निर्णय नं. २८४० - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८४० - अंश भाग: २८ साल: २०४३ महिना: पौस अंक: ९ फैसला मिति :२०४३/०९/१८ ४४४३ निर्णय नं. २८४० ने.का.प. २०४३ अङ्क ९ पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको दे.फु.नं. ७२ फैसला भएको मिति : २०४३।९।१८।६ मा पुनरावेदक/प्रतिवादी : ल.पु.न.पं.वार्ड नं. १९ बस्ने तुलसीलाल गुरुवाचार्य विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने मानिकलाल गुरुवाचार्य मुद्दा : अंश (१) अंश मुद्दामा निर्णय गर्दा अदालतमा वादीले फिराद लिई प्रवेश गर्दाको समय बहाल रहेको ऐन बमोजिम निर्णय गर्नु पर्ने हुन्छ । (प्रकरण नं. १४) (२) एकासगोलमा रहे बसेका अवस्था एकासगोलमा कुनै अंशियारले आर्जन गरेको सम्पत्ति अंशबण्डाको १८ नं. ले सगोलको सम्पत्ति मान्नु पर्ने । (प्रकरण नं. १७) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री अनुपराज शर्मा फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्च समक्ष पेश हुँदा माननीय न्यायाधीशहरू बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, ०२१ को नियम ३३(क) बमोजिम निर्णयार्थ यसै बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. बाबु केशवलाल र आमा सिद्धीकुमारीको पाँच छोरा १ छोरी भएकोमा जेठो, माहिलो, काहिंलो, छोराहरू विवाह नहुँदै परलोक भएका बुबा आमा समेत परलोक भइसक्नु भएको प्रतिवादी दाजु र म वादी मात्र छौं । दुई दाजु भाइ मात्र अंशियार भएको र दाजुले घरको मुख्य भई काम गरी आउनु भएको छ । ०३३।८।१९ देखि मानोसम्म छुट्टै बसेको अंश माग्दा नदिएकोले प्रतिवादीबाट फिराद परेको अघिल्लो दिनसम्मको सम्पत्तिको तायदाती लिई दुई खण्डको एक खण्ड अंश दिलाई पाउँ भन्ने समेत मानिकलाल गुरुवाचार्यको ०३३।९।२६ को फिराद दावी । ३. हामीहरूको बीचमा अंशबण्डा हुन बाँकी छ । सगोलको धन छ भनी तोक्नेले सगोलको ऋण पनि तिर्नु पर्छ । बण्डा छुट्टाउन मेरो पनि समर्थन छ । वादीले पनि आफ्नो कमाई देखाई इमान्दारीका साथ बण्डा छुट्टाउन तत्पर हुनुपर्छ निजसंगको सम्पत्तिको समेतको तायदाती लिई बण्डा पाएमा मेरो मन्जूरी छ भन्ने समेत तुल्सीलाल गुरुवाचार्यको प्रतिउत्तरपत्र । ४. वादीबाट ०३५।४।१३ मा र प्रतिवादीबाट ०३५।६।३० मा सम्पत्तिको तायदाती पेश भएको रहेछ । ५. ०३४ साल पौष २७ गते अघिको अंशबण्डाको १८ नं. बमोजिम प्रतिवादीको जिकिर मनासिब नदेखिँदा आफ्नो आर्जनको भएको खण्डमा पनि बण्डा गर्नु पर्ने देखिँदा वादी दावा अनुसार वादी प्रतिवादीबाट पेश हुनआएको सम्पूर्ण तायदाती फाँटवारी बमोजिमको जम्मा सम्पत्तिको बिगो रु.५५,२१८।– बाट २ खण्डको १ खण्डको अंश पाउने ठहर्छ भन्ने समेत ललितपुर जिल्ला अदालतको मिति ०३६।४।२८ को फैसला । ६. मैले तत्कालीन श्री ३ महाराजाबाट पाएको १९८४।८।१८ को बहाली चलन पुर्जी अनुसार पाएको सम्पत्ति मेरो स्वआर्जनको हुँदा बण्डा नलाग्नेमा बण्डा गर्ने गरी गरेको शुरु इन्साफ बदर गरी बण्डा नलाग्ने गरी इन्साफ पाउँ भन्ने समेत प्रतिवादी तुल्सीलाल गुरुवाचार्यको बा.अं.अ.मा पुनरावेदन । ७. दुई भागको १ भाग सम्पत्ति वादीलाई अंश दिलाउने ठहराएको शुरु इन्साफ मनासिब छ भन्ने समेत बा.अं.अ. को फैसला । ८. उक्त बा.अं.अ.को फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी म.क्षे.अ.मा तुलसीलाल गुरुवाचार्यले दिएको निवेदनमा पुनरावेदनको अनुमति दिन मिलेन भन्ने म.क्ष