निर्णय नं. २१७८ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१७८ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: फागुन अंक: ११ फैसला मिति :२०४१/११/०१ २४४७ निर्णय नं. २१७८ ने.का.प. २०४१ अङ्क ११ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४० सालको रिट नं. १९७३ विषय : उत्प्रेषण निवेदक : जिल्ला सुनसरी धरान न.पं. ५ स्थित एटलस ट्रेडिङ कं.का प्रोप्राइटर अशोककुमार लोहिया विरूद्ध विपक्षी : श्री ५ को सरकार अर्थ मन्त्रालय भन्सार विभाग, त्रिपुरेश्वर श्री ५ को सरकार, भन्सार कार्यालय रानी, विराटनगर आदेश भएको मिति : २०४१।११।१।३ मा § कानुनको व्यवस्था जस्तो गम्भीर प्रश्नमा असाधारण अधिकार गुहार्न बाधा छ भन्न पनि मिल्दैन । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार उल्लेखित मुद्दा : x आदेश न्या. बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा मिति ०४०।११।५ मा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर यस प्रकार रहेछ । २. आर्थिक वर्ष ०३९।०४० मा पोलिष्टर प्लेन सुटिङ कपडा दक्षिण कोरियाबाट सिपमेन्ट भई प्रमाणपत्र नं. १३६९ र प्रज्ञापनपत्र नं. १२८४ बाट जम्मा ८९७८ गज कपडा विराटनगर भन्सार कार्यालय मार्फत नेपालमा आयात गरेको थिएँ । आर्थिक ऐन, ०३९ र ०३७ अनुसार अधिकतम सुविधा प्राप्त मुलुकहरूबाट आयात गरिएको उक्त ऐनको अनुसूची १ संकेत नं. ५६–०७ (क) मा पोलिष्टर कपडामा १०० का दरले भन्सार लिनु पर्नेमा विपक्षी भन्सार कार्यालयले साधारण देशहरूबाट आयात भए सरह गरी १०५ प्रतिशतका दरले भन्सार महसूल लिने र भन्सार महसूल नतिरेसम्म कपडा नछाडिने जानकारी दिएको हुँदा बढी रकम रू. ११,१६०।३४ पछि फिर्ता लिने गरी कपडा छुटाई अरू आउने कपडा बाँकी रहेका कपडाको हकमा १०० प्रतिशत नै भन्सार महसूल लिई मात्र सामान छाड्ने आदेश विराटनगर भन्सार कार्यालयका नाउँमा पठाई पाउँ भनी श्री ५ को सरकार भन्सार विभागमा मिति ०३९।८।१४ मा निवेदन दिएकोमा निवेदन माग अनुसार मात्र भन्सार महसूल लिने गरी सम्बन्धित भन्सार कार्यालयलाई तुरून्त पत्र पठाउने र बढी भन्सार महसूल पछि फिर्ता लिने गरी हाललाई सयकडा १०५ प्रतिशतको दरले भन्सार महसूल बुझाई विराटनगर भन्सार कार्यालयबाट मालसामान छुटाई लिनु भनी तत्कालीन महानिर्देशकले मौखिक आश्वासन दिनुभएकोले मिति ०३८।८।१३ र ०३९।८।१८ मा जम्मा रू. २३४३७।१० भन्सार कार्यालय, विराटनगरमा बुझाई उपरोक्त बमोजिमको कपडा भन्सार कार्यालयबाट छुटाई ल्याएको थिएँ । अधिकतम सुविधा प्राप्त मुलुकबाट सिपमेन्ट भई आएको मालसामानमा लाग्ने भन्सार महसूल दरबन्दी बमोजिम नै भन्सार महसूल लिने गरी ०३९।१२।९ मा भन्सार विभागले निर्णय गरेको र उक्त निर्णयको व्यहोरा ०३९।१२।१८ मा सबै मुलुक भन्सार कार्यालयहरूका नाउँमा परिपत्र भएपछि पुनः मिति ०४०।१।२७ मा १०० प्रतिशत मात्र भन्सार लिनु पर्नेमा १०५ का दरले भन्सार महसूल लिएबाट बढी भन्सार महसूल फिर्ता पाउँ भनी प्रत्यर्थी भन्सार कार्यालयमा निवेदन दिएकोमा कोरियन कपडा कोरियाबाट चलान गरी आयात गरेको भए तापनि बिजक जापानको भएकोले बढी महसूल फिर्ता दिन नमिल्ने भन्ने उल्लेख भयो र पुनः ०४०।९।१० मा निवेदन गर्दा बढी रकम फिर्ता नदिने र कानुनले तोकेको भन्दा बढी भन्सार महसूल मबाट असूल गर्ने निर्णय गरेको हुँदा मौलिक हक प्रचलन गराई पाउन आएको छु । ३. दक्षिण कोरियामा उत्पादन भई त्यहीँबाट जहाजमा चलानी गरेको कपडा ज