निर्णय नं. २१७१ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१७१ - लेनदेन भाग: २६ साल: २०४१ महिना: फागुन अंक: ११ फैसला मिति :२०४१/११/२१ २१८१ निर्णय नं. २१७१ ने.का.प. २०४१ अङ्क ११ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको दे.पु.नं. ७९२ मुद्दा : लेनदेन पुनरावेदक/वादी : का.जि.का.न.पं. वडा नं. ११ त्रिपुरेश्वर बस्ने कुशकुमार खनाल विरूद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने हिमाम्सुकुमार शर्मा फैसला भएको मिति : २०४१।११।२१।२ मा § कानुन अनुरूप नभएको त्यस्तो लिखतको आधारमा नालिश सुनी इन्साफ गर्न कानुनसंगत नहुने । (प्रकरण नं. १३) पुनरावेदक तर्फबाट : विपक्षी प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास उल्लेखित मुद्दा : x फैसला न्या. धनेन्द्रबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी निवेदन परेकोमा पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार रहेछ । २. विपक्षीले ०३२ सालदेखि मसँग भाइ नाताको हैसियतले सापटी र ऋण लिने गर्नुहुन्थ्यो । विपक्षी र मेरो योगेन्द्रनाथ अर्जेल समेत बीच ०३२।७।२० मा घरायस सर्तनामा कागज भएको थियो । ०३२ सालको मध्यसम्ममा विभिन्न सरकारी अड्डाको समेत गरी १७।१८ लाखको ठेक्का सम्बन्धी काम लिइराखेको थियो । विपक्षी हिमाम्सुकुमारले ०३२।७।३ का दिन मेरो घर बैठकमा मसँग रू. ८०,०००। भर्पाई गरी सापट दिएको छमहीनाभित्र सावाँ ब्याज एकमुष्ट बुझाउँला भनेको आजसम्म नदिनु भएकोले सावाँ रू. ८०,०००। असीहजार र ब्याज रू. १६,३७४।५२ समेत एकमुष्ट र बिगो भरी पाउने दिनसम्मको फैसला भएसम्मको ब्याज हरहिसाब गरी विपक्षीबाट दिलाई भराई पाउँ भन्ने समेत कुशकुमार खनालको फिराद । ३. वादीबाट मैले कुनै रकम कर्जा लिएको छैन । वादी माथि मैले दायर गरेको लेनदेन मुद्दाको इवीबाट प्रस्तुत फिराद दायर गरेको तथ्य र वादीको लेखबाटै झुठ्ठा व्यहोरा हो भन्ने देखिन्छ । कुन हिसाबले भर्पाई खडा गरेको हो सक्कल भर्पाई हेरेको बखत नामाकरण गर्ने छु भन्ने समेत हिमांसुकुमार शर्माको प्रतिउत्तर । ४. मैले निजलाई लेखेको पत्रहरू मध्येको कुनै पत्रका ठाउँ खाली रहेको जतिलाई काटी मेरो हस्ताक्षरले हिमांसु दाइ भनी लेखेको भाग माथि यो कीर्ते भर्पाई खडा गरेको हो । भर्पाई साँचो व्यहोराबाट मैले लेखेको होइन भन्ने समेत हिमांसुकुमारको बयान । ५. कागज सद्दे हो, कीर्ते भनेमा वादीलाई नै सजाय गरिपाउँ भन्ने समेत कुशकुमारको बयान । ६. प्रतिवादीले वादीबाट मेरासामुन्ने रुपैयाँ लिएको हो भन्ने समेत पुरूषोत्तम अधिकारीको बकपत्र । ७. प्रतिवादीले ८० हजार रुपैयाँ बुझी भर्पाई गरिदिनु भएको मलाई थाहा छैन भन्ने शिवप्रसाद अधिकारीको बकपत्र । ८. वादीसँगबाट पेश भएका सक्कल लिखतको व्यहोरा वादी स्वयंले लखेको भन्ने कुरामा वादी सहमत हुनुहुन्छ तसर्थ सही मात्र सद्दे भए पनि कानुनले प्रमाण लाग्ने व्यहोरा लेखिएको विवादास्पद लिखत नहुँदा जालसाज कीर्तेतर्फ निर्णय दिइरहनु परेन र शरण दिने मान्छेले ऋण दिएको भर्पाई सम्म पनि प्रतिवादीबाट लेखाउन सकेको देखिएन । खाली सहीमात्र प्रतिवादीको भएको भरमा वादी दावी बमोजिमको रकम प्रतिवादीले वादीसँग लेनदेन गरेको होला भनी मान्न लायक सबूत वादीले गुजार्न नसकेकोले वादी दावी नपुग्ने ठहर्छ भन्नेसमेत का.जि.अ.को फैसला । ९. वादीलाई कीर्ते कागजको ७ नं. बमोजिम सजाय गरिपाउँ भन्ने समेत प्रतिवादीको र वादी दावीबमोजिमको रुपैयाँ भराई