निर्णय नं. २८४१ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८४१ - अंश भाग: २८ साल: २०४३ महिना: पौस अंक: ९ फैसला मिति :२०४३/०९/२९ २२१८ निर्णय नं. २८४१ ने.का.प. २०४३ अङ्क ९ पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४२ सालको दे.फु.नं. ११२ फैसला भएको मिति : २०४३।९।२९।३ मा निवेदक/प्रतिवादी : जि.सुनसरी आइतबारे बक्लोरी गा.पं.वार्ड नं. ३ बस्ने गौरीशंकर साहु तेली विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.वार्ड नं.९ बस्ने जदु साहु तेलीसमेत मुद्दा : अंश (१) अंश भइसकेको भन्ने तथ्ययुक्त सबूद प्रमाण बेगर वादी प्रतिवादीहरूका बीच अंशबण्डा भइसकेको भन्न मिल्ने अवस्था नहुँदा अंश भइसकेको भन्ने प्रतिवादीको निवेदन जिकिर पुग्न सक्ने नदेखिने । (प्रकरण नं. १३) निवेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराजका हजूरमा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट ०४०।१२।७ मा फैसला भएको मुद्दा दोहोराई पाउँ भनी प्रतिवादीले चढाएको बिन्तिपत्रमा फुलबेञ्चबाट दोहोराई हेरी कानुन बमोजिम गर्नु भनी श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसुफ सरकारका विशेष जाहेरी विभागबाट लेखी आए अनुसार फुलबेञ्चको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. पूर्खा रामगोविन्दका ४ छोरा जेठा हामी वादी मध्ये सकलदिप समेतको बाबु शिवशंकर माहिला प्र.गौरीशंकर साहिंला वादी म मनौरी कान्छा वादी मध्ये कौशल्याका पति रामवचन समेत ४ अंशियार छोरा भएको दर्तावाला रामगोविन्द र प्र.शिवशंकर मध्ये रामगोविन्द परलोक भएपछि निज दर्ता मौजेको सिक्कापुरको जग्गा चार भाइ छोराका नाममा संयुक्त दर्ता हुन आई सर्भे नापीमा आइतबारे बक्लौरी गा.पं.वार्ड नं. ९(ग) मा संयुक्त नापी दर्ता भई पूर्खा रामगोविन्द र प्रतिवादीका नाममा आर्जन भएको सम्पत्ति सबै अंशियारले सगोलमा खाई भोगी खाएकोमा परिवार ठूलो भई सगोलमा व्यवहार चल्न नसक्ने भएबाट म सकलदिपका बाबु शिवशंकर र म कौशल्याका पति रामबचन परलोक भएपछि प्र.गौरीशंकरले आयस्ता घटी देखाई बेइमान गर्न थाल्नु भएको समेत कारणबाट कानुन बमोजिम अंश भाग छुट्याई दिनुहोस् भनी भन्दा संयुक्त दर्ता रहेको जग्गा बाहेक मेरो नाम दर्ताको चल अचल सम्पत्ति तिमीहरूको हकको अंश लाग्दैन भनी २०३४ साल ज्येष्ठ महीनामा अंश दिन इन्कार भएको हुँदा विपक्षीबाट तायदाती लिई चार अंशबाट प्रतिवादीको एक अंश पर सारी म गनौरीको १ अंश र मर्ने शिवशंकर र रामबचनको एक एक अंश हामीलाई छुट्याई पाउँ भन्ने समेत २०३४।३।१७ को फिरादपत्र । ३. बाबुराम गोविन्द १९६५ सालदेखि भारतबाट नेपाल आई व्यापार गरी बसी १९८६ सालमा ०–१२–३ जग्गा खरीद गरी भोगी बस्नु भएको हामी ४ भाइ छोरा भारतमै बस्ने गरेको सगोल बस्न नमिल्दा १९९९ सालमा अलग अलग बसी व्यापार गर भनी बाबुले छुट्याई दिनु भएकोले २००५ सालमा भारतबाट आई २०२० सालमा जग्गा खरीद गरी भोगी आएको भारतमा बाबुले आर्जन गरेको जग्गा पनि अंशबण्डा गरी १९६५ सालमा बिक्री गरिसकेको छु । सकलदिपका बाबु २००३ सालमा, विन्दाका बाबु २०२५ सालमा, र गनौरो २०३१ सालमा आई व्यापार गरी बसेको बाबुराम गोविन्द २०१८ सालमा दाजु शिवशंकर २०२६ सालमा, भाइ रामबचन २०२९ सालमा परलोक भएपछि बाबुका नाम दर्ताको जग्गा दाजु शिवशंकरले भोगी आउनु भएको २०२४ सालमा सर्भे हुँदा बकलौरी गा.पं.वार्ड नं. ९(ग) कि.