निर्णय नं. ८९०७ - रैकर दर्ता स्रेस्ता बदर गुठी हक कायम गरिपाऊँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८९०७ - रैकर दर्ता स्रेस्ता बदर गुठी हक कायम गरिपाऊँ भाग: ५४ साल: २०६९ महिना: माघ अंक: १० फैसला मिति :२०६९/०८/०१ ३५३३ ने.का.प. २०६९, अङ्क १० निर्णय नं. ८९०७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश श्री कमलनारायण दास २०६८–CI–१०४० फैसला मितिः २०६९।८।१।६ मुद्दा :– रैकर दर्ता स्रेस्ता बदर गुठी हक कायम गरिपाऊँ । पुनरावेदक वादीः बेखाबहादुरको छोरा, ललितपुर जिल्ला खोकना गाउँ विकास समिति वडा नं. ७ बस्ने आनन्दबहादुर श्रेष्ठ विरुद्ध प्रत्यर्थी प्रतिवादीः कैलाश बद्रीनाथ प्रभृति सदावर्त निजी गुठीका सञ्चालक ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. १३ कुसुन्ती बस्ने अर्जुननरसिँह राणा समेत शुरू फैसला गर्नेः मा.न्या.श्री भीमकुमार ओझा पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री केशरीराज पण्डित मा.न्या.श्री विश्वम्भरप्रसाद श्रेष्ठ § फैसलाको ठहर खण्ड नै अदालतको निर्णय हो । सो निर्णयलाई कार्यान्वयन गर्न तथा निर्णयबाट स्वाभाविक रुपमा निस्कने कोर्टफी फिर्ता, दण्ड जरीवाना, विगो आदि कार्यान्वयन गर्नलाई सहयोग पुर्‍याउन तपसील खण्ड लेखिन्छ । तपसील खण्डले निर्णयको स्थान लिन नसक्ने । § ठहर खण्ड र तपसील खण्ड बाझिए ठहर खण्ड नै मान्य हुन्छ । ठहर खण्डमा उल्लेख नभएका वा विवेचना नभएका कुरा तपसील खण्डमा उल्लेख हुन सक्दैनन्, यदि भएको रहेछ भने समेत त्यसले कुनै मान्यता पाउन नसक्ने । § ठहर खण्डको विपरीत वा सो बाझिने गरी तपसील खण्ड लेखेमा कानूनविपरीत हुन्छ । तपसील खण्डमा भएका सामान्य भाषिक त्रुटि, लेखाइ वा टाइपको गल्ती वा कुनै शब्द ठहर खण्डभन्दा भिन्न हुन गएमा ठहर खण्डको विपरीत नहुने गरी सच्याउन वा सुधार गर्न सकिन्छ । तर इन्साफमा नै फरक हुने गरी, ठहर खण्डमा लेखिएको निर्णयसँग बाझिने गरी विरोधाभाषपूर्ण ढंगले लेखिएको तपसील खण्डले मान्यता पाउन नसक्ने । (प्रकरण नं.८) § संविधान वा कानूनमा भएको व्यवस्थाको अधीनमा रही अदालत वा अधिकारीले आफ्नो अधिकारक्षेत्र ग्रहण गर्ने गर्दछ । सोअनुसार अधिकार सम्पन्न भए नभएको निश्चित गरेपछि मात्र निर्णयरुपी निष्कर्षमा पुग्नुपर्ने हुन्छ । अरुको अधिकार प्रचलन गराउनेले पहिला आफ्नो अधिकारको विस्तार र सीमाप्रति सजग र सचेत रहनु पर्दछ । कुनै निर्णयकर्ता, अदालत वा निकायले अर्काको अधिकारक्षेत्र वा क्षेत्राधिकारको अतिक्रमण गर्न नहुने । § अनाधिकृत निकायबाट भएका निर्णय प्रभावहीन शून्य भई बदर हुने कानूनी व्यवस्था अ.व. ३५ नं. मा भएको हुँदा यसका अतिरिक्त प्रस्तुत मुद्दामा प्रमाणको रूपमा पेश भएको फिल्डबुक उतारको लेखाईको न्यायोचित विवेचना नभएको र पारीत नै नभएको अपारीत लिखत विवादित जग्गाको हकको शंकारहित स्रोत हुन नसक्ने । (प्रकरण नं.९) पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता रमेशकुमार मैनाली प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्बित नजीरः § नेकाप २०४६, नि.न.३९८७, पृष्ठ ११२० सम्बद्ध कानूनः § भूमिसुधार ऐन, २०२१ (संशोधनसहित) २०५३ को दफा २६(१) § न्याय प्रशासन ऐन, २०४८ को दफा ८(१) § मुलुकी ऐन अदालती बन्दोवस्तको ३५, ८६ नं. फैसला न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत पाटनको मिति २०६७।११।२६ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत वादीको पुनरावेदन पत्र दर्ता भै निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– श्रीभक्त हेमेश्वर, हेम भक्तेश्वर र शान्त बालेश्वर समेत श्री ३ शिवालय गुठीको साविक खोकना डोल