निर्णय नं. २८५२ - उत्प्रेषण लगायतको जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८५२ - उत्प्रेषण लगायतको जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: पौस अंक: ९ फैसला मिति :२०४३/०९/२० २२३० निर्णय नं. २८५२ ने.का.प. २०४३ अङ्क ९ संयुक्तइजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको रिट नं. १८३१ आदेश भएको मिति : २०४३।९।२०।१ मा निवेदक : जि.खोटाड्ड ऐसेलुखर्क गा.पं.वार्ड नं. ७ बस्ने भक्तबहादुर राई विरुद्ध विपक्षी : जिल्ला न्यायिक समिति, जि.पं.कार्यालय खोटाड्डसमेत विषय : उत्प्रेषण लगायतको जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ (१) जिल्ला कार्यालयमा परेको निवेदन गा.पं.मा लेखी पठाई गाउँ पञ्चायत न्याय समितिले निर्णय गरेको र सो उपर जिल्ला न्यायिक समितिले पुनरावेदन सुनी गरेको निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री उमेश खकुरेल उल्लिखित मुद्दा : ने.का.प. २०३८ को अंक १ नि.नं.१४२८ विष्णुप्रसाद अर्याल विरुद्ध ल.पु.न.पं.बैठक समेत भएको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार रहेछ । २. विपक्षी प्रेमबहादुर गुरुङले कूलो खनी मेरो जग्गा विग्रने हुँदा सो बन्द गरी दिने गरी ०९, ०१०, ०११ सालमा फैसला भएकोमा सो विपरीत कूलो खन्न शुरु गरेबाट शान्ति सुरक्षाको प्रयोजनार्थ मेरो निवेदन परेको थियो सो निवेदन जिल्ला कार्यालयबाट गा.पं.कार्यालयमा आएछ । विपक्षी गा.पं.न्यायिक समितिबाट प्रेमबहादुरको बयान गराउँदा बन्द भएको कूलो यो नहुँदा ०३४ सालको कूलो हो यो ५०० गज तल माथि पर्दछ भनी बयान गरेछन । ऐसेलुखर्क गा.पं.बाट अ.बं.१७१ प्रतिकूल नक्शा गरी सरजमीन गराएको रहेछ । यो कूलोले धेरै जग्गा सिंचाई हुने र बाटो हिड्ने मानिसले कूलोबाट सुविधा पाउने हुँदा रोक्का गर्न नमिल्ने भनी गा.पं.न्यायिक समितिबाट निर्णय भए उपर जि.पं.न्यायिक समितिमा मेरो पुनरावेदन परेकोमा गा.पं.न्यायिक समितिको निर्णय नै सदर ठहराई मिति ०४१।९।३० मा निर्णय भयो अन्य उपचारको बाटो नहुँदा असाधारण अधिकार क्षेत्रको प्रयोग गराई माग्न आएको छु । ३. मेरो निवेदन शान्ति सुरक्षाको लागि परेको हो । गा.पं.न्यायिक समितिले यस्तो उजूरीमा कारवाही गर्न सक्ने भनी गा.पं.ऐन, ०१८ को दफा ४३(३) मा यो ऐन अन्तर्गतको मुद्दा गा.पं.मा दायर गर्न पर्ने भनिएको छ । गा.पं.कार्य व्यवस्था निमायवली, ०२० को नियम ६७ मा मुद्दा दायर गर्ने कार्यविधि निश्चित भएको पाइन्छ । मेरो सनाखत बयान समेत भएको छैन । कुनै छानबीन पनि नभएको हुँदा गा.पं.न्यायिक समिति एवं जि.पं.न्यायिक समितिको निर्णय त्रुटिपूर्ण छ । ०३८ सालमा कूलो खनेको भनी मैले भनेको हुँ त्यसतर्फ सबूद प्रमाण नै बुझिएको नहुँदा अ.बं.१८४(क) १८५ र ने.का.प. ०२९ फु.बे.नि.नं.६९७ मा प्रतिपादित सिद्धान्त अनुसार पनि बदरभागी रहेको छ । अर्को कुनै अधिकारी वा कार्यालयबाट आएको आधारमा कारवाही गरी निर्णय दिनु कानुनसंगत नहुने भनी ने.का.प. ०३८ फु.बे.नि.नं.१४२८ मा प्रतिपादित सिद्धान्त अनुसार पनि विपक्षीहरूबाट भएको निर्णय बदरभागी रहेको छ । यो विवाद गा.पं.ऐन, ०१८ को दफा ४१ भित्र नपर्ने पनि प्रष्ट छ । अदालतबाट भएको अन्तिम फैसला विपरीत निर्णय गर्न विपक्षीहरू सक्षम नरहेबाट पनि प्रतिपादीत सिद्धान्त विपरीत हुन गएको