निर्णय नं. २१८० - जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २१८० - जालसाजी भाग: २०४१ साल: २०४१ महिना: फागुन अंक: ११ फैसला मिति :२०४१/१०/२३ २४४५ निर्णय नं. २१८० ने.का.प. २०४१ अङ्क ११ डिभिजन बेञ्च इजालश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४० सालको फौ.पु.नं. ४०१ मुद्दा : जालसाजी पुनरावेदक/वादी : जिल्ला पर्सा विरगंज न.पं. वा.नं. ७ बस्ने राजेन्द्रप्रसाद वर्नवाल विरूद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने शशीभुषणप्रसाद वर्नवाल ऐ ऐ बस्ने दमयन्ती देवी बर्नवाल जि. सर्लाही मौजे मुसौनी हाल जि. पर्सा विरगंज न.पं. वार्ड नं. ५ बस्ने महेश्वर झा ब्राह्मण ऐ ऐ वा.नं. ६ बस्ने रामदयाल राउत वरै ऐ ऐ वा.नं. १४ बस्ने राम दयाल प्रसाद गोड ऐ ऐ वा.नं. ९ बस्ने राम बहादुर विष्ट फैसला भएको मिति : २०४१।१०।२३।३ मा § कीर्ते कागजको १ नं. बमोजिम काम भए गरेको मितिले २ वर्षभित्र नालेश नदिए लाग्न नसक्ने । (प्रकरण नं. १२) पुनरावेदक वादीतर्फबाट : विद्वान अधिबक्ता श्री प्रभु नारायण चौधरी विपक्षी प्रतिवादी तर्फबाट : विद्वान अधिबक्ता श्री पिताम्बर सिलवाल उल्लेखित मुद्दा : x फैसला न्या. बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षे.अदालतको इन्साफमा चित्त नबुझी पुनरावेदक वादी राजेन्द्रप्रसाद वर्नवालले यस अदालतमा पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनबाट पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत जालसाजी मुद्दाको संक्षिप्त विवरण यस प्रकार छन् । २. विपक्षी शशीभूषणसँगको अंश मुद्दामा वीरगञ्ज पशुपति आर्दशनगरको ०–०–१० जग्गा श्रीमतीको दाइजो पेवाको जग्गा भनी विपक्षीहरूले मेरो अंश मार्न दाइजो पेवाको रुपैयाँ घरसारमा विपक्षी महेश्वरले बुझी लिए भनी झुठ्ठा व्यहोरा लिखतमा लेखी लेखाई जालसाज गरेकोले विपक्षीहरूलाई सजाय गराई पाउँ भन्ने समेत राजेन्द्रप्रसादको फिराद । ३. वादीले दावी लिनुभएको जग्गा मेरो पिताले दिनुभएको दाइजो पेवाको रुपैयाँ र इष्टमित्रहरूबाट पाएको रुपैयाँ समेत गरी जग्गा खरीद गरेको छु । सगोलको सम्पत्तिबाट खरीद गरेको र जालसाज गरेको होइन फिराद खारेज हुनुपर्ने भन्ने प्र.दमयन्तीदेवीको प्रतिउत्तर । ४. मेरो श्रीमती दमयन्तीले आफ्नो दाइजो पेवाबाट जग्गा खरीद गरेकी हुन् । सगोलको आर्जनबाट खरीद गरेको नहुँदा हामीले जालसाजी गरेको होइन भन्ने समेत शशीभूषण समेतको प्रतिउत्तर । ५. वादीले दावा लिएको उक्त कार्य जालसाजीको परिभाषाभित्र पर्ने देखिन नआएको र ०२८ सालमा पास भएको राजीनामाको लिखितका हकमा जालसाजीमा उजूर गर्ने हदम्याद ०३६ साल सम्म रहन्छ भन्न पनि नमिल्ने भएकोले समेतबाट वादी दावा खारेज हुने ठहर्छ भनी पर्सा जिल्ला अदालतले गरेको फैसला रहेछ । ६. घर जग्गा सगोलबाट खरीद गरी भोगी आएकोमा लिखत नक्कल सारी लिँदा जालसाज गरेको थाहा पाई लिखतको नक्कल सारी लिएको मितिले २ वर्षभित्रै परेको फिराद खारेज गर्ने गरेको शुरू पर्सा जिल्ला अदालतको फैसलामा चित्त बुझेन भन्ने समेत वादी राजेन्द्रप्रसादको पुनरावेदन । ७. सगोलको आर्जनबाट खरीद भएको भन्ने सबूतको अभावमा अंश दर्ता बदर मुद्दा वीरगञ्जको ०–०–१० जग्गा दमयन्तीदेवीको दाइजो पेवा कायम गरी शुरूले गरेको फैसला मनासिव ठहरी यसै बेञ्चबाट फैसला भएको र त्यस्तो दमयन्तीदेवीको दाइजो पेवाको सम्पत्ति सगोलको आर्जनको सम्पत्तिलाई दाइजो पेवाको सम्पत्ति गराउन जालसाज गरे भन्ने वादी दावी पुग्न सक्ने नदेखिँदा वादीको फिराद दावी खारेज हुने ठहराएको शुरूको इन्साफ मनासिव छ भनी मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला । ८.