निर्णय नं. २१८१ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१८१ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: फागुन अंक: ११ फैसला मिति :२०४१/११/११ २३५० निर्णय नं. २१८१ ने.का.प. २०४१ अङ्क ११ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको रि.नं. २००२ विषय : उत्प्रेषण निवेदक : जि.बर्दिया सोरहवा गा.पं. वा.नं. २ बस्ने कृष्णबहादुर लोहार विरूद्ध विपक्षी : जग्गा बिक्री वितरण छानविन आयोग बर्दियाको हाल श्री ५ को सरकार भूमि सुधार मन्त्रालय सिंहदरबार जि. बर्दिया सोरहवा गा.पं. वा.नं. २ बस्ने पूर्ण चन्द्र शर्मा आदेश भएको मिति : २०४१।११।११।५ मा § हक स्वामित्वमा बाधा पर्ने गरी अनुपस्थितिमा गरेको जग्गा बिक्री वितरण छानविन आयोग बर्दियाको जग्गाजफत गर्नेगरेको निर्णय प्राकृतिकन्याय सिद्धान्तको बिपरीत हुने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान अधिबक्ता श्री यादव प्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिबक्ता श्री भैरव प्रसाद लम्साल उल्लेखित मुद्दा : x आदेश न्या. बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा मिति ०४०।११।१६ मा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छन् । २. जि.बर्दिया सोरहवा गा.पं. वार्ड नं. २ कि.नं. ५४५ को ज.बि. २–०–० जग्गा बिक्री वितरणमा पाई सालसालै मालपोत बुझाउँदै जग्गा भोग चलन गरी आएको जग्गाको धनी प्रमाणपूर्जा लिन भूमिसुधार शाखा बर्दियामा जाँदा मेरो जग्गा जफत र बिक्री वितरणमा दिने गरेको सूचनाको नक्कल मिति ०४०।१०।२६ मा लिँदा थाहा हुन आयो । मलाई बुझ्दै नबुझीकन मेरो हक भोगको तिरोको जग्गा विपक्षी आयोगले ०३०।९।२२ को निर्णयले जफत गर्ने गरी ०३०।११।५ मा निर्णय भएको भन्दै विपक्षी आयोगले विपक्षी पूर्णचन्द्र शर्मालाई दिने गरेको निर्णय प्राकृतिक न्यायको सिद्धान्तको प्रतिकूल भई बदरभागी छ । अ.बं. १०२, १०४, ११०, १२८ नं. समेतको प्रत्यक्ष त्रुटि गरी गरेको निर्णयले मेरो हकमा आघात पुर्याएकोले उत्प्रेषणको आदेश जारी गरी विपक्षी आयागले मिति ०३०।९।२२ मा जफत गर्ने गरेको निर्णय र ०३०।११।५ मा जग्गा बिक्री वितरण गरेको निर्णय बदर गराई मेरो हकको प्रचलन कायम गराई पाउँ भन्ने व्यहोरा उल्लेख गरी रिट निवेदकले जिकिर लिएको रहेछ । ३. यस अदालतको सिं.बे.को आदेश बमोजिम प्राप्त हुन आएको लिखितजवाफ यस प्रकार छन् । ४. आयोगले जाँचबुझ र तथ्य व्यहोराको सरजमीन समेत गरी मिति ०३०।९।२२ को निर्णयले जफत गरेको सूचना मौकैमा टाँस प्रकाशित गरेको देखिएकोले यति लामो समय पछि रिट निवेदन दर्ता गरी थाहा पाइँन भन्नु सरासर झुठ्ठा देखिएको हुँदा रिट निवेदन विलम्बको सिद्धान्तको आधारमा खारेज हुनुपर्छ भन्ने व्यहोराको हाल भू.सु.मन्त्रालयको लिखितजवाफ । ५. पूर्णचन्द्र शर्माको नाममा रीतपूर्वकको म्याद तामेल भए पनि लिखितजवाफ प्राप्त हुन नसकेको । ६. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा रिट निवेदकको तर्फबाट विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल र विपक्षी भू.सु.मं. समेतको तर्फबाट खटी उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालको बहस जिकिर समेत सुनियो । ७. प्रस्तुत रिट निवेदनमा रिट निवेदकको माग बमोजिमको आदेश जारी हुने नहुने के रहेछ निर्णय दिनुपरेको छ । ८. यसमा हाल आवादी जग्गा वास्तविक जोतकोड गर्ने व्यक्तिको नाउँमा दर्ता भए गरेको हो होइन भन्ने कुराको तथ्य पत्ता लगाउने प्रकृया पूरा गर्न जग्गा दर्तावालालाई रोहवरम