निर्णय नं. २१७९ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २१७९ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: फागुन अंक: १२ फैसला मिति :२०४१/१०/२१ २४३३ निर्णय नं. २१७९ ने.का.प. २०४१ अङ्क ११ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको रिट नं. २१४९ विषय : उत्प्रेषण निवेदक : जि.तनहुँ सत्रसय ओबु गा.पं. वार्ड नं. ६ बस्ने पूर्णबहादुर खत्री विरूद्ध विपक्षी : प्र.जि.अ.श्री मंगलकृष्ण श्रेष्ठ जिल्ला कार्यालय तनहुँ जि. तनहुँ सत्रसय ओबु गा.पं. वार्ड नं. ६ खैरनी बजार बस्ने अग्रेज बाबु श्रेष्ठ ऐ ऐ बस्ने मीज कुमार श्रेष्ठ ऐ ऐ बस्ने मीन बहादुर श्रेष्ठ ऐ ऐ बस्ने विष्णु मल्ल ऐ ऐ बस्ने विवेकमान श्रेष्ठ ऐ ऐ बस्ने वासुदेव मल्ल ऐ ऐ बस्ने भगवान मल्ल ऐ ऐ बस्ने मिन बहादुर थापा ऐ ऐ बस्ने क्षेत्र बहादुर कडेल ऐ ऐ बस्ने तुल नारायण श्रेष्ठ ऐ ऐ बस्ने प्रेम कुमार श्रेष्ठ आदेश भएको मिति : २०४१।१०।२१ मा § विलम्ब हुनाको उचित कारण निवेदकले आफ्नो रिट निवेदनमा उल्लेख गर्न नसकेको हुँदा रिट निवेदनपत्र खारेज हुने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार र विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी उल्लेखित मुद्दा : x आदेश न्या. बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदकको रिट निवेदन जिकिर एवं तथ्य निम्नप्रकार छन् । २. म निवेदक घरमै बसी रहेको समयमा नाम नजानेका ५ जना प्रहरीहरू आई प्र.जि.अ.ज्यूले पक्राउ गरी ल्याउनु भन्ने आदेश छ कि.नं. ३९० नं. को जग्गाको विषयमा प्रत्यर्थी १३ जनाको उजूरी परेको छ । सो कि.नं. २९० को जग्गा धनी दर्ता प्रमाण पूर्जा लिई जि.प्र.का. तनहुँमा हिड्नुहोस् भने मैले केही बिराएको छैन जानै पर्छ भन्ने पूर्जि देखाउनुस् भन्दा जबरजस्ती कुटपीट गर्दै लगी मिति ०४०।९।९ मा प्रहरीको हिरासतमा राखी भोलिपल्ट ०४०।९।१० गते ५ बजे सम्पूर्ण कार्यालयका कर्मचारी घर गई सकेपछि प्र.जि.अ.को कार्यालयमा एकजना कर्मचारी र प्रहरी समेत भई बन्द कोठामा लगी भन्ने मौका नै नदिई यो कागजमा सही गर्नुहोस् भनी प्रत्यर्थी नं. १ ले भन्नु भयो । म निवेदकले कस्तो कागज हो मलाई सुनाउनुहोस् भन्दा तँलाई आवश्यक छैन सहिछाप गर्छस् भने गर नभए थुनामा राख्छु भनी प्रहरीलाई मौखिक आदेश दिनु भयो डरले गर्दा सो कागजमा मिति ०४०।९।१० मा सहिछाप गरेँ सो कागजमा के व्यहोरा छ आजसम्म अनभिज्ञ छु र मेरो नाममा रहेको उक्त आँखिसल्ला गा.पं. वडा नं. ६ को कि.नं. ३९० समेत भएको जग्गाधनी पूर्जा समेत जबरजस्ती आफ्नो कब्जामा लिनु भयो सोही दिन ०४०।१०।६ को तारिख तोकी पर्चामा सही गराएपछि मात्र छुटकारा दिनुभयो । ३. घरमा आउँदा प्रत्यर्थीहरूले तेरो कि.नं. ३९० को जग्गाबाट ०–१०–० जग्गा सार्वजनिक मन्दिर बनाउनलाई हामीले उजूरी हालेका थियौं र उक्त ०–१०–० जग्गा म छाडी दिन्छु भनी कागज गरिसकेको हुनाले सो जग्गामा अब तपाईको हक छैन सार्वजनिक भइसकेको छ भनी मौखिक जवाफ दिएकोले के कसो भएको रहेछ, सो कागज र त्यस सम्बन्धमा भएका कारवाही नक्कल र मेरो जग्गा पनि दर्ता प्रमाणपूर्जा पाउँ भनी प्रत्यर्थी प्र.जि.अ.समक्ष जाँदा नक्कल दिने कानुनी व्यवस्था छैन ०–१०–० जग्गा कित्ताकाट गरेपछि मात्र धनी पूर्जा पाउनु हुन्छ भनी जवाफ दिनु भयो । ४. कानुन बमोजिम दर्ता भएको जग्गा विपक्षले पक्राउ गरी सार्वजनिक भनी कागज गराउने अधिकार छैन । प्र.जि.अ. को काम, क