निर्णय नं. २८४५ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८४५ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: पौस अंक: ९ फैसला मिति :२०४३/०७/१४ २०२६ निर्णय नं. २८४५ ने.का.प. २०४३ अङ्क ९ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४२ सालको रिट नं. १५९३ आदेश भएको मिति : २०४३।७।१४।६ मा निवेदक : जिल्ला महोत्तरी बयनाहा गाउँ पञ्चायत वडा नं.९ बस्ने धनेजर साह तेली विरुद्ध विपक्षी : गाउँ पञ्चायत कार्यालय बयनाहा, जिल्ला महोत्तरीसमेत विषय : उत्प्रेषण (१) कारवाहीको सिलसिलामा गा.पं.बाट पठाएको म्याद निवेदकको घरदैलामै टाँस गरिँदा पनि उपस्थित हुन नआएको हुँदा कारवाही रोहवरमा राखिएन भन्ने जिकिर युक्तिसंगत देखिँदैन । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट, विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल आदेश न्या.सुरेन्द्रप्रसाद सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न प्रकारको छ : २. मेरो नाममा नम्बरी दर्ता रहेको महोत्तरी जिल्ला भरुवाही गाउँ पञ्चायत वडा नं.९ कि.नं.४३६ को ०–४–५½ जग्गाको विपक्षी धनेजर साहूले मोही कमाई मोहियानी हकको प्रमाणपत्र पाई साल साल कूत बुझाई मोहीमा कमाई आएको छ । मलाई घर बनाउन घर बारीको लागि जग्गाको प्रयोजन भएकोले क्षतिपूर्ति दिन लगाई घर बारीको लागि उक्त जग्गाको मोहीबाट झिकी पाउँ भनी विपक्षीले गा.पं.मा निवेदन दिनु भएकोमा जग्गाधनीको अरु जग्गा पनि भएकोले सो जग्गा झिकी पाउन मञ्जूर छैन भन्ने मैले दिएको लिखित प्रतिउत्तर गाउँ पञ्चायतमा दिन जाँदा बुझी नलिएको हुँदा हुलाक मार्फत रजिष्टर गरी पठाएको थिएँ तत्पश्चात विपक्षी गाउँ पञ्चायतले सयकडा २५ प्रतिशतले हुने क्षतिपूर्ति दिलाई उक्त ०–४–५½ जग्गा घर बारीको लागि झिकी धनेजर नामको मोही लगत कट्टा गराई दिने ठहराई प्रत्यर्थी गा.पं.बाट भएको निर्णयलाई प्रत्यर्थी भूमिसुधार कार्यालयले मोही लगत कट्टा गर्ने गरी मिति २०४२।४।२० मा भएको टिप्पणी आदेश निम्न लेखिए बमोजिम गैरकानुनी छ भनी निम्न जिकिरमा उल्लेख गरेको छु । ३. जिकिर : मोहीले कमाएको जग्गाधनीको घर वादीको लागि अन्य जग्गा नभएको खण्डमा मात्र हो । विपक्षीको घर बनाउनको लागि पर्याप्त जग्गा अन्य ठाउँमा भएको अवस्थामा गा.पं.लाई त्यस्तो जग्गा झिक्ने अधिकार प्रदान गरेको पाइँदैन । जग्गा घरबारी र जग्गा भएको व्यक्तिलाई जग्गा प्राप्त गराई दिने अधिकार विपक्षी गाउँ पञ्चायतलाई छैन । विवादीत जग्गा घरवासको लागि झिकिएको हो अथवा घरबारी लायक हो वा होइन त्यसको कुनै पनि सबूद प्रमाण बुझिएको छैन । सो जग्गा झिक्न मलाई पनि बुझ्नु पर्नेमा सो नगरी गुपचुपसंग कार्यविधि सम्पन्न गराई मिलोमतोबाट निर्णय गरेको प्रष्ट छ । क्षतिपूर्ति तोक्दा समेत प्रचलित मोल भन्दा कम गरी तोकेको प्रष्ट छ । सो बाहेक प्रत्यर्थी भूमिसुधार कार्यालयले समेत मोही लगत कट्टा गर्दा म निवेदकलाई बुझ्दै बुझेको छैन, अतः त्यस्तो गैरकानुनी निर्णयले गर्दा निवेदकको संविधानको धारा १०(१) ११(२)(ङ) र धारा १५ द्वारा प्रदत्त हक हितमा आघात पुगेको र अन्य उपचारको अभावमा संविधानको धारा १६।७१ बमोजिम उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरी बदर गरी पाउँ भन्ने समेत रिट निवेदन । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेत यस अदालतको सिंगलबेञ्चको आदेश । ५. विपक्षी रिट निवेदकले गा.पं.बाट मिति ०४१।७