निर्णय नं. २१७७ - उत्प्रेषण लगायत आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१७७ - उत्प्रेषण लगायत आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: फागुन अंक: ११ फैसला मिति :२०४१/११/१३ २४७० निर्णय नं. २१७७ ने.का.प. २०४१ अङ्क ११ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको रिट नं. १२४३ विषय : उत्प्रेषण लगायत आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ निवेदक : भ.पु.जि. ठिमी बालकुमारी गा.पं. वडा नं. १ बस्ने लक्ष्मीनारायण न्हुच्छे श्रेष्ठ विरूद्ध विपक्षी : ऐ ऐ पकान्डोल दधीकोट गा.पं. वडा नं. ३ बस्ने चिरंजीवी न्यौपाने भूमि सुधार शाखा अधिकृत, भूमि सुधार शाखा भक्तपुर आदेश भएको मिति : २०४१।११।१३।१ मा § उजूर परेकोमा बाली भरी पाउने नपाउने र मोही निष्कासन हुने नहुने कुराको निर्णय गर्नुपर्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री दुर्गामोहन श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारप्रसाद शर्मा उल्लेखित मुद्दा : x आदेश न्या. बब्बरप्रसाद सिंह : भूमिसुधार शाखा भक्तपुरको ०४१।३।५ को फैसला बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यस प्रकार छ : २. मेरा नाउँमा दर्ता भएको श्री महेन्द्र अन्त लिंगेश्वर दधीकोट गा.पं. वडा नं. ३(ख) कि.नं. ११२ को रोपनी ०–१४–० जग्गाको धान मुरी ।१६।१।५ विपक्षीले २०४० सालको बाली नबुझाई बसेकोले बाली भराई जग्गाबाट निष्कासन गरिपाउँ भन्ने रिट निवेदकले फिरादपत्र दिएकोमा जग्गाको जोत तलसिंहलाई छोडपत्र गरी दिएको तलसिङ रामप्रसाद डोटेललाई कमाउन दिएको भन्ने समेत प्रतिउत्तर परेकोमा विवादास्पद जग्गा रामप्रसादको श्रमबाट खेती भइरहेको देखिएकोले उक्त जग्गाको कूत समेत स्थानीय गा.पं. मा धरौट रहेको भर्पाईको प्रतिलिपि हुँदा वादी दावी बमोजिम कारवाई गर्न नमिल्ने ठहर्छ भनी विपक्षी भूमिसुधार शाखा भक्तपुरबाट ०४०।३।५ मा फैसला गरेको रहेछ । ३. विपक्षीले मोही हक छोडी दिएको भन्ने प्रतिउत्तर लेख झुठ्ठा हो मोही हक छोडी दिएको भए जोतपोत मेरो नाउँमा कायम हुने थियो मोही हक छोडेको प्रमाण पेश गर्न सकेको छैन । ०२७ सालमा मेरो जग्गा घरसारमा रू. ३६००। ले छोडपत्र गरी कमाउन दिएको सुनेको हो । निजहरूले मोहियानी हक रामप्रसादलाई गराउन ०३५।३६ सालतिर भू.सु.का. भक्तपुरमा कारवाई चलेको छ । मेरो ज.ध.प्र.पूर्जामा मोही कायम छँदाछँदै अर्को व्यक्ति रामप्रसाद डोटेललाई मोही मानी कारवाई गर्न नमिल्ने भनी फैसला गरेको न्यायिक मनको प्रयोग नगरी मनोमानी गैरकानुनी त्रुटिपूर्ण भएकोले सो फैसला बदर हुनुपर्छ सो फैसलाले संविधानद्वारा मेरो प्रदत्त हकहनन भएको हुँदा हक प्रचलन भए कायम गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर । ४. विपक्षीसँग लिखितजवाफ लिई पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत सिंगलबेञ्चको ०४१।४।३१ को आदेश । ५. रामप्रसादबाट सालसालको बाली बुझी वादीले भर्पाई गरी दिएको देखिन आएको धरौट समेत रहेको देखिँदा वादी दावी बमोजिम कारवाही गर्न नमिल्ने भनी फैसला भएकोले सो निर्णय कानुनको परिधिभित्र रही आएको हुँदा रिट खारेज गरिपाउँ भन्ने समेत भू.सु.शाखा भक्तपुरको लिखितजवाफ । ६. ०२७।१२।१७ मा मसँग मोही हक छोडाई लिखित गरी दिई उहाँकै मञ्जूरीबाट रामप्रसादलाई कमाउन दिई बाली बुझी लिई दिई आएको हो । कानुन अनुरूप भएको फैसला कायम गरी निवेदकको रिट खारेज गरिपाउँ भन्ने समेत चिरंजीवी न्यौपानेको लिखितजवाफ । ७. निवेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्