निर्णय नं. २८५५ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८५५ - जालसाजी भाग: २८ साल: २०४३ महिना: पौस अंक: ९ फैसला मिति :२०४३/०९/२४ २२१३ निर्णय नं. २८५५ ने.का.प. २०४३ अङ्क ९ संयुक्तइजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको फौ.पु.नं. ४११ फैसला भएको मिति : २०४३।९।२४ मा पुनरावेदक/वादी : जि.दाङ् अमृतपुर गा.पं.वार्ड नं. ४ बस्ने गोपकुमारी उपाध्याय विरुद्ध विपक्षी/प्रतिवादी : जि.दाङ् वाघमारे गा.पं.वार्ड नं. ४ बस्ने नन्दकुमार उपाध्यायसमेत मुद्दा : जालसाजी (१) वर्तमान जबरजस्ती करणीको १० नं. पहिलाको अवस्थाको मुद्दामा पनि लागू हुन्छ भन्ने अवस्था देखिँदैन । (प्रकरण नं. १३) (२) हालको जबरजस्ती करणीको १० नं. पहिलेदेखि लागू हुन नसक्ने भएपछि अघिको अवस्थामा वादीको जुन हक अधिकार हो सोही भागमा वादीले दावी लिई आउने अवस्था पर्दछ । (प्रकरण नं. १३) पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली फैसला न्या.गजेन्द्रकेशरी बास्तोला : मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर निम्नानुसार रहेछ । २. प्रतिवादी मध्ये नन्दकुमार तथा मेरा स्वर्गीय लोग्ने बालकृष्ण सहोदर २ दाजुभाई हुनुहुन्छ । अंशबण्डा भएको छैन । सम्पूर्ण सम्पत्तिमा म विधुवाको आधा अंश लाग्ने अपुताली परेका बखत निज बालकृष्णका करणी विर्यबाट जन्मेको छोरी भीमकुमारी रेग्मीको अपुताली हक हुने प्रष्ट छ । २०१२ सालमा भुपे रानाले मलाई जबरजस्ती करणी गरेको भए तापनि अघिल्लो लोग्ने पट्टिको सम्पत्ति जिउताभर भोग गर्न पाउने कानुनी व्यवस्था जबरजस्ती करणीका महलको १० नं. मा भएको छ । मैले भोग गर्न पाउने अधिकारलाई आघात पुर्याउने अभिप्रायबाट प्रतिवादी नन्दकुमारका ५ बाबु छोरा भित्र ०३८।९।२८ मा मेरो हकभोगको कुनै कुरा नगरी सम्पूर्ण सम्पत्ति आपसमा बण्डापत्र खडा गरी मिति ०३८।९।२९ मा मा.पो.का.दाङ्बाट पारित गराउनु भएको रहेछ । अतः कीर्ते कागजको ३ नं. का आधारमा ऐ.महलको १८ नं. का म्यादभित्र फिराद गरेको छु । अतः जालसाजी लिखत बदर गरी प्रतिवादीहरूलाई कीर्ते कागजको १० नं. बमोजिम सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको गोपकुमारी उपाध्यायको फिरादपत्र । ३. नन्दकुमार समेतले यी वादीले लोग्नेको अंश भोग गर्ने भए अनुसार सल्यान जिल्लामा ०१२ सालमा आधा दान दिई लोग्नेको सत्य डगाउनेले अंश नपाइने र लोग्नेको सम्पत्तिमा हक नरहने भन्ने स्त्री अंश धनको ६ नं. मा व्यवस्था मै जबरजस्ती करणीमा विग्रेको कुरा वादीले स्वीकार गरेको ज.क.को १० नं. मा अंश नपाउने भई माग सम्म गर्न भनिए अनुसार भोग गर्न दिएनन् भन्ने बाहेक अंशबण्डा पत्र कदर गराउन पाउने होइन । ०१२ साल पछि आफ्नो आर्जनको सम्पत्तिमा संशोधित अंशबण्डाको ३१ नं.अनुसार अरुको हक नलाग्ने भन्ने समेत प्र.नन्दकुमार समेतको र सो बण्डापत्रमा साक्षी बस्न कानुनत बाधा विरोध नहुँदा साक्षीसम्म बसेको हूँ भन्ने समेत दुर्गाप्रसाद मजगैया र जुद्धकुमारी समेतको संयुक्त प्रतिउत्तरपत्र । ४. मिति ०३८।९।२९ को बण्डापत्रबाट वादीको भोग गर्ने हक जाने हुँदा जालसाजी गरेको देखिएको हुँदा कीर्ते कागजको ३ नं. बमोजिम बण्डा गरिदिने नन्दकुमार र बण्डा गरी लिने निजका छोराहरूले वादीको हक लाग्ने जति आधासम्म जालसाजी गरेको ठहर्छ भन्ने समेत दाङ् दे.जि.अ.को फैसला । ५. हामीलाई जनही रु.१००।–जरिवाना गरी