निर्णय नं. २१८७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २१८७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: फागुन अंक: ११ फैसला मिति :२०४१/११/१३ २३६४ निर्णय नं. २१८७ ने.का.प. २०४१ अङ्क ११ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको रिट नं. १५८६ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : खोटाङ जिल्ला दुवेकोल गा.पं. वा.नं. २ सिले घले गाउँ बस्ने मनोरथ निरौला विरूद्ध विपक्षी : ऐ वार्ड नं. ३ बस्ने सिंले घले गाउँ बस्ने सर्वजित घले ऐ बस्ने भक्ति विलास पाण्डे ऐ जिल्ला न्यायिक समिति जिल्ला पञ्चायत सचिवालय खोटाङ दिक्तेल आदेश भएको मिति : २०४१।११।१३।१ मा § आफ्नो क्षेत्रभित्र रहेको साँध सीमाना कुलो पानी वा सन्धीसर्पन सम्बन्धी मुद्दा हेर्ने अधिकार गा.पं.लाई २०३७।५।३० मा श्री ५ को सरकारले प्रदान गरेको पाइन्छ । ०३४ सालमा गा.पं.लाई सन्धीसर्पन मुद्दा हेर्ने अधिकार नभएको । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ उल्लेखित मुद्दा : x आदेश न्या. त्रिलोकप्रताप राणा : संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ । २. हेमसागरका साँध पूर्व, खोला पश्चिम अकलनाथका साँध दक्षिण खड्गबहादुरको साँध उत्तर यति चारकिल्ला भित्रको माटो मुरी एक पोता पैतीस पैसा लागेको बराबोटे खेत मिति ०२२।१२।२३ को पारित राजीनामाद्वारा कृष्णप्रसाद पाण्डेबाट यमप्रसादले खरीद गरी चारकिल्ला उल्लेख गरी ०२३।११।१८ मा यमप्रसादले सात नम्बर फाराम भरेको उक्त जग्गा ०३२।३।६ र ०३२।३।२३ को राजीनामाद्वारा मैले खरीद गरी भोग चलन गरी आएको छु । उपरोक्त राजीनामाहरू र सात नम्बर फाँटवारी समेतबाट मेरो खेतको खोला पश्चिम भएको कुरामा विवाद हुन सक्दैन । उपरोक्त चारकिल्ला माटो मुरी र पोताको जग्गाको आजसम्म तिरो बुझाई खाई आएको छु, अचानक मेरो उल्लिखित खेतको पूर्व साँध डल्ले ढुंगा हो सो पूर्व र घुङ खोला पश्चिम बीचको जग्गा सन्धीसर्पन गौचरन हो भनी विपक्षी सर्वजीत घले भक्तिविलासले विवाद उठाउनु भयो । गाउँ पञ्चायत ऐनको दफा ४१(१)(ज) अनुरूप विवाद गा.पं. मा पुग्दा ०३९।१०।९ मा विपक्षीहरूले विवाद उठाएको जग्गा मेरो दर्ता तिरो भोगको ठहरी इन्साफ पाएँ । विपक्षी सर्वजीत घले र भक्तिविलासको जिल्ला पञ्चायत ऐनको दफा ४५क. अनुरूप विपक्षी जि.पं.समक्ष पुनरावेदन पर्दा ०३६।८।८ को मिलापत्र गरी सन्धीसर्पन कागज भएकोमा यसको ख्यालै नराखी व्यक्तिगत जग्गा कायम गरेको र सरजमीन गरेको साक्षी बकाएको मिसिलमा नदेखिएको भन्दै ०४०।५।१३ मा निर्णय गरेको छ । जिल्ला पञ्चायत ऐनको दफा ४५(२)१ मा न्याय समिति गठन गर्दा उपसभापतिको अध्यक्षतामा तीन जना सदस्य भएको समिति गठन गर्नुपर्ने कानुनी प्रावधान छ यसको तात्पर्य अध्यक्ष एकजना तथा सदस्य तीन जना समेत चार जनाको समिति हुन पर्नेमा दुई जना मात्र सदस्य रहेको समिति रहेबाट समितिको गठन भई अवैध हुँदा अधिकार क्षेत्रात्मक त्रुटि हुनाका साथै ०३६।८।८ को भनिएको मिलापत्र मेरो तथा गा.पं.को जानकारीमा छैन र जिल्ला पञ्चायत समक्ष पेश भएको पनि छैन । अचल सम्पत्ति हस्तान्तरण गर्न पनि लिखतकै आवश्यकता पर्ने हुन्छ सो तथाकथित मिलापत्रको कानुनी औचित्य छैन । मूल कुरो म निरक्षरी वृद्धको सहिछाप कीर्ते बनाई वा झुक्याई लिखत खडा गर्न नसकिने होइन सो लिखत मिसिल सामेल राखी मलाई सद्धे कीर्तेमा बयान गर्न