निर्णय नं. २८४२ - उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८४२ - उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: पौस अंक: ९ फैसला मिति :२०४३/०९/१७ २११८ निर्णय नं. २८४२ ने.का.प. २०४३ अङ्क ९ संयुक्तइजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०४२ सालको रिट नं. १८६६ आदेश भएको मिति : २०४३।९।१७।५ मा रिट/निवेदक : धरान नगर पञ्चायत वडा नं.१७ बस्ने भक्तबहादुर राई विरुद्ध प्रत्यर्थी : जि.सुनसरी पकली गा.पं.वा.नं.६ बस्ने सोमन चौधरी थारुसमेत विषय : उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) मोही मरेपछि सो मोही हक निजको नातिलाई प्राप्त हुनसक्ने ऐनले व्यवस्था गरेको नदेखिने । (प्रकरण नं. १३) रिट/निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह र विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : भूमिसुधार कार्यालय सुनसरीको मिति २०४२।८।४ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ भनी नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. प्रत्यर्थी सोमन चौधरीले जनकलालका नाउँमा सुनसरी जिल्ला एकम्बा गा.पं.वडा नं.३(ग) को कि.नं.४९, ६८ र ७३ का सोनालालका नाउँको ऐ.ऐ.को कि.नं.५०, ६९ र ७९ सुन्दरलालका नाउँको ऐ.ऐ.को कि.नं.५१, ७० र ७५ का जग्गा बाजे कारी चौधरीले अधियामा मोहीमा जोती कमाई आउनु भएकोमा बाजे कारी चौधरी र खुसीलाल चौधरी मर्नु भएकोले निजको हक खाने मोहियानीमा जोती बुझाउनु पर्ने अधिया बाली साविक जग्गाधनी जनकलाल सुन्दरलालबाट भक्तबहादुर राईलाई बुझाई आएको छु । १ नं.र २ नं.लगत र फिल्डबूक कार्यालयमा छ । बाजे कारीका नाउँबाट मेरा नाउँमा नामसारी गरी मोहियानी हकको प्रमाणपत्र पाउँ भन्ने समेत विपक्षी भूमिसुधार कार्यालय सुनसरीमा निवेदन गर्नुभएकोमा कि.नं.४९, ६८, ७३, ५१, ७० र ७५ समेतका जम्मा ६ कित्ता जग्गाहरू मात्र मेरा नाउँमा दर्ता भएको र उक्त कित्ताहरू मध्ये १०–० जग्गा मात्र विपक्षीले एक सालको लागि मात्र जोतेका हुन निज कारी चौधरीले जोत्‍न छोडेपछि मेरो दाताहरू र त्यसपछि म आफैंले जोती आएकोले विपक्षी वादी मोही कायम हुनसक्ने होइन भन्ने समेत प्रतिवाद मैले गरेको थिएँ । उक्त विवादमा प्रतिवादीले आफ्नो प्रतिउत्तरमा कि.नं.४९, ६८, ७३, ५१ र ७० मध्ये ०–१०–० जग्गा एक सालको लागि जोत्‍न दिएको भनी आंशिक रुपमा स्वीकार गरेको फिल्डबूकमा कैफियत महलमा निजको बाजे कारी चौधरीले जोतेको भन्ने उल्लेख भएको भन्ने समेत आधारमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ को उपदफा १(क) बमोजिम वादी दावी अनुसार मोही कायम हुने ठहर्छ भनी मिति २०४२।८।४ मा विपक्षी कार्यालयबाट निर्णय गरियो । ३. मैले प्रत्यर्थी सोमन चौधरी थारुलाई उक्त कित्ता नम्बरहरूको १–११–१५ सम्पूर्ण जग्गा नभई ०–१०–० जग्गा मात्र मोहियानी हक नदिने गरी १ वर्षको लागि मात्र जोत्‍न दिएको हो । विपक्षीसंग मेरो जग्गा जोत्‍न दिएको कुनै कबूलियत र भर्पाई छैन । विपक्षी सोमन चौधरी थारुको भूमिसम्बन्धी ऐनको दफा २६(१) बमोजिम दावी भएकोले दफा २५(२) आकर्षित हुन सक्दैन । विपक्षीको बाजे कारी चौधरीको नाउँमा १, २, ३ र ४ नं.अनुसूची नहुँदा केवल फिल्डबूकको भरमा कारी यादवको मोहियानी हक स्थापित हुन सक्दैन । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा बाजेको मोह