निर्णय नं. २८५३ - सन्धी जग्गा निखनाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८५३ - सन्धी जग्गा निखनाई पाउँ भाग: २८ साल: २०४३ महिना: पौस अंक: ९ फैसला मिति :२०४३/०९/२८ २६४७ निर्णय नं. २८५३ ने.का.प. २०४३ अङ्क ९ संयुक्तइजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको दे.पु.नं. ४८८ फैसला भएको मिति : २०४३।९।२८।२ मा निवेदक/वादी : जि.तनहुँ सतिस्वरा गा.पं.वार्ड नं.६ बस्ने फैसलामा गलत रुपमा पुष्पखर भनी लेखिएको पुष्पाखर मिश्र विरुद्ध प्रत्यर्थी/प्रतिवादी : ऐ.ऐ.बस्ने खिलमाया अधिकारी मुद्दा : सन्धी जग्गा निखनाई पाउँ (१) जग्गाको स्थितिबाट वादी दावी बमोजिम वादीको जग्गाको सन्धिसर्पन पर्ने नै देखिएको र वादी सन्धिसर्पन पर्ने हकवाला भएकोमा पनि विवाद देखिन आएन, तसर्थ वादी दावी बमोजिम निखन्न पाउने ठहर्याएको इन्साफ मनासिब ठहर्छ । (प्रकरण नं. १७) पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या.पृथ्वीबहादुर सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला उपर यस अदालतबाट पुनरावेदनको अनुमति प्राप्त गरी दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ । २. जग्गा बिक्री गर्ने जरिमाया र म एकै बाजेका ३ पुस्ता भित्रका हकदार हौं । निज मेरी काइली आमा जिरीमायाले विपक्षी खिलमायालाई रु.१,०००।– थैली राखी भिरलुड्ड गा.पं.वार्ड नं.२(ख) कि.नं.११ को क्षेत्रफल रोपनी ०–८–०–२ भएको खेत समेत मिति ०३७।३।६ मा मालपोत कार्यालय तनहूँमा गई रजिष्ट्रेशन गरेको कुरा ऐ.१६ गते नक्कल सारी थाहा पाएको हुँदा उक्त खेतको थैली रु.१,०००।– र रजिष्ट्रेशन दस्तूर रु.५०।– समेत रु.१,०५०।– मालपोत कार्यालय तनहूँमा धरौट राखी उक्त बिक्री भएको कि.नं.११ को कित्तासंग मेरो कि.नं.१३ को खेत जोडिएको छ । मेरो खेतमा धान रोप्दा वा अन्य बाली लगाउँदा पनि कि.नं.११ को बाली काटिने, जोत्दा पनि हल गोरु मध्येको एउटा गोरुले उक्त जग्गामा हिंड्नु पर्ने अवस्था हुँदा र म ऐन बमोजिमको सन्धिसर्पन पर्ने हकवाला हुँदा उक्त कि.नं.११ को कित्ता एकको खेत हकसफा गराई पाउँ भन्ने समेत फिरादपत्र । ३. वादीले निखनाई पाउँ भनेको साविक भिरलुड्ड गा.पं.वार्ड नं. २(ख) कि.नं.११ को जग्गा विपक्षी वादी मेरा दाता भएको हकवाला नभएको, निजको सन्धिसर्पन पनि नपर्ने र निजले ६ महीना भित्र थाहा पाएको ३५ दिनभित्र दर्खास्त नदिनु भएको हुँदा दावा झुठ्ठा हो, तसर्थ झुठ्ठा वादी दावीबाट फुर्सद गराई पाउँ भन्ने समेत प्रतिउत्तरपत्र । ४. मिसिल सामेल रहेको सर्भे नापीको नक्शा ट्रेस हेर्दा प्रतिवादीले किनेको भनेको कि.नं.११ र वादीको भनेको कि.नं.१३ साँध मिलेको देखिए पनि साँध मिलेको हुँदैमा सन्धिसर्पन मानिन नसक्ने र वादीको कि.नं.१३ मा जाने बाटो समेत कि.नं.११ सर्भे वादीको सन्धिसर्पन मानिन सक्ने कुनै पनि आधार उक्त नक्शाबाट र वादीको साक्षीको बकाई समेतबाट पनि देखिन नआएकोले वादी पुष्पाखर प्रतिवादीको दाता जरीमायाको हकवाला भई आएपनि प्रतिवादीले किनेको कि.नं.११ को जग्गा वादीलाई सन्धिसर्पन पर्न देखिन नआएको समेतबाट वादीले जग्गा निखनी लिन नपाउने देखिँदा निखनाई पाउँ भन्ने वादी दावा पुग्न नसक्ने ठहर्छ भन्ने समेत ०३८।१०।२२ को तनहूँ जिल्ला अदालतको फैसला । ५. वादी दावी पुग्न नसक्ने ठहर गरेको शुरु तनहूँ जिल्ला अदालतको फैसलामा चित्त बुझेन सो फैसला बदर गरी पाउँ भन्ने पुष्पराजको गण्डकी अञ्चल अदालतमा परेको पुनरावेदन । ६. मिति ०४०।४।२६।५ मा भए