निर्णय नं. २८५४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८५४ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: पौस अंक: ९ फैसला मिति :२०४३/०९/११ २३१२ निर्णय नं. २८५४ ने.का.प. २०४३ अङ्क ९ संयुक्तइजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् ०४२ सालको रिट नं. १५०५ आदेश भएको मिति : २०४३।९।११।६ मा रिट/निवेदक : जि.सुनसरी गा.पं.घुसकी वार्ड नं. ८ बस्ने वर्ष १२ को रामनरेश शाहको संरक्षक हकवाला बाबु महावीर साहु विरुद्ध विपक्षी : जि.सुनसरी गा.पं.घुसकी वार्ड नं. ७ बस्ने फौदी मलाहासमेत विषय : उत्प्रेषण (१) मोही बण्डा हुनसक्ने कानुनी व्यवस्था नभएको र यस अदालतबाट यस्तो कार्यलाई मान्यता दिएको पनि छैन । (प्रकरण नं. १५) (२) कानुनले जुन कुरा प्रत्यक्ष रुपमा गर्न सकिन्न त्यो कुरा अप्रत्यक्ष रुपले पनि गर्न सकिन्न । (प्रकरण नं. १५) रिट/निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंह विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री परशुराम चौधरी, विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह आदेश न्या.गजेन्द्रकेशरी बास्तोला : नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति ०४२।५।५।४ मा दर्ता हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार रहेछ । २. पाँचु साहूबाट रामनरेश साहूले मिति ०४१।८।१४ मा धुसकी गा.पं.वार्ड नं. १(ख) कि.नं.५३ ज.वि.०–१४–१५ र ऐ.ऐ.कि.नं.६५ को ज.वि.०–४–५½ गरी जम्मा ज.वि.०–१९–½ जग्गा राजीनामा गराई लिनु भयो । उक्त जग्गाको मोही महलमा मेरा बाबु अनुपलाल मल्लाहा उल्लेख छ । बुबा अनुपलाल ०४१।८।१८ मा स्वर्गे हुनुभएकोले निजको नामबाट मेरो नाउँमा नामसारी गरी पाउँ भनी विपक्षी फौदी मलाहाको भू.सु.का.सुनसरीमा मिति ०४१।१०।२३ मा निवेदन पर्‍यो । मोही अनुपलालका रौदी मलाहा र फौदी मलाहा २ भाइ छोरा भएका हुँदा भू.सु.ऐन, ०२१ को दफा २६ (१) बमोजिम रोदीलाई मोही रोज्न मेरो मञ्जुर छ भन्ने प्रतिउत्तर पर्‍यो । यसमा जग्गा बाबुको शेषपछि वादीले कमाएको कुरामा प्रतिवादी सावित भई बाली बुझाई भर्पाई समेत गरी दिएको हुँदा एकपटक मोही भनी पत्याई बाली बुझी भर्पाई समेत गरी दिएको आधारमा भू.सं.ऐन, ०२१ को दफा २६(१) अनुसार विवादीत जग्गाको वादी फौदी मलाहाको नाउँमा मोही नामसारी हुने ठहर्छ भन्ने मिति ०४२।३।१६ मा भू.सु.अ.बाट फैसला भयो । ३. मेरो दाता पाचु साहूको समय देखि अनुपलालले मोहीमा जोतेको मैले ०४१।८।१४ मा राजीनामा गराई लिएको लगत ०४१।८।१८ मा निज अनुपलाल स्वर्गीय हुनु भएपछि हाल निजको पत्‍नी र २ जना छोरा जीवित भएका हुँदा भू.सं.ऐन, २०२१ को दफा २६(१) बमोजिम जग्गावालाले पत्याएको व्यक्ति मोही हुने हुँदा मैले रौदीलाई मोही रोजेको छु । यस्तो अवस्थामा जग्गा कस्को जोत भोगमा छ सो कुरा समेत नुबझी विपक्षी फौदी मलाहाका नाममा मोही नामसारी गर्ने गरेको भू.सु.का.सुनसरीको मिति ०४२।३।१६ को निर्णयमा अ.बं.१८४(क), १८५, १८९ समेतको त्रुटिपूर्ण भएको हुँदा उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने मुख्य निवेदन जिकिर रहेछ । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने यस अदालत सिंगलबेञ्चको मिति ०४२।५।१०।२ को आदेशले प्राप्त हुनआएको लिखितजवाफ निम्नानुसार रहेछ । ५. भू.सं.ऐन नियममा व्यवस्था भए बमोजिम ज.ध.ले मोहीको मृत्युपछि वादी फौदी मलाहाले जग्गा मोहीमा कमाएको कुरा स्वीकार गरी प्रतिवादी ज.ध.ले वादीबाट बाली बुझी भर्पाई समेत गरी दिएको र जग्गाधनीले मोही भनी सम्बोधन गरी भर्पाई दिइसकेपछि जग्गा कमाई भर्पाई प्राप्त गर्ने व्यक्तिलाई मोही मान्नु पर्न