निर्णय नं. २८४७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८४७ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: पौस अंक: ९ फैसला मिति :२०४३/०८/०९ २१२८ निर्णय नं. २८४७ ने.का.प. २०४३ अङ्क ९ संयुक्तइजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको रिट नं. १६७७ आदेश भएको मिति : २०४३।८।९।२ मा निवेदक : कुन्तादेवी गा.पं.वडा नं.९ बस्ने टंकनाथ उपाध्याय विरुद्ध प्रत्यर्थी : श्री प्रहरी प्रधान कार्यालय नक्शाल काठमाडौंसमेत विषय : उत्प्रेषण (१) पुनरावेदन परेकोबाट त्यसबाट कानुन अनुसार निर्णय हुने नै हुँदा पुनरावेदनको निर्णय बाँकी छँदाछँदै निवेदकको माग बमोजिम पु.क्षे.प्र.का.को निर्णय उपर रिट क्षेत्रबाट हाल निर्णय गर्न मिलेन । (प्रकरण नं. २२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश न्या.बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर निम्न प्रकार छ : २. मैले ०२३ सालदेखि प्रहरी सेवामा प्रवेश गरी २०२६ र २०२९ मा प्रमोशन समेत भई हाल जिल्ला प्रहरी कार्यालय खोटाड्ड अन्तर्गत छोटी प्रहरी ठाना ऐसेलु खर्कमा प्र.स.नि.पदमा कार्यरत रहेको अवस्था ०३९।४।४ को जिल्ला कार्यालय खोटाड्डको पत्रद्वारा सोही मितिदेखि मलाई सस्पेण्ड राखियो । सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराजको ०३९।५।६ च.नं. २०२ को समेत स्पष्टीकरण पेश गर्ने पत्रहरू मैले पाई यथा समयमा म्यादै भित्र स्पष्टीकरण पेश गरेको थिएँ । ३. विभागीय कार्यबाहीको सिलसिलामा प्रहरी नियमावली, ०३३ को (संशोधन सहित) परिच्छेद ९ नियम ९.५ को देहाय (ङ) अनुसार आफ्नो पदको जिम्मेवारी अनुसार आचरण नगरेको कसूरमा ऐ.नियम ९.१० को उपनियम ३ को देहाय (ग) ले दिएको अधिकार प्रयोग गरी ऐ.नियम ९.१ को देहाय (च) बमोजिम भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहर्ने गरी सेवाबाट बर्खास्त गर्ने पू.क्षे.प्र.का.विराटनगरको ०३९।६।१७ को पर्चाबाट नोकरीबाट अवकाश भएकोले पुनरावेदनको जनाउ दिनु भनी लेखी आएको भनी ०३९।६।२० को जनाउ जि.प्र.का.खोटाड्ड मार्फत ०३९।७।१७ मा प्राप्त गरें । ४. प्रहरी महानिरीक्षकज्यू समक्ष जिल्ला प्रहरी कार्यालय खोटाड्ड मार्फत म्यादै भित्र मिति ०३९।८।२०।१ मा मैले पुनरावेदन दायर गरेको थिएँ सोही २० गते उक्त पुनरावेदनपत्र पू.क्षे.अ.का.विराटनगरमा चलान गरेको जि.प्र.का.खोटाड्डको च.नं. ८०९ प.सं.१७२ को मलाई बोधार्थ दिएको देखिन्छ । ५. मैले दिएको पुनरावेदनमा कारवाही भएको जानकारी नपाउँदा प्रत्यर्थी १ नं.समक्ष मेरो पुनरावेदन उपर अविलम्ब कारवाई किनारा गरी पाउँ भनी मिति ०४०।१०।२६ मा निवेदन दिएको थिएँ । ६. तत्पश्चात पनि कारवाही भएको जानकारी नपाउँदा श्री ५ महाराजाधिराज सरकारमा निवेदन चढाएकोमा यसबारे ०४२।४।७।२ को जि.प्र.का.खोटाड्डद्वारा मलाई पठाएको मैले ०४२।४।२० मा पाएको पत्रानुसार पुनरावेदन गर्नु पर्नेमा रीतपूर्वक पुनरावेदन गर्न नसकेको बिन्तिपत्रको आधारमा मात्र निजको नोकरी थामी दिने तर्फ कारवाही चलाउन नमिल्ने भनी उल्लेख भएको रहेछ । ७. यस अघि रीतपूर्वकको पुनरावेदन दिनु भनी मलाई जि.प्र.का.ओखलढुड्डाबाट ०४१।१२।१७ मा लेखिएको पत्र ०४१।१२।२९ मा प्राप्त भई उक्त पत्रमा उल्लेख भए अनुसार ०४२।१।५।४ मा जि.प्र.का.खोटाड्ड मार्फत पुनरावेदनपत्र दिएको थिएँ ०४२।१।६ मा सम्बन्धित कागज सहित चलान भएको रहेछ । ८. मैले वास्तविक रुपमा रीतपूर्वक पुनरावेदनपत्र ऐनका म्यादभित्र दिएको छु । प