निर्णय नं. २८४९ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८४९ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: पौस अंक: ९ फैसला मिति :२०४३/०९/१० २०९३ निर्णय नं. २८४९ ने.का.प. २०४३ अङ्क ९ संयुक्तइजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको रिट नं. १९३७ आदेश भएको मिति : २०४३।९।१०।५ मा रिट निवेदक : केडीया कागज उद्योग लिमिटेडका तर्फबाट ऐ.का सञ्चालक जि. पर्सा वीरगञ्ज नगर पञ्चायत वार्ड नं. ७ बस्ने शंकरलाल केडीया विरुद्ध प्रतिरक्षी : श्री ५ को सरकार उद्योग मन्त्रालय, उद्योग विभाग, त्रिपुरेश्वर, काठमाडौं मुद्दा : उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) उद्योग नै संस्थापित भई नसकेको विषयमा कम्पनी ऐन, २०२१ आकर्षित हुने देखिँदैन किनभने कुनै पनि संस्थापित कम्पनी खारेज गर्ने सम्बन्धमा मात्र यो ऐन प्रयुक्त हुने । (प्रकरण नं. ८) (२) औ.प्र.समितिले इजाजत पत्र रद्द गर्न सिफारिश गर्न सक्ने कानुनी व्यवस्था भएको पाइँदैन । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास, विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह फैसला न्या.बब्बरप्रसाद सिंह : नेपालको संविधान २०१९ को धारा १६।७१ बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यसप्रकार रहेछ । २. उद्योग विभागको मिति ०३३।१।९ को पत्रबाट रु.३,५०,००,०००।– को स्थिर पूँजी भएको कागज उद्योग स्थापना गर्ने इजाजत प्रदान गरिएको थियो । सो इजाजत पत्रको शर्त अनुसार इजाजत पाएको मितिको म्यादभित्रै पाँच करोड तिस लाख अधिकृत पूँजी र एक करोड ६ लाख जारी पुर्जी भएको प्रस्तुत उद्योग स्थापना गर्न पाउँ भनी दर्खास्त गर्दा मिति ०३५।२।१०।३ का दिन लिमिटेड नम्बर १११।०३५ मा पब्लिक लिमिटेड कम्पनी दर्ता भयो । लिमिटेडमा दर्ता भएपछि कारखाना स्थलका लागि जग्गा खरीद गरी भवन पनि निर्माण गरी सकेको छ । कारखानाको लागि चाहिने मेशिनहरू समेत कारखाना स्थलमा पुगी सकेका छन् । कारखानाका लागि चाहिने प्राविधिक र प्रशासकीय कर्मचारीहरू नियुक्ति भई कार्यालयहरु समेत सञ्चालन हुन थाली सकेका छन् । यन्त्र तथा उपकरणको खरीद सन्दर्भमा मिति २०४०।३।२३ का दिन यू.एस. डलर सोर्ह लाख पैंतीस हजार दुई सय चौहत्तरको यन्त्र तथा उपकरणहरू खरीद गर्न आयात इजाजत पाउन वाणिज्य विभागको नाउँमा सिफारिश गरी पाउँ भनी कोटेशन समेत राखी विभागमा निवेदन चढाएको । कम्पनीले पूँजी आफ्नो श्रोतबाट बढाउने उद्देश्यले कम्पनीको कारखाना निर्माण कार्य पूरा भई उत्पादन प्रारम्भ नभएसम्मका लागि विदेशबाट पेपरइन क्वाइल झिकाई त्यसलाई आवश्यक साइजमा उत्पादन गरी बिक्री गर्न निमित्त इजाजत पाउन योजना विभागमा पेश गरेको । कम्पनीले पेश गरेको सो योजना अनुसार आयात इजाजत दिन नमिल्ने भनी विभागले मिति ०३९।१२।८ को पत्रबाट जवाफ पठाएको हुनाले सो योजनाको प्रकरण समाप्त भएको । मिति ०४०।३।२३ को मेशीनरी आयात गर्न निमित्त सिफारिश पाउन चढाएको निवेदनमा कुनै कार्यवाही नभएकोले पुनः ०४०।४।२४ मा एस.फेमजी एण्ड कम्पनी लिमिटेड हङकंगबाट प्राप्त भएको कोटेशन र सम्झौता पत्र समेत राखी पूर्वपत्रानुसार यन्त्र तथा उपकरणहरू आयात गर्न बाणिज्य विभागको नाउँमा सिफारिश पाउन निवेदनपत्र चढाएको । यसरी यन्त्र तथा उपकरण आयातका लागि पटक पटक निवेदन दिँदा दिँदै र विदेशी निर्यात कर्तासंग मेशीनरीहरू खरीद गर्ने सम्बन्धमा सम्झौता समेत भइसकेको