निर्णय नं. २१८५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २१८५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: फागुन अंक: ११ फैसला मिति :२०४१/११/०४ २३१६ निर्णय नं. २१८५ ने.का.प. २०४१ अङ्क ११ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको रिट नं. २३३७ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : जि.धनुषा गोविन्दपुर गा.पं. वार्ड नं. ८ बस्ने बिल्टु यादव विरूद्ध विपक्षी : जि.धनुषा सबेला गा.पं. वार्ड नं. ९ बस्ने रामदेवी प्रधानाङ्ग जिल्ला भूमि सुधार कार्यालय धनुषा जनकपुरको भूमि सुधार अधिकारी आदेश भएको मिति : २०४१।११।४।६ मा § निर्णय भइसकेपछि त्यस्तो निर्णयलाई सोही भूमिसुधार कार्यालय आफैंले बदर गर्ने अधिकार प्रचलित नेपाल कानुनले प्रदान गरेको पाइन्न । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सिवानन्ददास सरस विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्वान सरकारी अधिवक्ता श्री प्रेमबहादुर विष्ट उल्लेखित मुद्दा : x आदेश न्या. त्रिलोकप्रताप राणा : संविधानको धारा ७१ अन्तर्गत यस अदालत समक्ष पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ । २. विपक्षी मध्येका रामदेवीका पति बद्रीनाथ प्रधानाङ्गका नाउँमा दर्ताको जि.धनुषा तेजनगर गा.पं. वा.नं. ७ ख कि.नं. ९९ को ०–१८–१८ जग्गा म निवेदक सदासर्वदा देखि मोहीमा कमाई आएको छु । भूमिसुधार लागू भएको अवस्था मोहीको १ नं. लगत भरी २ नं. अनुसूची प्रकाशित भई ४ नं. जो.अ.नि. पाएको र त्यस उपर कसैको विरोध उजूर नपरी मेरो मोहियानी हक अकाट्य भई जग्गा मैले कमाई सालसालैको कूत बुझाउँदै भर्पाई समेत प्राप्त गरी आएको छु । उक्त जग्गा सर्भे हुँदा फिल्डबुकको मोही महलमा मेरो सहिछाप समेत भएको छ तर अमीनको भूलले बिल्टु यादवको सट्टा लटु यादव लेखिन गएबाट जग्गाधनी दर्ता प्रमाण पूर्जामा समेत लटु यादव नै उल्लेख हुन गएको कुरा मेरो जानकारीमा आएपछि लटुको सट्टा वास्तविक मोही म बिल्टुको नाम संशोधन गरी पाउन मैले भू.सु.कार्यालय धनुषामा निवेदन दिँदा फिल्डबुकमा उल्लिखित लटु यादव भन्ने व्यक्ति वा लटुको हकदार कोही भए उजूर गर्न आउनु भनी म्यादसमेत जारी भई कसैको उजूर नपरी मोहियानी हकको आधारभूत प्रमाण १ नं. मोही लगत २ नं. अनुसूची बाली बुझेको भर्पाई समेत बिल्टुकै नाउँको भई लटुको सट्टा विल्टु भनी ०४०।६।१६ मा संशोधन गरी दिने निर्णय भएको र सोही अनुसार मोहियानी हकको स्थायी प्रमाणपत्र र जग्गाधनी दर्ता पूर्जा मोठ समेतमा बिल्टु यादव भनी मोहीमा कायम भएको थियो । उक्त संशोधन भएको निर्णय विषयमा विपक्षले थाहा पाई मोही नभएकोले कार्यालय झुक्याई गरेको कारवाई निर्णय बदर गरिपाउँ भनी ०४० साल मंसीरमा उजूर दिनुभएको म्याद पाई मेरो खास मोहियानी हक भएकोमा अमीनको गल्तीले बिल्टुको सट्टा लटु लेखिए पनि मोही सम्बन्धी मेरो सारा प्रमाण हेरी मूल्यांकन गरी नाम संशोधन गर्ने निर्णय भएको छ । विपक्षी मेरो मोहियानी हकबाट बञ्चित गर्ने षड्यन्त्र गरी झुठ्ठा उजूर दिनुभएको भनी प्रतिवाद गरेकोमा आफैंले एक पटक ०४०।६।१६ मा गर्नु भएको निर्णयलाई बदर गर्ने गरी बिल्टु यादवको नाम कट्टा गरी लटु यादव बनाई दिने गरी ०४१।२।२९ मा अधिकारी ज्यूले निर्णय गर्नुभयो । विपक्षी जग्गाधनीको उजूरी हेर्दा कि.नं. ९९ को जग्गामा सर्भे अनुसार लटु यादव भनेको नाउँ उल्लेख भएको र लटु भन्ने व्यक्ति कोही नभएकोमा विल्टु यादवले निवेदन दिई लटुको सट्टा बिल्टु यादव भनी प्रमाणपत्रक