निर्णय नं. २१८६ - ज्यान डाँका

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २१८६ - ज्यान डाँका भाग: २६ साल: २०४१ महिना: फागुन अंक: ११ फैसला मिति :२०४१/११/१० २४१३ निर्णय नं. २१८६ ने.का.प. २०४१ अङ्क ११ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको फौ.पु.नं. ४५६ मुद्दा : ज्यान डाँका पुनरावेदक/वादी : लालबहादुरको जाहेरीले वादी श्री ५ को सरकार विरूद्ध विपक्षी/प्रतिवादी : का.प.जि.शारदा गा.पं. वडा नं. ६ बस्ने माझी सार्की समेत फैसला भएको मिति : २०४१।११।१०।४ मा § एकै दिनमा जाडोको मौसममा पहाड जस्तो ठाउँमा लास सडी गली जाने अवस्था हुँदैन । (प्रकरण नं. ३१) पुनरावेदक वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री राजेन्द्रराज पन्त विपक्षी प्रतिवादी तर्फबाट : x उल्लेखित मुद्दा : x फैसला न्या. त्रिलोकप्रताप राणा : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी श्री ५ को सरकारको पुनरावेदन परी यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. मेरो सहोदर दाजु आसाबहादुरलाई ०३५।८।१९ गतेको रातको अं. १०,११ बजेको समय हुँदो हो सो अवस्था निज दाजु समेतका परिवार सुती निदाएको अवस्था नमालुम चोरहरूले खुकुरी लठ्ठी समेत प्रयोग गरी निज दाजु आसाबहादुरलाई र भाउजू भेन्जेमाया र बुहारी माइली समेतलाई कुटपीट गरी काले तामाङलाई मारेको थाहा पाई जाहेर गर्न आएको छु । कानुन बमोजिम लास जाँच समेत भई कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको ०३५।८।२० को लालबहादुरको जाहेरी दर्खास्त रहेछ । ३. म कुटपीटका चोटबाट बेहोस हुँदा अपराधी को हुन् चिन्दिन भनी आसाबहादुरले प्रहरीमा कागज गरी दिएको रहेछ । ४. वारदातको समयमा कुटपीट हुँदा कुटाइको चोटबाट बिउँझेको र मेरो छोरा काले र बुहारी र लोग्ने आसाबहादुर बेहोस भएका रहेछन् बिउँझदा ३ जनाले धनमाल बोकी छिंडीमा झरेको देखेँ ती मध्ये अघिको र पछिको मानिसलाई चिनिन, माझका चाहिँ माझी सार्की हो अघि जानेले लाइट बालेकोले सो उज्यालोले चिनेको हुँ भनी भिन्दो तामाङले प्रहरीमा कागज गरेको रहेछ । ५. वारदातको राति हामी सुतिरहेको अवस्थामा चोरहरू आई मेरो टाउकोमा लठ्ठीले हिर्काए । म बिउँझे अनि यिनीहरूलाई काट्न मार्न पर्छ भनी गाउँकै कान्छा भन्ने जैसी बाहुनले भनेको स्वरले चिनेको हुँ भनी बुहारी माइलीले प्रहरीमा कागज गरी दिएको रहेछ । ६. माझी सार्की र कान्छो भन्ने बद्रीप्रसादले सो वारदातका दिन हामी घरमा नै छौं हामी कँही गएको छैन भनी प्रहरीमा इन्कारी कागज गरी दिएको । ७. यसमा हामी ८ जनाको सल्लाह अनुसार वारदातको रातमा काहिला तामाङले घटना घटेको सो कुवा पाटीको ढोकाको दायाँ पट्टि आगलो भेट्ने गरी भित्तामा प्वाल पारी ढुंगा झिकी हात भित्र घुसाई आगलो झिकी ढोका खोले, अनि काहिला तामाङ दोस्रो माने कामी तेश्रो बुधेकामी चौंथो शिवजी मगर र हरिकामी काहिला कामी एकै चोटि घरभित्र पसे म र कुमाले बाहिर ढोकाको छेउमा बस्यौं र भित्र गुहार भनी कराउँदा म र कुमाले भागी नर्भाङ भन्ज्याङमा पुग्दा तिनीहरू सबै पुगेर भारी हेर्दा तामाको मुजुगो फलामे कोदाली समेत बोकी ल्याएका रहेछन्, काहिला तामाङले मलाई रू. ३०। दिए, शिवजीलाई रू. २० दिए भनी सानुकाजीले प्रहरीमा गरेको कागज । ८. काले तामाङलाई कुटपीट गरी मारेको होइन सो दिन हामी आफ्ना घरमा नै छौं, डाँका गरेको होइन भनी हरिकामी, कुमाले, शिवजी, बुधे, माने कामी समेतले पृथक–पृथक प्रहरीमा गरी दिएको कागज । ९. जाहेरवालाको जाहेरी अनुसार काले तामाङको मृत्यु भएको हो,