निर्णय नं. २१७५ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २१७५ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: फागुन अंक: ११ फैसला मिति :२०४१/११/२७ २०४६ निर्णय नं. २१७५ ने.का.प. २०४१ अङ्क ११ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको रिट नं. २०९० विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ निवेदक : इन्द्रप्रसाद प्रसाई जि.झापा धुलावारी गा.पं. वडा नं. ४ विरूद्ध विपक्षी : भूमिसुधार कार्यालय चन्द्रगढी झापा पद्‌म बहादुर कठेत जि. झापा धुलावारी गा.पं. वडा नं. २ आदेश भएको मिति : २०४१।११।२७।१ मा § मुद्दा परेको सालभन्दा पछिको वर्ष के भयो के भएन भन्ने कुरा उक्त मुद्दामा निष्कासन सम्बन्धमा आधार हुन सक्दैन । (प्रकरण नं. ७) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री नारायणराज खरेल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दा : x आदेश न्या. धनेन्द्रबहादुर सिंह : भूमिसुधार कार्यालय चन्द्रगढी झापाको मिति २०४०।१०।१० को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकारको छ । २. मेरा नाउँमा दर्ताको धुलावारी गा.पं. वार्ड नं. २ को कि.नं. २६२, ३६८, ३६९ समेत तीन कित्ताको ज.बि. ४–०–० जग्गाको कूतबाली विपक्षी मोही पदमबहादुर कठेतले ०३५ सालको कूतबाली नदिएकोले दिलाई मोही निष्कासन गरिपाउँ भन्ने भू.सु.का. झापामा मेरो उजूरी परेकोमा कि.नं. २६२ को जग्गाको मोहियानी छाडी सकेको अरू जग्गा मध्ये बिगहा ४ को रू.२३४६। धरौटी राखेकोछु भन्नेसमेत विपक्षी पद्मबहादुरको प्रतिउत्तर परेकोमा प्रतिवादीले धरौटी राखेको बालीको धरौटी वादीले लिन पाउने ठहर्छ भनी ०३६।३। २४ मा भू.सु.का. झापाबाट निर्णय भए उपर मेरो यस सम्मानित सर्वोच्च अदालतमा रिट पर्दा उक्त भू.सु.का. झापाको निर्णय बदर गरी कानुन बमोजिम पुनः निर्णय गर्नु भनी सर्वोच्च अदालतबाट परमादेशको आदेश जारी भई सो आदेश अनुसार विपक्षी भू.सु.का. झापाबाट मिति ०४०।११।१० मा प्रतिवादीले राखेको धरौटी ९० प्रतिशत भन्दा घटी बढीको हिसाब गर्दा घटी हुन आएकोले सो धरौटी वादीले बुझी लिन पाउने र घटी हुन आएको रू. १०१४। प्रतिवादी बाट भराई लिन पाउने ठहर्छ मोही निष्कासन गर्न पर्छकी भन्नलाई ०३६।३७ सालमा कूत लेनदेनमा विवाद नदेखिँदा निष्कासन गर्न नपर्ने ठहर्छ भनी ०३६।३।२४ मा निर्णय भयो । ३. विपक्षी मोहीले ९० प्रतिशत भन्दा कम बाली धरौट राख्नु भएको छ ९० प्रतिशत भन्दा कमको बाली धरौटीलाई मान्यता दिँदै प्रतिवादीले राखेको बाली धरौट वादीले लिन पाउने ठहर्छ भनी न्यायोचित मन र न्यायोचित आधार बेगर मोही निष्कासन गर्न नपर्ने गरी भएको भू.सु.का. झापाको निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९ को उपदफा (१) र (३) तथा दफा ३४ को उपदफा (२) को त्रुटिपूर्ण हुँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी दावी अनुसार मोही निष्कासन हुने गरी परमादेशको आदेश समेत जारी गरिपाउँ भन्ने समेत इन्द्रप्रसाद प्रसाईको मिति ०४०।१२।१६ को रिट निवेदन । ४. प्रतिवादी मोहीले बाली नबुझाई धरौट राखेको देखिँदा प्र.ले राखेको धरौटी ९० प्रतिशत भन्दा घटी हुनआएकोले रहेको धरौटी वादीले बुझी लिनपाउने र नपुग घटी हुन आएको रू. १०१४। वादीले प्रतिवादीबाट भराई लिन पाउने ठहरी फैसला भएको र ०३६ देखि ०३८ सम्म कूत लेनदेनमा विवाद परेको नदेखिँदा मोही हकबाट निष्कासन गर्न नपर्ने ठहर