निर्णय नं. २८५० - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८५० - कर्तव्य ज्यान भाग: २८ साल: २०४३ महिना: पौस अंक: ९ फैसला मिति :२०४३/०९/१५ ३३३४ निर्णय नं. २८५० ने.का.प. २०४३ अङ्क ९ संयुक्तइजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको फौ.पु.नं. ४१० फैसला भएको मिति : २०४३।९।१५।१ मा पुनरावेदक/वादी : ठग्गु थारुका जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि.ब.मानसुरखाटा गा.पं.वार्ड नं. ३ बस्ने सूर्यलाल चौधरी मुद्दा : कर्तव्य ज्यान (१) आफूलाई कुटपिट गर्न लागेकोबाट तत्काल उठेको रिस थाम्न नसकी साधारण कटबाँसको लाठीले पिटेकोबाट मृत्यु भएको भन्ने देखिन आएकोले मुलुकी ऐन ज्यानसम्बन्धीको १४ नं.बमोजिम १० वर्ष कैद गर्ने गरेको इन्साफ मनासिब ठहर्छ । (प्रकरण नं. २५) पुनरावेदक/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह फैसला न्या.पृथ्वीबहादुर सिंह : म.प.क्षे.अ.को फैसला उपर श्री ५ को सरकारको पुनरावेदन गरी पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा संक्षेपमा यसप्रकार रहेछ । २. ०३९ साल चैत्र १० गते बेलुका प्र.सूर्यलाल चौधरीले थारुलाई आफ्नै घरमा कुटपिट गरी मारी लाश लुकाई राखेको छ भन्ने गाउँमा हल्ला भएकोले निज सूर्यलाललाई पक्राउ गरी कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने गा.पं.स. भिमसेन विश्वकर्माको मिति ०३९।१२।१२ को निवेदनपत्र । ३. यसै लाठीले कुटपिट गरी मारेको हुँ भनी प्र.सूर्यलाल चौधरीले लुकाई राखेको कटबाँसको लाठी दाखिल गरेको ठीक हो भन्ने मिति ०३९।१२।१३ को बरामदी मुचुल्का । ४. सूर्यलाल चौधरीले यही चैत्र १० गते राती मेरा काका तेज थारुलाई आफ्नो घरमा कुटपिट गरी मारी परालले छोपी फालेको रहेछ । सोधपुछ गर्दा मैले मारी फालेको छ भनी लाश देखाएकोले निजलाई कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने ठग्गु थारुको मिति ०३९।१२।१३ को जाहेरी दर्खास्त । ५. प्र.सूर्यलाल चौधरीको घरमा भित्ता देहरी र जमीनमा ठाउँ ठाउँमा रगत लागेको मृतक तेज थारुको चप्पल र रगत लागेको बेत भेटिएको र सो घरदेखि ३६ हात पश्चिम साँढे तीन फिट गहिरो खाल्टोमा परालले छोपेको लाश भेटिएको, लाश निकाली हेर्दा कपालमा घाउ भई रगत आइरहेको, खुट्टाको नलीमा घोचेको घाउ भएको र अन्य ठाउँमा पनि घाउ र नील डाम समेत भएको भन्ने लाश प्रकृति मुचुल्का । ६. म उदयपुरबाट रक्सी खाई आएकै बखत तेजु थारु कहाँबाट आई सुजिया साले गधा कहाँ छस् आइज नपिटी छाड्दैन भनी गाली गलौज गर्न थालेको म बाहिर आई किन गाली गर्छौ भन्ना साथै मेरो घोक्रामा समातेकोले मलाई रिस उठी मैले कठबाँसको लाठीले निजका अड्डमा बेसरी कुटपिट गर्दा बेहोश भई एकै छिनपछि मरेकोले सन्दकमा फाली पराल हालिदिएको भन्ने समेत प्र.सूर्यलालको प्रहरीमा भएको कागज । ७. तेजु थारुसंग झगडा गर्दा रिस उठी तेजु थारुलाई मैले लठ्ठीले कुटपिट गर्दा मर्न गएको हो भनी प्र.सूर्यलालले लाश समेत देखाएकोले निज सूर्यलालले नै तेजु थारुलाई मारेको पूरा विश्वास लाग्छ । अरु कसैमाथि शंका लाग्दैन भन्ने समेत सरजमीन मुचुल्का । ८. संकलित सबूद प्रमाणबाट प्र.सूर्यलाल चौधरीले तेजु थारुलाई कुटपिट गरी ज्यान मारेको सिद्ध हुनआएकोले निज सूर्यलाल चौधरीलाई ज्यानसम्बन्धी १३(३) बमोजिम सजायँ गरी पाउँ भन्ने प्रहरी प्रतिवेदन । ९. तेजु थारुलाई मैले मारेको होइन, तेजु थारुलाई मारेको हो भने छुट्टि पाउँछस् भनी प्रहरीले मलाई भनेकोले मैले मारेको हुँ भनी प्रहरीमा साविती बयान गरेको हुँ मेरो घरमा रगतको छिटा थिएन, बरामत गरेका लाठी मेरा होइनन् । चप्पल कहा