निर्णय नं. २१७६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१७६ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: फागुन अंक: ११ फैसला मिति :२०४१/११/१७ २४९९ निर्णय नं. २१७६ ने.का.प. २०४१ अङ्क ११ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको रिट नं. १९१९ विषय : उत्प्रेषण निवेदक : जि.महोत्तरी भरतपुर खरे गा.पं. को हाल लक्ष्मीनिया गा.पं. वडा नं. ८ बस्ने खरेबहादुर मुक्तान विरूद्ध विपक्षी : मालपोत कार्यालय महोत्तरी जि. महोत्तरी भरतपुर खारे गा.पं. को हाल लक्ष्मीनीया गा.पं. वडा नं. ८ बस्ने खड्ग बहादुर थापा मगर आदेश भएको मिति : २०४१।११।१७।५ मा § राजीनामा बमोजिमको जग्गा दा.खा. गर्दा नमिले नभिडेकोमा जग्गावालालाई बुझी कुन जग्गा राजीनामा गरी दिएको हो यकीन गरी मात्र दा.खा. गर्ने गरी निर्णय गर्नुपर्ने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : x विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री प्रेमबहादुर विष्ट उल्लेखित मुद्दा : x आदेश न्या. सुरेन्द्रप्रसाद सिंह : विपक्षी कार्यालयको ०४०।५।२४ को निर्णय र सो निर्णय अन्तर्गत भए गरेका गैरकानुनी काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको रिट निवेदनमा लिएका जिकिर तथा तथ्य संक्षेपमा निम्न प्रकार छ । २. खड्गबहादुर थापा मगरले यसै कार्यालयबाट पारित गराई लिएको राजीनामा अनुसार जग्गा दा.खा. गरिपाउँ भनी दिएको निवेदन । शेरबहादुरका नाउँमा रहको राजीनामाको जग्गा मोठको श्रेस्तामा कायम रहेको व्यहोरा मोठ फाँटबाट प्रमाणित हुन आएको र निजको नाउँमा रोक्का छैन भनी रोक्का फाँटबाट समेत प्रमाणित हुन आएको हुँदा शेरबहादुर मुक्तानको नाउँको श्रेस्ता पूर्जाबाट निम्न कित्ता जग्गा खारेज गरी खड्गबहादुरका नाउँमा ज.प.को २ नं. (क) बमोजिम रू. १०। जरिवाना गरी दा.खा. गरी दिने । जग्गा भरतपुर खारे गा.पं. वडा नं. ८(ख) कि.नं. २२, १८७, २०४ को क्षेत्रफल ०–११–१४ भन्ने समेत व्यहोराको ०४०।५।२४ को मालपोत कार्यालय महोत्तरीको पर्चा । ३. जुन जग्गाबाट राजीनामा गरी लिए दिएको हो होइन मलाई विपक्षी माल का.बाट झिकाई बुझी लिखत कागज मलाई देखाई सुनाई त्यसको परिणाम बताई मलाई प्रतिवाद गर्ने मौका कानुनी सुविधाबाटै बञ्चित गरियो । विपक्षीले आफू वादी भई कि.नं. १५३ को ५–१५–१८ मध्ये दखिन पसिमबाट ०–१५–० हाल सर्भेमा कि.नं. २२।१७२ कायम भएको बिगहा १–२–१३ मध्ये उक्त १५ कठ्ठा जग्गा खरीद गरेको राजीनामा प्रमाण लिएको देखिन्छ भने राजीनामा लिखतमा कि.नं. २२।१७२ को जग्गा उल्लेख गरेको देखिँदैन मोठ श्रेस्ता भिडाउँदा नं. ११५५ गा.पं. भरतपुर खोरे वडा नं. ८(ख) कि.नं. १७२ को १–२–१३ शेरबहादुरको नाउँमा मोठ कायम छ भनी भिडाएको छ भने कि.नं. २२।१८७ लाई काटी कि.नं. २०४ गरी क्षेत्रफल ०–११–१४ जग्गा मेरो हक मेटाउन उजूरमा दावी नै नभएको कुरामा विपक्षी मालपोत का.ले निर्णय गरी मेरो कि.नं. १८७ मा अवच्छिन्न आफ्नो हक भोगको सम्पत्तिको हक मेटाइएको छ । मेरा नाउँमा दर्ता भएको कि.नं. १८७ को जग्गामा विपक्षीको उजूरमा वादी नै नभएको कुरामा विपक्षीको मालपोत कार्यालयले उजूर दावी नै नभएको कुरामा निर्णय गरी मेरो सम्पत्तिको हक अपहरण गरेको छ । विपक्षीको राजीनामामा वडा नं. ८ अन्तर्गतका कि.नं. २२ एवं १७२ तथा १८७ यी कुनै कित्तामा पनि मिल्न भिडिन आउँदैन । त्यसरी एका विषयको लिखत कागजलाई अर्कै विषयमा अर्थको अनर्थ गरी मेरो सम्पत्तिको हक मेटाउन नपाउने सो निर्णय बदरको लागि कानुनमा खास व्यवस्था नभएकोले