निर्णय नं. २१८३ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१८३ - कर्तव्य ज्यान भाग: २६ साल: २०४१ महिना: फागुन अंक: ११ फैसला मिति :२०४१/११/१७ २३८६ निर्णय नं. २१८३ ने.का.प. २०४१ अङ्क ११ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको फौ.पु.नं. ४५४ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक/वादी : जोगबुडा गा.पं.को जाहेरीले वादी श्री ५ को सरकार विरूद्ध विपक्षी/प्रतिवादी : जोगबुडा गा.पं.अन्तर्गत जोगबुढा बस्ने नैनसिंह धामी समेत फैसला भएको मिति : २०४१।११।१७।५ मा § आफैं यकीन नभएको लास जाँच मुचुल्काको संदिग्ध लेखाइको आधारमा घाँटीमा देखिएको प्वाल गोलीकै हो भन्ने स्थिति रहेन । (प्रकरण नं. २८) पुनरावेदक वादी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारप्रसाद शर्मा विपक्षी प्रतिवादी तर्फबाट : x उल्लेखित मुद्दा : x फैसला न्या. त्रिलोकप्रताप राणा : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले डडेलधुरा जिल्ला अदालतले सफाई दिने गरेको फैसला मनासिव ठहर्छ भनी गरेको फैसला उपर वादी श्री ५ को सरकारको यस अदालत समक्ष पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. रंगुन खोला वारपार गर्ने मानिसबाट सो खोलामा मानिसको लास भएको सुनी हेर्दा लास देखिएकोले तहकिकात गरिपाउँ भन्ने समेत जोगबुडा गा.पं.को जाहेरी । ३. सो लास मेरा कान्छा बाबुको छोराको हो भन्ने समेत दले धामीको सनाखत कागज। ४. मर्ने देबु धामी चरेश बोकी रंगुन खोला तर्फ लाग्दा लछी राई समेतले बन्दूकको गोली हानी निजको मृत्यु भएको हो कि कस्को कर्तव्यबाट मारेको हो थाहा छैन भन्ने व्यहोरा समेतको प्र.म.दानबहादुर समेतको सरजमीन मुचुल्का । ५. २०३७ भाद्र २४ गते मर्ने समेतको ८ जवान मेरा घरमा बसी भोलिपल्ट गाई बाधे भन्ने ठाउँ सम्म पुर्याई दिनु पर्यो भनी म सावा गएको रंगुन खोला तर्दा खैरेनी झालबाट कमानसिंह मगर समेत ३ फायर बन्दूक चलाउँदा देवु धामी मरे भनी कराएको थिए । म भागी आएँ भनी कालु धामीले मलाई महेन्द्रनगरमा भनेकोले निजहरूले नै कर्तव्य गरी मारेको हुनुपर्छ भन्ने समेत दले धामीको कागज । ६. देबु धामीसँग रू. ३५००। र चरेश समेत लुटी लिने उद्देश्यबाट रंगुन खोला तर्दा कमान सिंह थापा, माइलो मगर लछी राई समेतले बन्दूक फायर गर्दा देबु धामीको मृत्यु भई निजहरूले माल समेत लुटी लगेका हुन् भन्ने समेत कालु धामीको कागज । ७. रंगुन खोला तर्दा मानिस निजहरूसँग भएको मालसामान समेत लुटी लगेको कुरा कालुले भनेकोले सुनेको हुँ भन्ने समेत लालबहादुर थापाको कागज । ८. ७ जना उपर उजूर छ तापनि सो बाहेक प्रहरी चौकीका प्र.ह.तेजनारायण समेतका प्रहरी ४ समेतले दाजु देब धामीलाई मार्नमा सरिक हुन भन्ने वीरे धामीको श्री ५ महाराजाधिराजमा चढाएको बिन्तिपत्रको बोधार्थ । ९. ०३७।५।२४ गते प्र.तेजनारायण समेतले बझाङबाट चरेश आउँदैछ भनी सोद्धा चरेश व्यापारी धनबहादुरका घरमा बास बसेको कुरा थाहा पाएको म माइला मगर र प्र.द.तेजनारायण समेत रंगुन घाट बगरमा गई बस्यौं राति अं. १० बजेतिर बझांगीहरूले ९ डोका माल वारी तराए सो डोका हामीमध्येकै मानिसले २ डोका अन्तै लुकाए । पुनः माल तराउन भनी मानिस खोला बीचमा पुगेको मानिस बगी गयो भनी पारी तिरबाट वरबहादुरको आवाज सुने वारी पारी हल्ला भो पारी तिरबाट एक फायर गर्दा सो फायर पारी प्रधानपञ्चको थियो भन्ने सुनेको थिएँ भन्ने समेत नरबहादुरको कागज । १०. चस्मदिद गवाह कालु धामीको बकाई लास मुचुल्का सरजमीनका व्यक्तिले झंगु धामी समेतले चरेश लि