निर्णय नं. २१७३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २१७३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: फागुन अंक: ११ फैसला मिति :२०४१/११/२७ २१५४ निर्णय नं. २१७३ ने.का.प. २०४१ अङ्क ११ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४० सालको रिट नं. १९४० विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : का.जि.का.न.पं. वडा नं. १७ क्षेत्रपाटी ढल्को टोल बस्ने बद्रीमान नकर्मी विरूद्ध विपक्षी : बागमती अञ्चल अदालत काठमाडौं जिल्ला अदालत विगो फाँट काठमाडौं नेपाल बैंक लिमिटेड क्षेत्रपाटी शाखाका प्रवन्धक हिरण्य केशर बज्राचार्य आदेश भएको मिति : २०४१।११।२७।१ मा § रिट निवेदकले ऋण लिँदा लेखेको वतनलाई नै देखाई प्रत्यर्थी बैंकले फिराद गरेको र फिरादमा लेखिएको वतनमा म्याद तामेल भएको पाइन्छ । रिट निवेदकले ऋण लिँदा नधल क्वाडो वतन लेखिएको होइन भन्न सकेको देखिन्न । यस स्थितिमा रिट निवेदकको जिकिर सारयुक्त छ भन्न मिलेन । (प्रकरण नं. ११) निवेदक तर्फबाट :  विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार तथा विद्वान अधिवक्ता श्री कमलप्रकाश घिमिरे उल्लेखित मुद्दा : x आदेश न्या. धनेन्द्रबहादुर सिंह : बागमती अञ्चल अदालतको ०३८।७।७ को फैसला बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यस प्रकार छ । २. सावाँब्याज जम्मा रू. १,५२,६७५।९४ वाणिज्यबैंक ऐन, ०३९ को दफा ४७, ४७(क) बमोजिम बैंकको थैली असूल उपर गरी गराई पाउँ भनी विपक्षमध्येको हिरण्यकेशर बज्राचार्यले फिराद दिनु भएकोमा का.जि.का.न.पं. वडा नं. १७ क्षेत्रपाटी ढल्को बस्ने म प्रतिवादीलाई वतन फरक पारी का.जि.का.न.पं. वडा नं. २८ नधल क्वाडो स्थित नकर्मी मेकानिक्स वक्र्सका प्रोपाइटर बद्रीमान नकर्मी भनी समाव्हान म्याद तामेल गराउँदा मानिस फेला नपर्दा सोही ठाउँको पाटीमा टाँस गरी दिनु भनी तामेल भएको रहेछ । तत्पश्चात म्यादमा प्रतिउत्तर नदिई गुजारी बसेकोबाट बुझाउन मञ्जूर भएको भन्न पर्ने हुँदा प्रतिवादीबाट वादीले भरी पाउने ठहर्छ भनी बा.अं.अ.ले ०३८।७।७।६ मा फैसला गर्नुभयो । बिगो कोर्टफी दाखिल गर्न ल्याउनु भन्ने विपक्ष मध्ये जि.अ.बाट ३५ दिन म्याद जनाउँ ०४०।१०।५ मा बुझी लिएकोले स्पष्ट भयो । ३. मलाई प्रतिवाद गर्ने मौका नदिई वतनै फरक पारी दिएको वादी दावी अनुसार नधल पाटीमा वेपत्ते भनी तामेल गरेकोलाई अ.बं. १३३ नं. बमोजिम खुलाई म निवेदक बसेको वतनमा पुनः म्याद जारी गरी तामेल गर्नुपर्ने तामेल नगरी प्रतिवाद दिने मौका नदिई फैसला गरेकोले उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरी बा.अं.अ.को ०३८।७।७ को फैसला बदर गरिपाउँ भन्ने समेत निवेदन जिकिर । ४. विपक्षीसँग लिखितजवाफ लिई पेश गर्नु भन्नेसमेत सर्वोच्च अदालत सिंगलबेञ्चको आदेश । ५. बिगो भरी भराउ गरी दिने कारवाईको सिलसिलामा बिगो कोर्टफी दाखिल गर्न ल्याउनु भनी जारी गरेको जनाउ प्र.ले बुझी लिएको कानुन नियम बमोजिम भए गरिएको हुँदा रिट खारेज हुन अनुरोध छ भन्ने काठमाडौं जिल्ला अदालतको लिखितजवाफ । ६. विपक्षी निवेदकले शुरू म्याद तामेल बेरीत भयो भन्ने मुख्य दावी लिएको हकमा तामेल भई आएको म्याद हेर्दा अ.बं. ११२ नं. को रीत पुगी टाँस भएको तामेली म्यादबाट देखिँदा विपक्षीको रिटनिवेदन खारेज गरिपाउँ भन्नेसमेत बागमती अञ्चल अदालतको लिखितजवाफ । ७. विपक्षीले कर्जा लिएकै होइन, नकर्मी मेटालिकको प्रोप्राइटर म होइन, रकम तिर्नुपर्ने होइन भन्ने कुनै कुराको