निर्णय नं. २१८४ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१८४ - अंश भाग: २६ साल: २०४१ महिना: फागुन अंक: ११ फैसला मिति :२०४१/११/१७ २५३७ निर्णय नं. २१८४ ने.का.प. २०४१ अङ्क ११ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको दे.पु.नं. ५०४ मुद्दा : अंश पुनरावेदक/वादी : का.जि.का.न.पं. वडा नं. २७ त्यौड चमाननी बस्ने मंगलदास डंगोल विरूद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने न्हुछेमाया डंगोलनी फैसला भएको मिति : २०४१।११।१७।५ मा § जुनबेलादेखि संशोधित अंशबण्डाको १८ नं. लागू भएको छ सोही समयदेखि संशोधित अंशबण्डाको १८ नं. बमोजिम कसैबाट निजी तवरले बकस पाएको सम्पत्ति अन्यथा प्रमाणित नभएमा निजी हुने । (प्रकरण नं. १३) पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल विपक्षी प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लेखित मुद्दा : x फैसला न्या. त्रिलोकप्रताप राणा : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. पिता नारायणदासको २ पत्नीमा जेठीतर्फका छोरा विपक्षीका पति रामप्रसाद र कान्छी तर्फको छोरा म मंगलदास हुँ । पिता माता परलोक भइसक्नु भयो । घरको व्यवहार रामप्रसादले गरी आउनु भएको २००८ साल चैत्रमा मानु छुट्टी हाल नापीमा कायम भएको कि.नं. ११७० को घरमा म र ११६८ मा दाजु रामप्रसाद बसी आउनु भएको रीतपूर्वक बण्डा भएको थिएन । ०२९ सालमा रामप्रसाद परलोक भएपछि ०३६ साल मार्ग १५ गते प्रमाणका मानिस लिई रीतपूर्वक अंश गरी दिनुहोस् भन्दा नदिएकोले २००८ साल चैत्र मसान्तमा मानु छुट्टिएको मिति कायम गरी विपक्षीबाट तायदाती लिई २ भागको १ भाग अंश दिलाई पाउँ भन्ने वादी मंगलेदासको फिरादपत्र । ३. मेरा पति रामप्रसादलाई कान्छी डंगोलनीले २००२ सालमा शेषपछिको बकसपत्र गरी दिएबाट हक हुन आएको का.जि.त्यौड चमाननीको घर हात लागी गर्न सक्छ कि भनी झुठ्ठा उजूर गरेको मात्र हो । विपक्षीको पुर्खाको कुनै सम्पत्ति हैन मैले अंश दिनुपर्ने होइन । अचल सम्पत्ति नहुनेले बण्डा गर्नपर्ने ऐनमा व्यवस्था छैन । विपक्षीको झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेतको प्रतिउत्तर । ४. वादी प्रतिवादी अंशियार हुन् भन्ने कुरामा विवाद देखिएन । वादीले पूर्वावस्थामा अंश पाएको प्रमाण मिसिलमा देखिँदैन । अंशबण्डाको १८ नं. संशोधन हुनुभन्दा अघि बकसपत्रको सम्पत्ति पनि अंशबण्डा हुने व्यवस्था थियो । बकसपत्र २००२ सालको हुँदा वर्तमान अंशबण्डाको १८ नं. कार्यान्वित हुन नसक्ने हुँदा बकसपत्रबाट सो वादी भए पनि वादी प्रतिवादीमा अंश लाग्ने सम्पत्ति देखिन्छ । तायदाती बमोजिमको घरबाट आधा घर वादीले अंश पाउने ठहर्छ भन्ने का.जि.अ.को फैसला । ५. उक्त फैसलामा चित्तनबुझी प्र.न्हुछेमायाको बागमती अञ्चल अदालतमा पुनरावेदन परेको । ६. यो घर प्रतिवादीका जिकिर अनुसार शेषपछिको बकसपत्रबाट प्राप्त भएको भए रामप्रसादले परिणत दर्ता बकसपत्रको उल्लेख गर्नुपर्नेमा निस्साको हकमा केही छैन भनी उल्लेख गरेकोले सगोलको बण्डा लाग्ने सम्पत्ति देखिएको समेत कारणबाट वादीले अंश पाउने हुँदा शुरूको फैसला मिलेकोले पुनरावेदन जिकिर पुग्न नसक्ने ठहर्छ भन्ने बा.अं.अ.को फैसला । ७. बा.अं.अ.को उक्त फैसलाउपर प्रतिवादीको मध्यमाञ्चल क्षे.अदालतमा पुनरावेदन परेको । ८. यिनै पक्ष विपक्षको दर्ता बदर गरिपाउँ भन्ने मुद्दामा आजै भएको फैसलाबाट दावीको घर बकस भित्रकै ठ