निर्णय नं. ९१५६ - उत्प्रेषण/परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९१५६ - उत्प्रेषण/परमादेश भाग: ५६ साल: २०७१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७१/०१/२१ ४३९१ सर्वोच्च अदालत, संयुक्त इजलाश माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल आदेश मिति : २०७१।१।२१।१ ०६६–WO–११४६ विषयः उत्प्रेषण/परमादेश । निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १ स्थित लुम्बिनी बैङ्क लिमिटेडको तर्फबाट अख्तियारप्राप्त ऐ. का प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्त विरूद्ध विपक्षी : मालपोत कार्यालय, चावहिल, काठमाडौंसमेत § बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ को दफा ५६(३) र (४) तथा मालपोत ऐन, २०३४ को दफा ८ख.(३) समेतमा रहेको कानूनी व्यवस्था अनुसार बैङ्क तथा वित्तीय संस्थाले कुनै व्यक्ति संस्था वा निकायबाट धितो लिई ऋण प्रवाह गरेमा त्यस्तो धितो कुनै व्यहोराले अन्यत्र हक हस्तान्तरण हुन नसक्ने गरी रोक्का राख्न सम्बन्धित कार्यालयमा लेखी पठाउन सक्ने र बैङ्क वा वित्तीय संस्थाले त्यसरी रोक्का राख्नका लागि लेखी पठाएपछि रजिस्ट्रेशन, दाखिल खारेज गर्ने निकायले रोक्का राखी दिनुपर्ने बाध्यात्मक कानूनी व्यवस्था रहेको । (प्रकरण नं. ८) § एउटा प्रयोजनका लागि रोक्का राखिएको सम्पत्ति सो प्रयोजन समाप्त नभई अर्को प्रयोजनका लागि पुनः रोक्का राख्दा पहिले रोक्का राखिएको प्रयोजन नै निरर्थक वा प्रयोजनहीन हुने गरी दोहोरो रोक्का राख्न नहुने । (प्रकरण नं. ९) § मालपोत ऐन, २०३४ को दफा ८ख.बमोजिम रोक्कासमेत राखेकोमा बैङ्कको ऋण चुक्ता नगरेको कारणले बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ बमोजिम लिलाम बिक्री गर्नुपूर्व मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको पत्रबाट सोही घर जग्गा पुनः रोक्का राखिएको देखिँदा त्यसरी दोहोरो रोक्का राख्ने कार्य मालपोत ऐन, २०३४, बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ र माथि उल्लिखित मुद्दामा यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल देखिने । (प्रकरण नं. ११) § निवेदक बैङ्कले बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ को दफा ५७(४)बमोजिम लिलाम सकार गर्ने सुनिलभक्त श्रेष्ठका नाउँमा दाखेल खारेज गरी दिन लेखी पठाई सकेपछि दाखिल खारेज गर्ने अधिकारप्राप्त निकाय मालपोत कार्यालय, चावहिलले दफा ५७(५) बमोजिम दाखिल खारेज गर्नुपर्ने हुन्छ । तर सोबमोजिम नगरी मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको मिति २०६६।९।१४ को पत्रानुसार रोक्का रहेको भनी लिलाम सकार गर्ने व्यक्ति सुनिलभक्त श्रेष्ठका नाउँमा दाखिल खारेज गर्न इन्कार गर्ने विपक्षी मालपोत कार्यालय, चावहिलको कार्य मालपोत ऐन, २०३४ तथा बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ अनुकूल नदेखिने । (प्रकरण नं. १२) § यसरी निवेदकले ऋण प्रवाह गर्दा विद्यालयबाट लिएको धितो लिलाम गरी दुबै बैङ्कको ऋण चुक्ता गर्नमा निवेदक बैङ्क, विपक्षी विद्यालय र शिक्षा मन्त्रालय तथा नेपाल राष्ट्र बैङ्कसमेत सहमत नै रहेको स्थितिमा उक्त धितो राखेको घर जग्गा फुकुवा गरी निवेदक बैङ्कले लिलाम गरेअनुसार लिलाम सकार गर्ने व्यक्तिका नाउँमा दाखिल खारेज गर्दा निवेदक र विपक्षी कसैलाई पनि मर्का पर्ने वा क्षति हुने वा कानूनी अधिकार हनन्‌ हुनेसमेत नदेखिने । (प्रकरण नं. १४) § निवेदक बैङ्कबाट विपक्षी विद्यालयले लिएको कर्जा भाखाभित्र नतिरेकोले बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ को दफा ५७बमोजिम लिलाम बिक्री गर्दा सबै भन्दा बढी रकम कबुल गर्नेका नाउँमा दाखिल खारेज गर्न मालपोत कार्यालयमा पठाएकोमा विपक्षी