निर्णय नं. २८४३ - उत्प्रेषण मिश्रित परमादेशको आदेश लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८४३ - उत्प्रेषण मिश्रित परमादेशको आदेश लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: पौस अंक: ९ फैसला मिति :२०४३/०९/२१ २०३९ निर्णय नं. २८४३ ने.का.प. २०४३ अङ्क ९ संयुक्तइजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४० सालको रिट नं. १९६८ आदेश भएको मिति : २०४३।९।२१।२ मा निवेदक : जि.मोरङ्‌ सिसवनी जहदा गा.पं.वार्ड नं. ७ को परिवर्तित वार्ड नं. ४ बस्ने रुपसिंह कोइरी विरुद्ध विपक्षी : जि.मोरङ्‌ कटहरी गा.पं.वार्ड नं. ५ बस्ने देवकी दास कोइरीसमेत विषय : उत्प्रेषण मिश्रित परमादेशको आदेश लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ (१) जिल्ला र अञ्चल अदालत समेतबाट वादीको फिराद हदम्यादभित्र परेको भन्दै नक्शा समेतको सबूद प्रमाणको मूल्यांकन गरी निर्णय गरेको देखिएको र उक्त निर्णयमा कानुनी त्रुटि नभएको भन्दै पुनरावेदनको अनुमति नदिने ठहर्‍याई गरेको आदेश समेतमा कानुनी त्रुटि विद्यमान नहुँदा रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । (प्रकरण नं. १४) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, विद्वान अधिवक्ता श्री नारायणराज खरेल विपक्षीतर्फबाट : विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल, विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंह आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधान २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ : २. जि.मोरङ्‌ कटहरी मौजे सोहल्को साविक कि.नं.३३३ र ३३४ समेतको जग्गा विगहा १–६–८ सीताराम बोहराले निवेदकलाई राजीनामा पारित गरी दिएकोमा सो जग्गा हकसफा गरी पाउन विपक्षी देवकी दासका पिता हरीदासले उजूरी दिई हकसफा गर्न पाउने गरी मिति ०१९।३।१४ मा फैसला भएको र त्यस उपरको पुनरावेदन मिति ०२६।९।२१ मा डिसमिस फैसला भई निवेदकले आफ्नो थैली बुझी लिए । फैसला भएपछि दाखिल खारेजको काम कारवाही हुँदा भूमिप्रशासन कार्यालयले साविक कि.नं.३३३ को जग्गा कटहरी गा.पं.वार्ड नं. ५(घ) को कि.नं.४९ को प्लटमा मिली नापी भइसकेको र साविक कि.नं.३३४ को जग्गा निवेदकले शिसवनी जहदा गा.पं.वार्ड नं. ७(ख) को कि.नं.२४ मा परी नापी गराई लिएको ठहर्‍याई सो कित्ता नं.१४ मध्ये उत्तर पूर्व तर्फबाट ०–१३–१० जग्गा काटी नयाँ नम्बर कायम गरी विपक्षी देवकी दासको नाउँमा दर्ता दाखिल भएको थियो । ३. भूमिप्रशासन कार्यालयको उल्लिखित निर्णय उपर निवेदकले यस सम्मानीत अदालतमा रिट निवेदन दिई यस सम्मानीत अदालतबाट उल्लिखित निर्णय मिति ०३०।४।७ मा बदर भई विपक्षी देवकी दासको नाउँमा भएको सो कि.नं.१२३ को जग्गा निवेदकको नै नाउँमा दर्ता कायम भएको थियो । सो कि.नं.१२३ को जग्गा निवेदकका नाउँमा यस अदालतको फैसला र मालपोत कार्यालय मोरङ्‌को मिति ०३५।४।१७ को निर्णय बमोजिम दर्ता भई धनी पूर्जा समेत प्राप्त भएको देखाई जग्गा पजनीको १७ नं. बमोजिम दर्ता बदर गरी हक कायम गरी पाउँ भन्ने दावी लिई ०३६ साल आश्विनमा फिराद लिई आउनु भएको त्यस्तै सो जग्गा नापी गराई लिएको तथा मिति ०२८।११।८ मा हलगोरु लिई सो कि.नं.२४ को जग्गा विपक्षी देवकी दासले चलन गरेको निवेदकले देखि सो जग्गा जोत्‍न दिन्न भनी नदिई निवेदकले नै बाली लगाएको हुँदा सर्भे कि.नं.२४ को ज.वि.०–१३–१० चलन चलाई पाउँ भन्ने माग गरी विपक्षी देवकी दासले मिति ०२९।१।२५ मा निवेदक उपर फिराद दायर गर्नु भयो । दुवै मुद्दामा निवेदकले फिराएको प्र