निर्णय नं. २१८२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २१८२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: फागुन अंक: ११ फैसला मिति :२०४१/११/०३ २३४३ निर्णय नं. २१८२ ने.का.प. २०४१ अङ्क ११ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको रिट नं. २१८३ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : जि.रौतहट गौर गा.पं. वडा नं. ७ बस्ने सत्रुघनलाल दास समेत विरूद्ध विपक्षी : भूमिसुधार अधिकारी भूमिसुधार कार्यालय गौर जि. रौतहट गौर गा.पं. वा.नं. ७ बस्ने गफुर मियाँ धुनिया आदेश भएको मिति : २०४१।११।३।५ मा § विवादको कित्ता जग्गा आफ्नो बाबु बाजेका पालादेखि मोहीमा नकमाई भोग लखबन्धक रहे भएको अवस्था लखबन्धक साहुबाट कमाउन पाएको देखिँदा भोगबन्धकी दिनुभन्दा अगावैदेखि विवादको कित्ता जग्गा मोहीमा कमाएको भन्ने स्थिति रहेन । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री जयकान्तलाल दास विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार सिंह र विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी उल्लेखित मुद्दा : x आदेश न्या. त्रिलोकप्रताप राणा : प्रस्तुत रिट निवेदनपत्र नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यस प्रकार छ : सम्वत् १९६८ सालमा नापी हुँदा मौजे पुरेनवा गुठीको कि.नं. १५८४ अंकुर सो दक्षिण पश्चिम १–०–० बिगहा रत्नपतिलालको पिता निरसलालको नाउँमा नापी भएको थियो । पिताको स्वर्गवास भएपछि सम्वत् १९९८ सालमा मेरो नाउँमा उल्लिखित जग्गा समेत नामसारी दर्ता भई मैले भोग गरी आएकोमा ०१४।६।३।५ का दिन केदार साहुलाई २४९ मा रजिष्टर गराई भोगबन्धकी लेखी दिएको थियो । सोही जग्गा केदार साहुले ७४६ मा रजिष्टर गराई लक्ष्मीमाया सुवालनीलाई २०१८।१०।२३।२ मा लखबन्धकी लेखी दिनुभएकोमा २०३७।३।२५ का दिन निखनी लिएँ । सर्भे नापी हुँदा उल्लिखित जग्गा रौतहट पुरेनवा गा.पं. वा. नं. ४को कि.नं. ४४० को ०–१६–५ धुर कायम गरेकोमा हामी निवेदकहरूका बीच रजिष्ट्रेशन गराई अंशबण्डा हुँदा कित्ता फोर्ड भई कायम हुन आएको कि.नं. ७६६ मा ०–८–३ धुर रत्न पतिको नाउँमा र कि.नं. ७६७ मा ०–८–२ धुर कमलाकान्त, सत्रुघनलाल र बलभद्रको नाउँमा संयुक्त दर्ता कायम हुन आएको लक्ष्मीमाया सुवालनीको भोग रहेको अवस्थामा भू.सं. ऐन, २०२१ लागू हुँदा भोगबन्धकीबाट मोही जोत्न पाएको व्यहोरा जनाई १ नं. अनुसूची भराई २ नं. प्रकाशित भई ४ नं. जो.अ.नि. समेत पाएको मैले ०३७।३।२५ मा भोगबन्धकीबाट जग्गा निखनी लिएको हुनाले आफ्नो जोत पोतमा रहेको जग्गा लखबन्धकी लिनेले मोही कायम गराई दिएको हुनाले ऐनको दफा २५(३) अन्तर्गत मोही लगत कट्टा गरी पाउँ भनी निवेदन दिएँ । प्रतिरक्षीले जीवनकालदेखि जोती आएको हुनाले मोही लगत कट्टा हुने होइन भनी मुद्दा प्रतिवाद गरेको केदार साहु बुझ्दा हामीहरूले र निज केदार साहुले भोगी आएको भनी कागज गरी दिनुभएको भू.सु.अ.ज्यूले सम्बद्ध गा.पं. मा सरजमीन नगराई लाग दावी नै नभएको व्यक्तिको भर्पाई समेतको आधारमा मोही लगत कट्टा नहुने भनी ०४०।१२।२१ मा निर्णय गर्नुभयो । जहाँसम्म प्रतिरक्षीले पेश गरेको २००८।१०।१० र २०११।७।२० को श्री भगवान साहुको भर्पाइलाई निर्णयार्थ बनाएको छ त्यसको हकमा विचार हुने हो भने उल्लिखित जग्गा १९९८ सलामा नापी हुँदा चारकिल्ला उल्लेख भई कि.नं. १५८४ को कित्ता कायम भएको र बाबु बाजेको शेषपछि १९९८ सालमा रत्नपतिको नाउँमा नामसारी दर्ता भई अंश बण्डाबाट कित्ता फोर्ड भए ब