निर्णय नं. ४६७९ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४६७९ - अंश भाग: ३५ साल: २०५० महिना: बैशाख अंक: १ फैसला मिति :२०४९/०९/०९ ५३३४ निर्णय नं.– ४६७९ ने.का.प. २०५० (क) अङ्क १ पूर्ण इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल सम्वत् २०४६ सालको दे.पु.इ.नं.– ७५ फैसला मिति :– २०४९–९–९ बिन्तिपत्रवाला/प्रतिवादी : जि. वारा गन्ज भवानीपुर गा.वि.स. वार्ड नं. ८ बस्ने मिश्रीलाल शाह कानू । विरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने मटुक शाह कानू । मुद्दा :– अंश । (१) लिखतबाट चल र अचल वण्डा भएको भन्ने देखिए पनि अचल वण्डा हुन लिखत पास हुन पर्ने, सो नभएमा दाखेल खारेज नामसारी भोग तिरो हुनुपर्ने, सो लिखतमा बांकी अचल सम्पत्ति के कुन हो, ती सम्पति शेखपोख मिलाई वण्डा भएको भन्ने कुरा खुलाउन नसकेकाले उक्त लिखतका आधारमा अचल सम्पत्ति वण्डा भएको भन्न अंशवण्डाको ३० नं. को पूर्व शर्त पालित भएको नदेखिने । (प्र.नं. १३) (२) लिखत पास नगरेको भन्नेसम्म फिरादमा उल्लेख गरेको देखिंदा चल सम्पति वण्डा गर्नको लागि पास गर्न नपर्ने हुंदा लिखत भएको मुख मिलेको अवस्था समेत हुंदा वण्डा भएको मात्र मिल्ने नै देखिन आउने । (प्र.नं. १४) (३) वण्डा भन्नाले चल वा अचल दुवै वा कुनै एक प्रकारको सम्पत्ति अंशियार बीच वांडिएकोलाई जनाउने । (प्र.नं.१५) (४) जुनसुकै प्रकारको वण्डा भएपछि मानो पनि स्वतः त्यसै वखत देखि छुटिने हुन आउंछ । किनकि वण्डा कार्यभित्र मानो छुट्टिने कार्य पनि स्वतः अन्तरभूत हुन आउंदछ । मानो मात्र छुट्टिएर सम्पत्ति बण्डा नगरिरहन सक्दछ तर वण्डा गरी मानो नछुट्टिइ रहन नसक्ने । (प्र.नं.१५) (५) चल सम्पत्ति वण्डा भएको वा मानो छुट्टिएको मिति यो हो भन्ने र सो कुरा प्रमाणित गर्न आधार नभएकाले लिखत भएका मितिलाई नै मानो छुट्टिएको मान्नु पर्ने युक्तिसंगत हुन आउंदछ । (प्र.नं.१५) (६) लिखतमा हामीहरूको एकासगोलमा बस्न चित्त नमिली कलह झगडा भइरहने गरेको भन्ने उल्लेख हुँदा सो लिखत मानो छुट्टिई अलग बस्ने तात्पर्यले भएको भन्ने देखिन आउने । (प्र.नं.१५) (७) सगोलमा चित्त मिलेका, कलह झगडा नभएका अवस्थामा बस्ने अवस्था पर्दछ । त्यस्तो अवस्था परेमा पछि वण्डा गर्ने गरी चूलो मानो अलग गरी बस्न सकियोस भनी मानो छुट्टिने सम्बन्धी कानूनी व्यवस्था भएको देखिने । (प्र.नं.१५) (६) मानो छुट्टिएको प्रमाण नभएको अवस्थामा मात्र फिराद परेको अघिल्ला दिन मानो छुट्टिएको मिति कायम गर्ने गरी आएको देखिंदा चलवण्डा भएको लिखत भएको कुरा स्वीकार गरेको, चल सम्पति वण्डा गर्दा लिखत पास गर्ने वाध्यात्मक व्यवस्था नभएको, चलवण्डा भएमा पनि सो हदसम्म वण्डा मान्न पर्ने हुंदा २०२९।१।१७ गते मानो छुट्टिएको मिति कायम हुने ठहर्छ । फिराद परेको अघिल्लो दिन मानो छुट्टिएको ठहर गरेको नमिल्ने । (प्र.नं.१५) (७) मानो छुट्टिएपछि आर्जन गरेको सम्पत्ति बाहेक सो मिति अघिका अचल सम्पत्ति वण्डा हुने । (प्र.नं.१५) विन्तिपत्रवाला तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री शिवानन्द दास सरस फैसला न्या. लक्ष्मण प्रसाद अर्याल १. मिति २०४३।११।३ को सर्वोच्च अदालत संयुक्त इजलासको फैसला पूर्ण इजलासबाट दोहोर्याई हेरी दिनु भनी श्री ५ महाराजधिराजबाट हुकूम बक्सेको छ भनी मौसूफ सरकारको तत्कालीन विशेष जाहेरी विभागबाट लेखी आए बमोजिम पूर्ण इजलासको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प