निर्णय नं. २८५६ - दर्ता गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २८५६ - दर्ता गरी पाउँ भाग: २८ साल: २०४३ महिना: पौस अंक: ९ फैसला मिति :२०४३/०९/३० ४२४२ निर्णय नं. २८५६ ने.का.प. २०४३ अङ्क ९ संयुक्तइजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४२ सालको दे.पु.नं. ५८० फैसला भएको मिति : २०४३।९।३०।४ मा पुनरावेदक/प्रतिवादी : आशाको छोरा का.जि.का.न.पं.वार्ड नं. ३० असन टोल बस्ने वर्ष ७७ को कान्छारत्न तुलाधरसमेत विरुद्ध विपक्षी/वादी : का.जि.का.न.पं.वार्ड नं. ३० असन भोटाहीटी दगु बहाल बस्ने मायादेवी तुलाधर मुद्दा : दर्ता गरी पाउँ (१) सनातनदेखि चली आएको आँगन देवताको गुठीको जेथामा गुठीयारको हक गुठीको सनातनदेखि चली आएबमोजिमको धर्म पूजाआजा चलाई राखी सामूहिक रुपले स्थिति बन्देज अनुसार भोगचलन गर्न पाउने सम्म मात्र हो एकलौटी कसैको हक हुने कुरा हुँदैन, मास्न नास्न कसैलाई हक छैन । (प्रकरण नं. १९) (२) मुलुकी ऐन गुठीको महलको ३ नं. अनुसार आफ्नो हक छाडी गुठी राखेकोमा सो गुठी राख्ने वा उनका सन्तान वा हकदारले गुठीको दानपत्र सिलापत्र समेतका लिखत बमोजिम काम चलाई शेष जगेडासम्म मात्र खान पाउने लेखिए बाहेक बेच विखन दानदातव्य वा कुनै किसिमले हक हस्तान्तरण गर्न पाउँदैन भनी प्रष्ट उल्लेख गरेको हुँदाहुँदै प्रस्तुत विवादीत घर पसलमा वादीको एकलौटी हक भएको भन्ने क्षेत्रीय अदालतले उठाएको तर्क २००८।४।१६।३ को दानपत्र बकसपत्र तथा गुठीको ३ नं. समेतले त्रुटियुक्त देखिँदा मिलेको देखिएन । (प्रकरण नं. १९) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोतिकाजी स्थापित विद्वान अधिवक्ता श्री केदार चरण राय विपक्षी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या.गजेन्द्रकेशरी बास्तोला : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार रहेछ । २. स्वर्गीय आयुदेवी तुलाधरले वहाँको जो भएको घर चल अचल श्रीसम्पत्ति अष्टलीहथ गैह् म समेतले खान बेहोर्न पाउने गरी २००८।४।१५।२ मा शेषपछिको बकसपत्र तथा २००८।४।१७।४ मा रजिष्ट्रेशन पास गरिदिनु भएको दानपत्र समेत बमोजिमको मेरो हक भई मैले दिव्यरत्न तुलाधरलाई बहालमा दिई भोगचलन गरी आएको बहाल भराई पसल चलन चलाई पाउँ भन्ने मुद्दा पर्दा बा.अं.अ.बाट मैले जिती पाएको का.जि.असन टोल धारा गाडेदेखि मुनिको पूर्व गल्ली बाटो पश्चिम सडक र आशालाला बसेको पसल उत्तर मूल सडक दक्षिण बाबुकाजिको घर यति ४ किल्ला भित्रको कूल देवता रहेको आँगन घर मध्ये छिंडी तलाको उत्तर पश्चिम मोहडा भएको १ नाले पसल ३ र सो पसलले चर्चेको लगापात समेत मेरो एकलौटी एक भोगचलनको हो । सो पसल माथिको घर म समेतले देवताको पूजा गर्ने आँगन घर हो सो घर जग्गा मेरो नाममा नापजाँच दर्ता गराई माग्न मैले र विपक्षीहरूले निवेदन दिई कारवाही चलेकोमा कि.नं.११९७ को पसल आँगन देवताको घर देखिएकोले जग्गाधनीमा आँगन देवी गुठी जनाई कैफियत महलमा सो कि.नं.कवल पसल मायादेवीले चलन भोग गरेको र त्यसबाहेक अरु जम्मै घर जग्गा कान्छा रत्न र रत्नविर सिंह, केशवरत्न तुलाधरहरूको भोग छ भनी जनाई दिने ३ नं. नापी गोश्वाराबाट निर्णय गरेकोले अन्याय परेको छ । स्वः आयूदेवीले मलाई र दिदी प्रेमदेवीलाई बकसपत्र र दानपत्र गरी दिनु भएको आयुदेवीको स्याहार सम्हार र काज कृया पिण्ड समेत मैले दिएको साथै दिदी प्रेमकुमारी पनि परलोक भई मैले नै पिण्ड पानी समेत दिई निजको हक खाने कोही नहुँदा अपुताली