निर्णय नं. २८४८ - चोरी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८४८ - चोरी भाग: २८ साल: २०४३ महिना: पौस अंक: ९ फैसला मिति :२०४३/०९/०८ २२६६ निर्णय नं. २८४८ ने.का.प. २०४३ अङ्क ९ संयुक्तइजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४२ सालको फौ.पु.नं. ३७५, ६६४ फैसला भएको मिति : ०४३।९।८।३ मा पुनरावेदक/वादी : प्र.ज. ढुण्डीराजको प्रतिवेदनले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जोवारा गा.पं.वार्ड नं.२ बस्ने कृष्णबहादुर गुरुङसमेत पुनरावेदक/प्रतिवादी : भरतपुर नगर पञ्चायत वडा नं.११ बस्ने जिताली गुरुङ विरुद्ध प्रत्यर्थी/वादी : ढुण्डीराज समेतको जाहेरी श्री ५ को सरकार मुद्दा : चोरी (१) सयकडा १५ भन्दा बढी नाफा हुने गरी कागज नगरी सामान किनेको रहेछ भने चोरीको भनी जानी जानी खरीद गरेको अनुमान गर्नु पर्ने । (प्रकरण नं. २८) पुनरावेदक/वादीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री आत्माराम भट्टराई पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती फैसला न्या.बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२ साल बैशाख ४ गतेको फैसला उपर वादी श्री ५ को सरकार तथा प्रतिवादी जितालीको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य पुनरावेदन जिकिर एवं निर्णय यसप्रकार छ । २. भरतपुर नारायणगढ लंकुमा समेत बराबर चोरी भइरहेकोले चोरको सुराक पत्ता लगाउँदै जाँदा गोलबहादुर शंकास्पद देखिएकोले निजलाई पक्राउ गरी केरकार गर्दा विभिन्न ठाउँमा चोरेको हो भनी भनेको हुँदा कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको प्र.ज.ढुण्डीराजको प्रतिवेदन । ३. खुलापेक ६, सिलबन्दी पेक ४ कार्टुन पेक, रिक्सोना साबुन २ पोका, सुर्ति, डाल्डा घिउ १ टिन आधा समेत बरामद भएको हो भन्ने समेत जिताली गुरुङको घर खानतलासी मुचुल्का । ४. २०३८ साल कार्तिक महीनामा नारायणघाट लक्की स्टोरबाट ९ कार्टुन पेक रिक्सोना साबून २५ पुरिया चियापत्ति कृष्णबहादुर, प्रेमबहादुर, बुढा तामाङ्‌ र म समेतले चोरी गरी चियापत्ति श्यामकृष्ण श्रेष्ठलाई र साबुन जिताली गुरुङलाई बिक्री गरेको हो भन्ने समेत व्यहोराको अभियुक्त बीरबहादुर तामाङ्‌को प्रहरीमा भएको कागज । ५. २०३८ साल आश्विन महीना हो गते वार सम्झना छैन नारायणगढ लक्की स्टोरको दिनेशप्रसाद कल्वारको गोदाम घरबाट प्रेमबहादुर तामाङ्‌, बूढा तामाङ्‌, विरबहादुर तामाङ्‌ र म समेत ४ जना भई रिक्सोना साबुन ९ पेक, चियापत्ति (सानो) २०–२५ बट्टा चोरी गरी लगी बसेनी बजारको जिताली गुरुङको दोकानमा रु.८००।– मा बिक्री गरी ४ जनाले बराबर बाँडी लिई खायौं भन्ने समेत व्यहोराको कृष्णबहादुर गुरुङको कागज । ६. वीरबहादुर तामाङ्‌, गोलबहादुर गुरुङ, बुढा तामाङ्‌ र म समेत भई ग्यामन कम्पनीको छड् २ क्वीन्टल चोरी गरी श्यामकृष्ण श्रेष्ठको पसलमा बिक्री गरी र नारायणगढको नेवारको घरबाट १ टिन आधा डाल्डा घिउ र सूर्ति समेत चोरी गरी जितालीको दोकानमा बिक्री गरी बाँडी खाएका हौं भन्ने समेत व्यहोराको प्रेमबहादुर तामाङ्‌को कागज । ७. २०३८ साल आश्विन महीना हो गते वार याद छैन कृष्णबहादुर गुरुङ चिनेका र अरु नचिनेका मानिसहरू संग चामल घिउ खाने तेल २ क्वीन्टल जति छड् र चियापत्ति समेत खरीद गरी लिएको हुँ चामल र चियापत्ति बेची सकें भन्ने समेत व्यहोराको श्यामकृष्ण श्रेष्ठको कागज । ८. ०३८ साल आश्विन महीना हो गते बार याद भएन, गोलबहादुर र अरु नचिनेका जम्मा ४ जनाले एकटिन आधा डाल्डा घिउ र सूर्ति ल्याएकोले खरीद गरी राखेको हुँ भन्ने समेत व्यहोराको जिताली गुरु