निर्णय नं. २८५१ - उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८५१ - उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: पौस अंक: ९ फैसला मिति :२०४३/०९/२० २४५३ निर्णय नं. २८५१ ने.का.प. २०४३ अङ्क ९ संयुक्तइजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४३ सालको रि.नं.१६५८ आदेश भएको मिति : २०४३।९।२०।१ मा निवेदक : गा.पं.मधवापुर वा.नं.१ बस्ने फुलदेवी ब्राम्हणीसमेत विरुद्ध विपक्षी : कोशी टप्पु वन्यजन्तु आरक्ष विस्तार व्यवस्था समिति मुकाम कोशी अञ्चलाधीश, मोरङ् विराटनगर विषय : उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) विवादको जग्गाको गुठीयार अर्कै भएको र गुठीको जग्गा निवेदकहरूले आफ्नो नाममा दर्ता गरी मालपोत बुझाई भोगी आएको देखिएबाट गुठी चलाउने दायित्व निवेदकहरूमा रहेको भन्न मिल्ने देखिएन । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंह, विद्वान अधिवक्ता श्री शिवानन्द दाश सरश विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यसप्रकार रहेछ । २. स्वर्गीय श्री ५ महाराजाधिराज सरकारबाट मिति १८९२ साल पौष वदी ११ रोज ४ मा जिल्ला सप्तरीमा चौधरी कृपारामलाई शिवोत्तर गुठी राख्नलाई मधेश जिल्ला सप्तरी प्रगन्ना खलिश्म मौजे बम्मापुरको जिमिदारी मध्ये बाहुली हातको १५० एकपचास विगहा जग्गा विर्ता बकस भएकोमा विर्तावारले उक्त जग्गा मध्ये धेरै जग्गा रैतीहरूबाट मालपोत लिने गरी नम्बरी रैतान बन्दोवस्त गर्दा म फुलदेवीले साविक कि.नं.४ के ज.वि.२९ म शान्तिलक्ष्मी देवीले साविक कि.नं.८ के ज.वि.१९ र म प्रेमकुमारी झाकी आमा उषादेवी ब्राम्हणीले साविक कि.नं.१० के ज.वि.१९ गुठीयार भगवतीप्रसाद चौधरीबाट मालपोत तिर्ने गरी रैतान नम्बरी जग्गा पाएकोमा आमा उषादेवी परलोक भएपछि म प्रेमकुमार झाको नाममा दर्ता भएको जग्गाको विर्ता उन्मूलन ऐन, २०१६ लागू भएपछि विर्तावार गुठीयार भगवतीप्रसाद चौधरी थारु (जि.सप्तरी गा.पं.बरमझिया बस्ने) तथा पटवारी धनेश्वरलाल दास कायस्तले हनुमान नगर मालअड्डामा फाँटवारी दिनु भएका र भूमिसुधार ऐन लागू भएपछि हामीले उक्त जग्गाको ७ नं. फाँटवारी दाखिल गरी सर्भे नापीमा हामीहरूको नाममा २०२१ सालमा दर्ता भई लालपूर्जा पाएको उक्त जग्गा कोशी टप्पु वन्य जन्तु आरक्षको सीमाना भित्र पर्न गएकोले लालपूर्जा पाउनेहरूले जग्गाको सट्टा जग्गा पाउने, अरुले नगदी मुआब्जा पाउने व्यवस्था श्री ५ को सरकारबाट निर्णय भएको कुराको सूचना प्रकाशित भएपछि जग्गाको सट्टा कुशेचोरी, कानेपोखरी बेलबारीमा जग्गा पाउँ भनी म्यादभित्रै ०३५।६।२ मा निवेदन दियौं । जि.सप्तरी (हाल सुनसरी गा.पं.सानेपुरको वा.नं.४(क) को कि.नं.२२ मध्ये १९–०–० म प्रेमकुमार झा, १९–०–० म शान्तीलक्ष्मी देवी तथा २२–०–० विगहा म फुलदेवीको हो भनी स्वामित्व कायम गरी ०३५।११।२२ मा मालपोत कार्यालय सुनसरीले समितिलाई लेखी पठाएको थियो । हामीहरूले पाउने जग्गा मध्ये ४० विगहा जग्गा निजी क्षेत्रको सुनसरी क्याम्पस इनरुवालाई दिने निश्चय गरी हामीले जिल्ला कार्यालय सुनसरी इनरुवामा लेखी दिएपछि सोही व्यहोरा जि.का.सुनसरी श्री ५ महाराजाधिराज सरकारको जुनाफमा लेखी पठाएको र क्याम्पसलाई जग्गा स्वीकार गर्नमा कुनै आपत्ति नहुने भनी त्रिभुवन विश्वविद्यालयले ०३८।१२।२ मा पत्र लेखेको । हदब