निर्णय नं. २८४६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८४६ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: पौस अंक: ९ फैसला मिति :२०४३/०९/०६ २२८१ निर्णय नं. २८४६ ने.का.प. २०४३ अङ्क ९ संयुक्तइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको रिट नम्बर २३०८ आदेश भएको मिति : २०४३।९।६ मा निवेदक : ज.पु.न.पं. वडा नं.१स्टेशन रोड स्थिति रामायण प्रिन्टिड्ड प्रेसबाट मुद्रित हुने नेपाली भाषाको जनकल्याण मञ्च भन्ने साप्ताहिक समाचारका तर्फबाट ऐ.का.सम्पादक प्रकाशक ऐ.बस्ने राजकुमार प्रकाश गुप्ता विरुद्ध विपक्षी : श्री ५ को सरकार सञ्चार मन्त्रालय विषय : उत्प्रेषण (१) कानुनले अधिकार दिए बेगर पत्रिका बन्द गर्ने अधिकार श्री ५ को सरकारलाई छ भनेर मान्न मिल्दैन । (प्रकरण नं. १५) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास विपक्षीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा आदेश न्या.सुरेन्द्रप्रसाद सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न प्रकारको छ : २. मेरो सप्पादकत्वमा जनकपुरधामबाट जनकल्याण मञ्च भन्ने पत्रिकामा नियमावलीले तोके अनुसार नियमित रुपमा प्रकाशित गर्दै आइरहेको र सो को प्रतिलिपि जिल्ला कार्यालय धनुषा तथा प्रेस काउन्सिल समेत पठाई श्री ५ को सरकारले तोकिदिएको आर्थिक सहायता समेत यस पत्रिकाले प्राप्त गर्दै आइरहेको छ पत्रिकाको त्यस्तो पृष्ठभूमिमा विपक्षीले प.सं.मु.च.नं. ४५२ मिति २०४२।९।७ को पत्रद्वारा यो पत्रिका नियमित रुपले प्रकाशन नभएको भन्ने आधार बनाई पत्रिकाको प्रकाशन निलम्बन गरिएको छ भनी मिति २०४२।१०।२९ मा पत्र प्राप्त हुनआएको हुनाले आ.बं. ०४१।०४२ को प्रकाशन सम्बन्धी अभिलेखको प्रतिलिपि प्रेस काउन्सिलबाट र त्यसपछिको प्रकाशन सम्बन्धी जिल्ला कार्यालय धनुषाबाट प्रमाण लिई विपक्षी कहाँ सम्पर्क राख्दा भूलले निलम्बित हुन गएको हो सबै व्यहोरा खोली निवेदनपत्र दिनुहोस् फुकुवा हुन्छ भनी मौखिक रुपमा भनिएको हुनाले मैले तत्कालै मिति २०४२।११।३ का दिन द.नं. ४४३४ मा सबै व्यहोरा दर्शाई फुकुवाको लागि निवेदन दिएँ सो निवेदनमा समेत कारवाही नभएको हुँदा सम्मानीत अदालतको असाधारण अधिकार गुहार्न निम्न लेखिए बमोजिम प्रस्तुत गरेको छु । ३. जिकिर : नेपाल राजपत्र खण्ड ३४ संख्या ३८ मिति २०४१।९।२४ मा प्रकाशित छापाखाना र प्रकाशन सम्बन्धी नियमावली २०४१ को संशोधन नियम १३ मा मूल नियमावलीको नियम १० खारेज गरिएको भनी स्पष्ट उल्लेख भएकोमा मूल नियमावलीको (हाल खारेज रहेको) नियम १२ मा प्रकाशन नियम ४ को उपनियम ६, ५, ९, ११ तथा अनुसूची ६ बमोजिमको शर्तनामा विपरीत हुने गरी कार्य गरेमा श्री ५ को सरकारले अवधि तोकी त्यस्तो पत्र–पत्रिका स्थगित गर्न सक्नेछ भनी प्रावधान भएको थियो । पत्र–पत्रिकाको प्रकाशन स्थगित राख्न सक्ने अधिकार उक्त खारेज भएको नियम १२ बाहेक नियमावलीको अन्य कुनै नियममा तोकिएको छैन यसरी आफूलाई छुट्टै नभएको अधिकार प्रयोग गरी मेरो पत्रिका निलम्बन गरेको विपक्षीको निर्णय अ.बं.३५ नं.अनुसार बदरभागी छ । मलाई सफाइको मौका समेतबाट वञ्चित गरिएको छ मेरो प्रकाशन नियमित रहेको कुरा प्रेस काउन्सिलबाट मैले पाएको प्रमाणपत्र समेत बाट समर्थित भइसकेको छ । साथै सो कुराको पुष्टि जिल्ला कार्यालय धनुषाको सो प्रमाणपत्रबाट समेत भइरहेको छ । नियमावलीमा उल्लेख भए अनुसार पत्रिका प्रकाशित भइरहेको हुँदा निर्णय ६, ७ को त्रुटि भयो भनेर कदापि भन्न मिल्दैन छापाखाना तथा प्रक