिक मन