निर्णय नं. २१७४ - उत्प्रेषण समेतको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २१७४ - उत्प्रेषण समेतको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: फागुन अंक: ११ फैसला मिति :२०४१/११/२५ २०११ निर्णय नं. २१७४ ने.का.प. २०४१ अङ्क ११ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको रिट नं. १३३७ विषय : उत्प्रेषण समेतको आदेश जारी गरिपाउँ निवेदक : भक्तपुर जिल्ला ठिमी चपाचो गा.पं. वडा नं. १ बस्ने जितकृष्ण चित्रकार विरूद्ध विपक्षी : भू.सु. अधिकारी, भूमिसुधार कार्यालय काठमाडौं काठमाडौं जिल्ला कोटेश्वर गा.पं. वडा नं. १ ऐ को हाल ऐ न.पं. वडा नं. ९ सिनामंगल बस्ने दधी बहादुर खत्री आदेश भएको मिति : २०४१।११।२५।६ मा § भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३६ को उपदफा (२) बमोजिम कूत बुझाउने म्याद नाघेको ३० दिनभित्र कूत बापतको रकम जग्गाधनीले बुझी नलिएमा धरौट राख्न सक्ने व्यवस्था गरेको पाइने । (प्रकरण नं. १०) निवेदक तर्फबाट :  विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल तथा विद्वान अधिवक्ता श्री शुभाष नेम्वाङ उल्लेखित मुद्दा : x आदेश न्या. धनेन्द्रबहादुर सिंह : भू.सु.का.काठमाडौंको मिति ०४१।३।१५ को निर्णय बदर गरिपाउँ भनी प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत परी पेश हुन आएको रिटनिवेदनको तथ्य यसप्रकार छ । २. म निवेदक जितकृष्णको आमा सेती चित्रकारका नाममा दर्ता भएको का.जि.कोटेश्वर गा.पं. वडा नं. १(क) कि.नं. १४१ को क्षेत्रफल २–५–० ऐ. कि.नं. १३५ को क्षेत्रफल १–१५–० र ऐ. कि.नं. १३८ को क्षेत्रफल ०–१२–० समेत जम्मा रोपनी ५ जग्गा विपक्षी मोही जनिई जोती कमाई आएको आमा ०३३ सालमा परलोक भई नामसारीको लागि निवेदन गरी कारवाईमा छ । विपक्षी मोहीले ०२९ सालको कूत नबुझाएकोमा निष्कासन समेत गरी पाउन निवेदन दिएको हुँ । विपक्षीले उक्त जग्गामा नै तेरो मेरोको प्रश्न उठाएबाट तत्कालीन भू.प्र.का. काठमाडौंबाट ०३२।७।२७ का दिन अदालतबाट जग्गामा हक कायम भएको निर्णय गराई आएपछि ठहरे बमोजिम गर्ने गरी मुलतवी आदेश भएको हो । जग्गा खिचोला हक कायम मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ०३४।२।७ का दिन उक्त जग्गा म वादीकै हक पुग्ने ठहरी फैसला भई मुलतवी जनाई कारवाई भएकोमा म निवेदक वादीले धरौटी बुझी लिने निष्कासनको हकमा वादी दावी बमोजिमको रकम धरौट राखेबाट नहुने भनी भू.सु.का. काठमाडौंबाट २०४१।३।१५ मा फैसला गर्नु भएको छ । ३. विपक्षी मोहीले भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३६(१) र ऐजन नियम ४६ ले पौष मसान्तसम्ममा बुझाई सक्नु पर्ने अनिवार्य छ । भू.सं.ऐन, ०२१ को दफा २९(१) मा उल्लिखित अवस्थामा बाहेक कूत नबुझाउने मोहीलाई जग्गावालाले उजूरी दिएमा निष्कासन गर्न सक्नेमा विपक्षी भू.सु.अ.बाट कानुन बमोजिम काम कर्तव्य गर्नु भएन । भू.सं. ऐनको दफा ३६(२) को व्यवस्था अनुसार म्यादभित्र धरौट नपरेकोले ०२९ सालको कूतबाली ०४१।३।१५ गते मात्र धरौटी राखेकोलाई मैले बुझ्न पर्ने ठहर्‍याएको सो कानुनको प्रत्यक्ष उल्लंघन र त्रुटिपूर्ण छ । दावी बमोजिम निष्कासन हुने अवस्थाको न्यायिक मनको प्रयोग गरी दावी पुग्न सक्ने नसक्ने निर्णय गर्नुपर्ने नगरेको फैसला कानुन (सावक पेज नं. ९८७) प्रतिकूल छ । सो फैसला बदर गरी परमादेश जारी गरिपाउँ भन्ने निवेदन जिकिर । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने समेत यस अदालत सिंगलबेञ्चको ०४१।५।१८ को आदेश । ५. वादी र प्र.वादी बीच जग्गाको स्वामित्वमा नै तेरो मेरो परेकोले अदालतबाट अन्तिम ठहर नभएसम्म मुलतवी राखे