निर्णय नं. २८४४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८४४ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: पौस अंक: ९ फैसला मिति :२०४३/०३/२० २०७४ निर्णय नं. २८४४ ने.का.प. २०४३ अङ्क ९ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको रिट नम्बर २३६० आदेश भएको मिति : २०४३।३।२०।६ मा निवेदक : जिल्ला महोत्तरी वनौटा गा.पं.वडा नं.३ बस्ने रुपनारायण साह सुडी विरुद्ध विपक्षी : भूमिसुधार कार्यालय महोत्तरीसमेत विषय : उत्प्रेषण (१) मोहीको मृत्यु भन्दा अगाडि निजको छोराले बाली बुझाएको भए तापनि जग्गाधनीले सोही छोरालाई मोहीको मृत्यु पछि पनि पत्याएको भनी मान्न मिल्ने अवस्था नदेखिने । (प्रकरण नं. १०) (२) मोहीको मृत्यु पछि मोही रोज्न पाउने हक जग्गावालालाई रहने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुङ्गाना विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट र विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह आदेश न्या.सुरेन्द्रप्रसाद सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दायर हुनआएको प्रस्तुत रिट निवेदनपत्रको संक्षिप्त तथ्य यसप्रकार रहेछ । २. विपक्षी लछुमन साह र रामचन्द्र साहको पिता सरजुग साहका नाममा दर्ता रहेको म.जि.बलवा आदर्श गा.पं.वडा नं.९(क) कि.नं.५ को ०–७–५½ र कि.नं.७ को ०–४–० तथा प्रत्यर्थी लछुमन साहु एवं राम पुनीत साहको पिता दुलार साहका नाममा दर्ता रहेको आ.गा.पं.बलवा वडा नं.९(क) कि.नं.४ को ०–१८–१० समेतको जग्गाहरू म निवेदकको पिता पलट साहले मोहीमा कमाउँदै आएकोमा २०२९ सालमा परलोक हुनु भयो । जग्गा नाप जाँच हुँदा म निवेदकले किसान महलमा पिता पलटकै नाम लेखाई जग्गा म निवेदकले कमाउँदै आएको छु । व्यहोरा जनाई फिल्डबूकमा सहिछाप गरेको थिएँ । साविक जग्गाधनी दुलार साह र सरजुग साह जिउञ्जेल निजहरूलाई र निजहरू परलोक भएपछि लछुमन साह र राम पुनीत साह तथा निज सरजुगको छोरा महन्थ साह रामचन्द्र साहलाई २०३० सालदेखि २०४१ सालसम्मको बाली बुझाउँदै आएकोले मलाई मोही पत्याएको प्रष्ट छ । ३. यस्तैमा बद्री साह र ज.ध.हरू मिली २०२९ सालमा परलोक भएका पितालाई २०३९ सालमा परलोक भएको देखाई मोही नामसारी गरी पाउँ भनी विपक्षी बद्री साहले विपक्षी भूमिसुधार कार्यालय समय निवेदन दिएकोमा जग्गाधनीहरूले पलटको दुई छोरा मध्ये बद्री साहलाई मोही पत्याएको छौं रुपनारायणलाई पत्याएका छैनौं भन्ने लिखितजवाफ प्रस्तुत गरेकोमा भुमिसुधार अधिकारीबाट दुलार साहका नामको कि.नं.४ को ०–१८–१० जग्गाको कित्ताकाट भई कायम हुनआएको कि.नं.२२६ र २२७ तथा सरजुगका नामको कि.नं.५ र ७ को जग्गाको मोही बद्री साहका नाममा नामसारी गर्ने गरी २०४१।९।२४ मा निर्णय भएको । ४. म निवेदकले २०२९ सालदेखि जग्गा कमाई अहिलेसम्म बाली बुझाई भर्पाई लिँदै आएकोबाट प्रस्तुत विवादमा मोही पत्याउने काम भइसकेको छ । मलाई मोहीबाट वञ्चित गर्ने गरी भएको भू.सु.का.को फैसलामा ने.का.प. ०३४ पृष्ठ २९५ मा प्रतिस्थापित सिद्धान्तको भू.सं.ऐन, २०२१ को दफा २६ संविधानको धारा ७३ अ.बं.१८४(क) १८९ समेतको विपरीत निर्णय भएको छ । म निवेदक मोही रहेको कुरा सर्भे नाप नक्शा तथा बाली बुझाएको भर्पाईबाट समेत प्रष्ट रहँदा रहँदै र वादी प्रतिवादीबाट पलटको छोरा म निवेदक रहेको कुरा देखिँदा देखिँदै मलाई नबुझी गरिएको निर्णय अ.बं.१३९ नं. र प्राकृतिक न्याय सिद्धान्तको विपरीत हुँदा नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण लगायतको आज्ञा, आदेश जारी गरी भू.सु.का.महोत्तरीको मिति २०४१