निर्णय नं. २८५७ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८५७ - जग्गा खिचोला भाग: २८ साल: २०४३ महिना: पौस अंक: ९ फैसला मिति :२०४२/११/३० २४३३ निर्णय नं. २८५७ ने.का.प. २०४३ अङ्क ९ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको दे.पु.नं. ५६६ फैसला भएको मिति : २०४२।११।३०।५ मा निवेदक/प्रतिवादी : का.प.जि.मल्पी गा.पं.वडा नं.२ बस्ने रामबहादुर कार्की विरुद्ध विपक्षी/वादी : का.प.जि.मल्पी गा.पं.वार्ड नं. २ बस्ने तेजप्रताप सिंह कार्की मुद्दा : जग्गा खिचोला (१) बेचविखन गर्दा पनि सो बारे उजूर बाजुर दावी विरोध गरेको देखिन नआएबाट वादी दावी जग्गा प्रतिवादीकै हक स्वामित्व रहेको कुरा सिद्ध हुनआएकोले विवादीत जग्गाको वादी दावी बमोजिम दर्ता बदर भई हक कायम हुनसक्ने अवस्था देखिएन । (प्रकरण नं. १७) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री लवदेव भट्ट विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या.जोगन्द्रप्रसाद श्रीवास्तव : मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा चित्त बुझेन भनी पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा अनुमति प्राप्त भई पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. मेरो हक तिरोको का.प.जि. मालमा ७३३ नं. मा दर्ता भएको तिरो रु.१९।९८।१ लाग्ने मल्पी गा.पं.अन्तर्गतको बाहचा खेत माटो मुरी ।२६।१२।४ को जग्गा मध्ये आधी जग्गा ऐ.वा.नं.१ कि.नं.२०२ को क्षेत्रफल ४–२–१।। कायम ठहर भई मेरै नाममा नाप जाँच हुन गएछ र बाँकी जग्गा विपक्षी रामबहादुर कार्कीका नाममा कि.नं.२०३ नं. भई क्षेत्रफल ज.रो. ३–१०–० कायम ठहर भई नाप जाँच हुन गएको कुरा ज.ध.प्र. पूर्जा लिएपछि थाहा भएकोले सो पुरै जग्गा मेरो पिताजी बमबहादुर कार्कीका नाउँको हुँदा उहाँको २०२५ सालमा परलोकावस्था पछि गाउँ पञ्चायत मार्फत तिरो बुझाए भोगचलन गर्दै आएको छु । त्यसले जग्गामा विपक्षीले कि.नं.३०२ को ज.रो ३–१०–० आफ्नो साविक कि.नं.७३९ को माटो मुरी ।११।६।४ को तिरो रु.७।२८ लाग्ने संग भिड्ने जग्गा हो भनी झुठ्ठा बयान गरेर दर्ता गराएको पूर्व वन जाने ठाडो बाटो पश्चिम गुठी खेत उत्तर गुठी खेत दक्षिण जगतबहादुरको खेत भनी ४ किल्ला भित्रको कि.नं.२०३ को क्षेत्रफल ३—१०–० को दर्ता बदर गराई मेरा नाममा दर्ता गराई मेरै हक कायम गरी विपक्षीको दावी छुटाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. वादी दावीको जग्गा बाबुकै पालामा अंशबण्डा भई अहिले हामी छोरा नातीहरूले भोगचलन गरी आएका छौं र उक्त जग्गाको ३ वर्षको अर्थात् वादीले ०२७।०२८।०२९ सालको तिरो आफ्नै हस्तेवारीबाट मेरा नाउँमा बुझाई दिएका छन् त्यस किसिमको तिरो बुझाई बाट पनि हाम्रो बाबु बाजेको अंश भागको रहेछ भन्ने कुरा प्रष्ट हुनआएको छ सो जग्गा अंशबण्डा नभएकोबाट खान्गि खारेज भई २००९ सालमा वादीका बाला बमबहादुर जीवित छँदै आ–आफ्नो अंश भागको जग्गाहरू बाबा छउञ्जेल बाबाहरूले नै तिरो नामसारी भोग गरी आएको र अहिले मेरो बाबाको शेषपछि मैले नै आफ्नो नाममा नामसारी तिरो बुझाई आएको हुँदा झुठ्ठा वादी दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र । ४. विवादग्रस्त जग्गामा वादीको बाबु बमबहादुरका नाममा दर्ता कायम हुँदा प्रतिवादीले सबूद बेगर खिचोला गरेको ठहर्छ भन्ने समेत व्यहोराको का.प.जि.अ.बाट मिति ०३२।११।२५।२ मा भएको फैसला । ५. शुरुले गरेको फैसला बदर गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदनपत्र । ६. प्रतिवादीबाट पेश भएका रसीद सद्दे हो होइन अ.बं.१९२ नं.ले एकैसाथ नि